रासस
सांकेतिक तस्वीर

पाँचथर । पाँचथरमा बालिका बलात्कारका अभियुक्तलाई प्रहरीले ६ बर्षपछि पक्राउ गरेको छ । १४ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेका मिक्लाजुङ गाउँपालिका–२ का २५ वर्षीय उत्तम शेर्मालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शेर्मा २०७१ असोज २१ गतेदेखि फरार  थिए ।  उनलाई जिल्ला अदालतले तीन वर्ष कैद सजायको फैसला गरेको छ । गाउँमै लुकीछिपी बसेको अवस्थामा शेर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertisement

उनलाई जिल्ला अदालतको अनुसार कैद भुक्तानीका लागि जिल्ला कारागार चलान गरिएको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!