- संगालोखबर सम्वाददाता

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज प्रकाशन हुँदैछ । नतिजा प्रकाशनको अन्तिम तयारी भईरहेको छ। नतिजा सार्वजनिक गर्नु अगाडि राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्नु पर्ने प्रावधान भएकाले दिउँसो २ बजे बोर्ड बैठक बस्दैछ ।

सबै तयारी पूरा भइसकेकाे र बाेर्डले निर्णय गरेर आजै नतिजा प्रकाशन गरिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताए। ‘बैठकले निर्णय गरेपछि नतिजा सार्वजनिक हुन्छ ।’ अधिकारीले भने ।

सामान्यतया बोर्ड बैठकलगत्तै नतिजा सार्वजनिक गर्ने चलन छ । अघिल्लो वर्षको तुलनामा यस पटक केही ढिला नतिजा प्रकाशन हुन लागेको हो । प्रदेश २ मा प्रश्नपत्र बाहिरिएपछि पुनः परीक्षा लिनु परेको र कर्मचारी समायोजन हुँदा पनि जनशक्ति अभाव भएकाले नतिजा ढिला आउन लागेको हो । अघिल्ला वर्षहरुमा जेठ मसान्त वा असार पहिलो साताभित्रै नतिजा सार्वजनिक हुने गर्दथ्यो ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरका १ हजार ९ सय ६९ केन्द्रबाट ४ लाख ७५ हजारभन्दा बढी बिद्यार्थीले परीक्षा दिएका थिए ।

एसईईको नतिजा हेर्ने तरिका…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!