
विराटनगर । प्रदेश १ मा बिहिबार २६१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा १२२, झापामा ६१, सुनसरीमा ४८, संखुवासभामा १५, इलाममा ४, पाँचथर र उदयपुरमा ३/३, भोजपुरमा २, ताप्लेजुङ, खोटाङ र धनकुटामा १/१ जना संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६१, सुन्दरहरैंचामा १७, उर्लाबारीमा १५, बेलबारीमा ७, पथरी शनिश्चरेमा ६, लेटाङमा ४, बुढीगंगामा ३, ग्रामथान र कटहरीमा २/२, धनपालथान, मिक्लाजुङ, सुनबर्षी, कानेपोखरी र केराबारीमा १/१ जनामा संक्रमण देखिएको छ । त्यस्तै झापाको हल्दिबारीमा १३, विर्तामोडमा १०, भद्रपुरमा ७, दमकमा ६, कनकाई र कमल गाउँपालिकामा ४/४, शिवसताक्षी, कचनकवल र बाह्रदशीमा ३/३, गौरादह र अर्जुनधारामा २/२, गौरीगञ्ज, बुद्धशान्ति, मेचीनगर र स्थानीय तह नखुलेका १/१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको छ ।
यता, सुनसरीको इटहरीमा २५, इनरुवामा ६, रामधुनीमा ५, धरानमा ४, दुहवीमा ३, बराहक्षेत्रमा २, भोक्राहानरसिंह, हरिनगर र देवानगञ्जमा १/१ जनामा संक्रमण भेटिएको हो । त्यस्तैगरी संखुवासभाको मकालुमा ८, खाँदबारीमा ७, इलामको इलाम नगरपालिकामा ४, पाँचथरको फिदिम, हिलिहाङ र फालेलुङमा १/१, उदयपुरको त्रियुगामा २, स्थानीय तह नखुलेका १, भोजपुरको भोजपुर र अरुणमा १/१, ताप्लेजुङको पाथीभरा याङवरक, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी र धनकुटाको पाख्रिवासमा जनामा संक्रमण देखिएको छ । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २७ हजार ८२० पुगेको छ । जसमध्य २२ हजार ४३७ जना निको भईसकेका छन् ।
प्रदेश १ मा आज १० जना कोरोना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट ४/४ र मेची अस्पतालबाट २ जना डिस्चार्ज भएका हुन ।















