पाख्रीवासमा शोक बिदा
धनकुटा । पाख्रीवास नगरपालिकाले आईतबार शोक विदा दिएको छ । पाख्रीवास–९ की दलित महिला वडा सदस्य तथा नगरसभा सदस्य भीमकुमारी दर्जीको मृत्यु भएकाले शोक विदा दिईएको हो ।
जण्डिसको समस्याबाट पीडित ४५ बर्षीय दर्जीको मंसिर १५ गते पाख्रीवास–९ स्थित घरमै मृत्यु भएको पाख्रीवास नगरपालिकाकी उप–प्रमुख भीमकला पौडेल तिम्सिनाले जानकारी दिईन् ।
उनी तत्कालिन नेकपा एमालेका तर्फबाट वडा सदस्यमा निर्वाचित भएकी थिईन् । ...


























