- ज्यो.पं. – हरिप्रसाद भण्डारी

यो साता भित्र पर्ने मुख्य पर्व तथा शुभ मुहूर्त का दिनहरु :

Advertisement

असार १५ गते – असार पन्ध्र दहि चिउरा खाने दिन, राष्ट्रिय धान दिवस, रुद्रि पुजा ( शिववास) जुरेको दिन छ । ।
असार १६ गते – दिल्लाचहे्रपुजा र अग्निवास ( होमादि कार्य) जुरेको दिन छ । ।
असार १७ गते – आषाढ कृष्ण औंसी र खेलकुद पत्रकार दिवस रहेको छ ।
असार १८ गते – कुनै महत्वपूर्ण पर्व वा दिन परेको छैन ।
असार १९ गते – श्री जगन्नाथ रथयात्रा, रुद्रि पुजा र अग्निवास ( होमादि कार्य) जुरेको दिन छ ।
असार २० गते – कुनै महत्वपूर्ण पर्व वा दिन परेको छैन ।
असार २१ गते – शुभ विवाह मुहूर्त र अग्निवास होमादि कार्य जुरेको दिन छ ।

यो साता ग्रह गोचरको अवस्था :

यो साता चन्द्रमाको गोचर १५ र १६ गते वृष राशिमा, १७ र १८ गते मिथुन राशिमा, १९ र २० गते कर्कट राशिमा र २१ गते सिंह राशिमा हुनेछ । यो साता अन्य ग्रहहरु राहु, शुक्र र सूर्य मिथुन राशिमा, मंगल र बुध कर्कट राशिमा, बृहस्पती बृश्चिक राशिमा, केतु र शनि धनु राशिमा गोचर गर्नेछन । ग्रहहरुको यो अवस्थाले प्रत्येक राशिमा के असर पर्छ भनेर विष्लेषण गरि यो साप्ताहिक राशिफल तयार गरिएको छ ।

साप्ताहिक राशिफल

ज्यो.पं. – हरिप्रसाद भण्डारी

मेष राशि – मेष राशिका लागि यो साता शुभ रहेको छ । साताको शूरुवात मा नै चन्द्रमाको गोचर धन स्थानमा रहने हुनाले यो साता आम्दानी बढ्नेछ । व्यापार व्यावसाय बाट उचित लाभ हुनेछ । चल अचल सम्पतिमा बढोत्तरी हुनेछ । यो साता तपाईको मन कुनै पनि कार्य गर्न निरन्तर उत्साहित भई रहनेछ । तपाईको बोलीमा मिठास देखिनेछ । परिवारमा मेल मिलाप र एक अर्का वीच प्रेम र सद्भाव कायम हुनेछ । विशेष गरि आफ्ना भाईबहिनी सँगको सम्बन्ध थप प्रगाढ बन्न सक्नेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । बिद्यार्थीका लागि यो साता शुभ रहेको छ । परिक्षामा उच्च अंक हाँसील गर्न सक्नु हुने छ। शनिबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेको छ । घर परिवार का कारण चिन्ता बढ्न सक्नेछ । आमाको स्वास्थ्यमा समेत समस्या देखिन सक्नेछ । शनिबार कुनैपनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नू उत्तम हुनेछ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

वृष राशि – साताको शुरुवात शिरमा चन्द्रमाको गोचर बाट हुनेछ। तपाईको व्यक्तिगत स्वभावमा सकारात्मक परिवर्तन देखिनेछ। आत्मविश्वास का साथ काम गर्नुहुनेछ । परिवारमा भाईचारा सम्बन्ध हुनेछ । घरमा मांगलिक कार्यहरुको आयोजना हुन सक्नेछ । रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा तपाईको सहभागिता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यावसाय बाट लाभ हुनेछ । साझेदारीका कार्यबाट समेत उचित मुनाफा आर्जन हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । विद्यार्थीका लागि अनुकुल रहेको छ तपाईको परिश्रमको मुल्य अवश्य प्राप्त हुनेछ । नयाँ कुरा सिक्न पाईने असर जुट्नेछ । तुलनात्मक रुपमा बिहिबार र शुक्रबार तपाईका लागि कमजोर दिनहरु रहेका देखिन्छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ विष्णवे नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

