झापामा जङ्गली च्याउ खाँदा ११ जना बिरामी
झापा । झापामा जङ्गली च्याउ खाँदा एकै परिवारका ११ जना बिरामी परेका छन् । बाह्रदशी गाउँपालिका-२ बुट्टाबारीका तेजबहादुर खवासको परिवार बिरामी परेको हो ।
उनीहरूले आज बिहानको खानामा जङ्गली च्याउको परिकार बनाएर खाएका थिए । जङ्गलबाट ल्याएको च्याउ पकाएर खाएपछि परिवारका सबै सदस्यमा स्वास्थ्य समस्या देखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार ५० वर्षीया कमलामाया खवास, ३१ वर्षीय डिल्ल...
































