
झापा । झापाका दुई छुट्टा-छुट्टै स्थानबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको टोलीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।
बिर्तामोड नगरपालिका–५ बाट ९.५ ग्राम ब्राउनसुगरसहित अर्जुनधारा नगरपालिका–६ का २५ बर्षीय आशिष थापालाई प्रहरीले पक्राउ गरेको छ । त्यस्तै अर्जुनधारा–९ बाट ३९ ग्राम ब्राउनसुगरसहित बुद्धशान्ति गाउँपालिका–२ का २२ बर्षीय प्रिन्स खनाल पक्राउ परेका हुन् ।
ब्राउनसुगरसहित पक्राउ परेका उनीहरुको विषय थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।