मिथुन राशि – मिथुन राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरुमा चन्द्रमाको गोचर बाह्रौ भावमा रहने हुनाले यो साता नसोचेको कार्यमा खर्च हुने एवं विनाअर्थका यात्राहरु हुन सक्नेछन । यात्राको योग छ । यो साता विशेष गरि आर्थीक अवस्था कमजोर रहने देखिन्छ । सामाजिक क्षेत्र बाट समेत चुनौतीहरु देखिन सक्नेछन। व्यापार व्यावसायमा लगानी अनुसार प्रतिफल नमिल्न सक्छ। तर मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा सकारात्मक समय रहनेछ । आफना आफन्तको सहयोग बाट महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । आम्दानी का क्षेत्रमा सुधार हुनेछ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

कर्कट राशि – कर्कट राशिका लागि यो साता मिश्रित रहनेछ। लाभ स्थानमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । तपाईलाई नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ । सुख सुबिधाका लागि नयाँ सामानहरु जोड्ने योग छ । व्यापार व्यावसायमा विभिन्न उतारचढावहरु देखिन सक्नेछन । खर्चको मात्रा बढ्नाले बचत का लागि संघर्ष गर्नु पर्ने देखिन्छ । मन चञ्चल एवं अस्थिर रहन सक्नेछ। काम मा एकाग्रता नहुनाले बिग्रन सक्नेछ। सचेत रहनु होला । स्वास्थ्य अवस्था हेर्दा आँखा तथा टाउको सम्बन्धि समस्या देखिन सकिनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । भोगविलास एवं मनोरञ्जनमा बढि खर्च हुन सक्नेछ । आफ्ना बालबच्चा सहित पारिवारिक भ्रमण जान सकिनेछ । साताको मध्य र अन्त्य तिरका दिनहरु शुभ रहेका छन । विद्यार्थीको पढाई बाहेक का गतिविधिमा मन जान सक्नेछ । सचेत रहनुहोला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भैरवको पुजा आराधना गर्नु उत्तम हुनेछ।

सिंह राशि – साताको शुरुमा कर्म स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले आत्मबिश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । समाजका प्रतिष्ठित व्यक्तित्वहरु बाट तपाई लाई सहयोग मिल्नेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यवासाय बाट उचित मुनाफा आर्जन हुनेछ । आफ्ना दाजुभाई बाट साथ र सहयोग प्राप्त हुनेछ । छोटा एवं रमाईला यात्राहरु यात्राहरु हुनेछन । यो साता घर जग्गा सम्बन्धि कारोबार बाट बढि लाभ हुने देखिन्छ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट पनि उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाइर्मा भने कमजोरी देखिन सक्ने हुनाले पढाईमा बढि ध्यान दिनु आवश्यक छ । विहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यि दिनहरुमा अनावश्यक यात्रा हुने एवं खर्च बढ्न सक्नेछ । स्वास्थ्य अवस्था बिग्रन सक्नेछ । सचेत रहनुहोला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान सुर्यको पुजा आराधना गर्नु शुभ हुनेछ ।

कन्या राशि – कन्या राशिका लागि यो साता उक्तम रहने देखिन्छ । भाग्य स्थानमा चन्द्रमा को गोचर बाट साताको शूरुवात हुनाले सामाजिक एवं आध्यात्मिक कार्यमा सक्रियता बढ्नेछ । मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोग ले आत्मविश्वास बढ्नेछ । उनीहरु सँगको संगत बाट आफुलाई सकारात्मक परिवर्तन को महसुस हुन सक्नेछ । यो साता व्यापार व्यावसाय मा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । पारिवारिक सम्बन्ध सकारात्मक रहनेछ । परिवार का सदस्य बीच कुनै विवाद उत्पन्न भएमा तपाईको बिचार निर्णायक हुन सक्नेछ । तपाईको तार्किक क्षमता सबल रहनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने सामान्य मनमुटावहरु छिटै समाधान हुनेछन । तपाईका लागि शनिबार तुलनात्मक रुपमा कमजोर दिन रहेको छ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ वासुदेवाय नम ३ पटक जप गर्नू शुभ हुनेछ ।

