संगालोखबर सम्वाददाता

उदयपुर । उदयपुरको कटारी–८ मर्जेतपुरस्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा गएराती अज्ञात समुहले चार वटा शक्तिशाली बम विस्फोट गराएको छ । बिस्फोटमा परी पाँच जना घाईते भएका छन् ।

Advertisement

बिस्फोट हुँदा उछिट्टीएको ढुंगाले लागेर खानीमा काम गर्दै आएका कामदार दुर्गाबहादुर तामाङ, बिष्णुबहादुर मगर, शिबशंकर मोक्तान, सागर मोक्तान र नबीन मगर घाइते भएका छन् । घाईतेहरुको कटारी अस्पतालमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

विस्फोटबाट एउटा स्काईभेटरमा क्षति पुगेको छ । चुनढुंगा खानीमा चार वटा बिस्फोटको आवाज सुनिएको स्थानीयबासीले बताएका छन् । बिस्फोटको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल गएको छ । विस्फोट कसले र किन गराएको भन्ने खुल्न सकेको छैन ।

यस अघि पनि सोही सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो । त्यस्तै मंसिर ६ गते ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले बम विस्फोट गराएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!