संगालोखबर सम्वाददाता

धादिङ। गएरातिदेखि अवरुद्ध रहेको पृथ्वी राजमार्गमा आज दिउँसोबाट यातायात सुचारु भएको छ । झण्डै ६ घण्टा लगाएर लेदो माटो हटाएपछि पृथ्वी राजमार्गमा गाडी चल्न थालेका छन् ।

Advertisement

लामो समयको अवरोधपछि गाडी खुलेकाले अहिले सडकमा सवारीको अत्याधिक चाप रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । अहिले गजुरीदेखि गल्छी सिम्लेसम्म सवारीको अत्याधिक चाप छ ।

रागमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका ६ महेश दोभानमा लेदो माटो खसेपछि सडक अवरुद्द थियो ।

यसअघि प्रकाशित समाचार…

सडकमा लेदो थुप्रिएपछि पृथ्वी राजमार्ग अवरुद्ध, हजारौं यात्रु अलपत्र

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!