तुला राशि – तुला राशिका लागि यो साता मिश्रित रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर अष्टम भावमा रहने हुनाले सामान्य चोटपटक को सम्भावना देखिन्छ । सवारी साधन चलाउँदा सचेत रहनु आवश्यक छ । चिन्ता बढ्ने र स्वास्थ्य कमजोर रहन सक्नेछ। बिशेष गरि जोर्नी दुख्ने एवं नशा सम्बन्धि समस्याले सताउन सक्नेछ । मंगलबार देखि भने अवस्थामा महत्वपुर्ण सुधार हुँदै जानेछ । आर्थीक अवस्था सकारात्मक रहनेछ । त्यसैगरि व्यापार व्यापसाय बाट पनि उचित लाभ मिल्नेछ । विशेष गरि कृषि तथा पशुजन्य वस्तुको व्यापार व्यावसायबाट सोचे अनुरुप नै लाभ मिल्नेछ । धन बचत हुनेछ । नोकरी गर्तेहरुका लागि कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तान बाट सुख हुनेछ । बिद्यार्थीको पढाईका लागि मध्यम साता रहेको छ । पढाईमा ध्यान नजान सक्नछ । एकाग्र भएर अध्ययन मा लाग्नु शुभ हुनेछ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । आफ्ना मान्छे सँग कुनै नयाँ ठाउँमा गई रमाईला पलहरु बिताउन सक्नुहुनेछ । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी देवीको पुजा आराधना गर्नू शुभ हुनेछ ।

बृश्चिक राशि – बृश्चिक राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शूरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । जिवन साथिको प्रेम र सम्मान बाट तपाईको आत्म बिश्वास उच्च हुनेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । सहकर्मी साथी बाट साथ र सहयोग प्राप्त हुनेछ । आफ्नो कौशल बाट अन्य लाई प्रभावित गर्न सक्नु हुनेछ । ब्यापार व्यावसाय बाट उचित लाभ मिल्नेछ । बिशेष गरि पुस्तक तथा शैक्षिक सामाग्री सम्बन्धि कारोबार बाट उचित लाभ मिल्नेछ । पारिवारिक जिवन सुखद रहने छ । प्रेमी सँग वादविवाद पर्नाले मन खिन्न हुन सक्नेछ । आपसी समझदारी कायम गर्न इमान्दार प्रयास आवश्यक छ । अध्ययन कार्यमा मन जानेछ । प्रतिस्पर्धिलाई चुनौती दिन सक्नुहुनेछ । विदेश यात्राको योग छ । यो साता तपाईका लागि तुलनात्मक रुपमा मंगलबार र बुधबार भने कमजोर दिनहरु रहेका छन । यि दिनहरुमा कुनै पनि महत्वपुर्ण कार्यको शुरुवात नगर्नु उत्तम हुनेछ। यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ सोम सोमाय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

धनु राशि – धनु राशिका लागि यो साता मिश्रित रहने छ । स्वास्थ्य अवस्था मा गिरावट आउन सक्नेछ ज्वरो तथा अन्य भाईरल जन्य प्रकोप बाट प्रभावित बन्न सक्नुहुेछ । आफ्नो स्वास्थ्य प्रति सचेत रहनु आवश्यक छ । नसोचेको क्षेत्रमा धन खर्च हुन सक्नेछ । तर अप्ठ्यारो अवस्थामा आफ्ना साथिभाई बाट महत्वपुर्ण साथ र सहयोग प्राप्त हुनेछ । व्यापार व्यावसाय मा मिश्रित समय हुनेछ । आम्दानीका क्षेत्रहरु मा उतारचढाव हुँदै जानेछन । । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । नयाँ कुरा सिक्न पाईने हुनाले आफ्नो अनुभव एवं क्षमता बढ्नेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । तपाईको बोलीमा रुखोपन बढ्न सक्नेछ । बुवाआमा बाट तपाई बारे गुनासो बढ्न सक्नेछ । आफ्नो प्रेमीको भने हरेक सुख दुखमा साथ र सहयोग प्राप्त हुनेछ । विद्याथीृको पढाई भने कमजोर हुन सक्नेछ । पढाईमा राम्रो ध्यान दिनु आवश्यक छ । बिहिबार र शुक्रबार भने तुलनात्मक रुपमा कमजोर दिनहरु रहेका छन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी भगवान शिवको पुजा आराधना गर्नु शुभ हुनेछ ।

मकर राशि – मकर राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा पञ्चम भावमा चन्द्रमाको गोचर रहने हुनाले आफ्ना सन्तान बाट सुख प्राप्त हुनेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । तपाइको बौद्धिक क्षमताको उचित कदर हुनेछ । कार्यस्थलमा सहकर्मी साथी बाट सहयोग प्राप्त हुनेछ । त्यसैगरि आफ्नो जिवन साथि सँग रमाइल पल हरु विताउने अवसर प्राप्त हुनेछ । आर्थीक अवस्था मा सामान्य उतार चढाव आउन सक्नेछन । व्यापार व्यावसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । अध्ययनमा मन लाग्ने र याद हुने समय रहनेछ । साथी एवं शिक्षक बाट तपाई लाई दरिलो सहयोग प्राप्त हुनेछ । पारिवारिक सम्बन्ध सकारात्मक रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ । शनिबार भने तपाईका लागि तुलानात्मक रुपमा कमजोर दिन रहेको छ । आफ्नो खानपिनका कारण स्वास्थ्य कमजोर हुन सक्नेछ । सचेत रहनु होला । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गं गणपतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

कुम्भ राशि – कुम्भ राशिका लागि साताको शुरुमा चन्द्रमाको गोचर चतुर्थ भावमा रहने हुनाले शारिरिक तथा मानसिक स्वास्थ्य विग्रन सक्नेछ । यसका साथै मातापिताको स्वास्थ्यमा समस्या देखिन सक्ने एवं अन्य घरायसी समस्याले चिन्ता बढ्न सक्नेछ । शत्रु बढ्नेछन । मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । सन्तान बाट सुख प्राप्त हुनेछ। जिवनसाथी सँग प्रेमिल समय वित्ने देखिन्छ । जिवन साथीको प्रेम र समर्पण भावले तपाई खुशी र सन्तुष्ट रहनु हुनेछ । आर्थीक अवस्था सबल रहनेछ । व्यापार व्यावसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सुमधुर सम्बन्ध कायम हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । प्रेम सम्बन्धमा सामान्य मनमुटावहरु देखिए पनि ठुलो समस्या हुने छैन । यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन भगवान सुर्य लाई जल चढाउनु शुभ हुनेछ ।

मिन राशि – साहस तथा पराक्रम स्थानमा चन्द्रमाको गोचर रहनाले मिन राशिका लागि साताका सुरुवात का दिन शुभ रहेका छन । धन आर्जन हुनेछ । शत्रु पराजित हुनेछन भने स्वास्थ्य अवस्था पनि यो साता सबल रहनेछ। मंगलबार र बुधबार तपाईका लागि केहि समस्या युत्त दिनहरु बन्न सक्नेछन । पारिवारिक समस्यका कारण अनावश्यक चिन्ता बढ्न सक्नेछ। खर्चको मात्रा बढ्नाले बचत का लागि संघर्ष गर्नु पर्ने देखिन्छ। बिहिबार देखि भने दिनहरु शुभ रहनेछन । यि दिनहरुमा साथीभाई सँग रमाइलो कुराकानी हुने, मिष्ठान्न भोजन प्राप्ती हुने योग छ । यो साता प्रेम तथा पारिवारिक सम्बन्ध पनि सुमधुर रहनेछ । व्यापार व्यावसायमा सफलता मिल्नेछ । साझेदारीमा कुनै नयाँ कार्य को शुरुवात हुन सक्नेछ ।विद्यार्थी वर्गका लागि पनि यो साता उत्तम रहेको छ । साताका यो साता ग्रहको शुभ प्रभावका लागि हरेक दिन कार्यमा निस्कनु अघि वा कुनै महत्वपुर्ण कार्यको शुरुवात गर्नू अगाडी ॐ गङ गणपतय नम मन्त्र ३ पटक जप गर्नू शुभ हुनेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!