खोटाङमा घरको बरण्डाबाट लडेर बृद्धाको मृत्यु

खोटाङमा घरको बरण्डाबाट लडेर बृद्धाको मृत्यु

खोटाङ । खोटाङमा घरको बरण्डाबाट लडेर एक बृद्धाको मृत्यु भएको छ । गएराती करिब ८ बजे आफ्नै घरको बरण्डाबाट लड्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्रङकी ६० बर्षीया कमला राईको मृत्यु भएको हो । लडेर गम्भीर घाइते भएकी राईलाई उपचारका लागि जिल्ला अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा राती करिब साढे ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश १ का १४ वटै जिल्लामा खोलियो यात्रु सहायता कक्ष

प्रदेश १ का १४ वटै जिल्लामा खोलियो यात्रु सहायता कक्ष

विराटनगर । नजिकिदै गरेका चाडपर्वलाई लक्षित गरेर प्रहरीले प्रदेश १ का १४ वटै जिल्लामा यात्रु सहायता कक्ष स्थापना गरेको छ । दशैं, तिहार र छठ पर्वका बेला सर्वसाधरणको आवतजावत बढी हुँने भएकाले प्रहरीले यातायात क्षेत्रलाई व्यवस्थित गर्न सहायता कक्ष स्थापना गरेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण कुमार बिसीले आइतवार विराटनगर बसपार्कमा स्थापना गरिएको यात्रु सहायता कक्षको उद्घाटन ...
पर्यटन काज बिदा : कर्मचारीसँगै घुम्न जानेलाई पनि खर्च दिने गरी मस्यौदा तयार

पर्यटन काज बिदा : कर्मचारीसँगै घुम्न जानेलाई पनि खर्च दिने गरी मस्यौदा तयार

काठमाडौं । कोरोना भाइरसबाट थलिएको पर्यटनको पुनरुत्थानका लागि ल्याएको १० दिने काज बिदा कार्यान्वयनका लागि कार्यविधिको मस्यौदा तयार गरिएको छ । कर्मचारीसँगै घुम्न जाने एकजना गैरकर्मचारी अर्थात् कर्मचारीको पारिवारिक सदस्यलाई पनि खर्च उपलब्ध गराउने गरी मस्यौदा तयार गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार कर्मचारीसँगै घुम्न जाने एक जनालाई पनि सोही कर्मचारीले पाउने बराबरको रकम...
यातायातका विचौलिया पक्राउ

यातायातका विचौलिया पक्राउ

काठमाडौं । यातायात व्यवस्था कार्यालय, एकान्तकुनाबाट दुई विचौलियालाई प्रहरीले आज पक्राउ गरेको छ । पक्राउपर्नेमा ललितपुर महनगरपालिका–१४, नक्खीपोट बस्ने ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्ती बस्ने वर्ष २३ का सुरज गुप्ता रहेका छन् । उनीहरुले लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी ...
ट्याक्स हेभन मुलुकमा १६ नेपालीको लगानी

ट्याक्स हेभन मुलुकमा १६ नेपालीको लगानी

काठमाडौं । कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको खुलासा भएको छ । अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिदबिक्रीको खुलासा आईसीआईजेसहित विश्वभरका १ सय ४० बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासाअनुसार नेपालका दुई ...
२०७८ असोज १८ गते सोमवारको राशिफल

२०७८ असोज १८ गते सोमवारको राशिफल

ई.सं.२०२१ अक्टोबर ४ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण त्रयोदशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज कृष्ण त्रयोदशी तिथी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, शुभ योग, गर करण । नेपालमा सूर्योदय बिहान ५ः५७ बजे, सूर्यास्त साँझ ५ः४६ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरिर ऐनामा हेरेर जुनसकै दिशाको या...
विराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर, नोबेलका डाक्टरले गरे ६ सय विरामीको उपचार

विराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर, नोबेलका डाक्टरले गरे ६ सय विरामीको उपचार

विराटनगर । अग्रपंतिमा खटिने यातायात मजदुर र प्रहरी तथा उनीहरुका परिवारका सदस्यलाई लक्षित गरेर आइतवार बिराटनगर बसपार्कमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । ६६ औं प्रहरी दिवसको अवसर पारेर विराटनगरस्थित नोबेल मेडिकल कलेज र नेपाल औषधि व्यावसायी संघसँग सहकार्य गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय, नेपाल यातायात व्यावसायी महासंघ र यातायात मजदुर संघ तथा संगठनले शिविर आयोजना गरेका हुन् । १ नम्बर...
प्रदेश १ का केही जिल्लामा माओवादी केन्द्रले गर्यो नेताहरुको जिम्मेवारी हेरफेर

प्रदेश १ का केही जिल्लामा माओवादी केन्द्रले गर्यो नेताहरुको जिम्मेवारी हेरफेर

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसमितिले केही जिल्लामा जिल्ला सहइन्चार्जहरु, निर्वाचन क्षेत्रीय समन्वय समिति र उप–महानगरपालिकाको कार्यविभाजन गरेको छ । कार्यविभाजन अनुसार पार्टीको धनकुटा सहइन्चार्जमा डिल्लीराम राई, भोजपुरको सहइन्चार्जमा राजेश खतिवडा र सुनसरी सहइन्चार्जमा योगेन्द्रप्रसाद मण्डललाई जिम्मेवारी दिइएको छ । यस्तै सुनसरीको संयोजकको जिम्मेवारी भने सुरेन्द्र मेहतालाई दिइएको छ ...
कोशी टप्पुको मकुना हात्ती मृत फेला

कोशी टप्पुको मकुना हात्ती मृत फेला

विराटनगर । कोशी टप्पु वन्यजन्तु आरक्षको मकुना नामको हात्ती आज मृत फेला परेको छ । सुनसरीको कोशी गाउँपालिका–३ स्थित आरक्ष कार्यालय नजिकै मकुना मृत भेटिएको हो । आइतबार बिहान करिव ५ बजे मकुना मृत भेटिएको हो । धान खान गएका बेला धानबालीमा लगाइएको करेन्ट लागेर मकुनाको मृत्यु भएको जनाइएको छ । हिंस्रक भएको भन्दै एक वर्षअघि जिल्ला प्रशासन कार्यालय सुनसरीले मकुनालाई मार्ने योजना बनाएको थियो । तर त्यसको व...
तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

तेह्रथुम । तेह्रथुमको लालिगुराँस नगरपालिकास्थित बसन्तपुर फुलेकको भित्रि सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् । मृत्यु हुँनेमा ट्याक्टर चालक लालिगुराँस–५ का २२ बर्षीय पञ्च बहादुर मग्रान्ति र ट्याक्टरमा सवार १५ बर्षीय खेम सार्की छन् । बसन्तपुरबाट फुलेकतर्फ जाँदै गरेको को २ त ८४३६ नंम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिव ३० मिटर तल खस्दा मग्रान्तिको घटन...
नेपाली कांग्रेस विराटनगर सभापतिमा दीपक चापागाईं निर्वाचित

नेपाली कांग्रेस विराटनगर सभापतिमा दीपक चापागाईं निर्वाचित

विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगरपालिकाको सभापतिमा दीपक चापागाईं निर्वाचित भएका छन् । चापागाईंले २१२ मत ल्याएर सभापतिमा निर्वाचित भएका हुन् । मतपरिणाम अनुसार उनका निकटतम प्रतिद्वन्द्वी सन्तोष न्यौपानेले १६५ मत ल्याएका थिए । त्यस्तै सभापति पदमा उठेका कृष्ण कार्कीले १३३ र अरूण न्यौपानेले १२७ मत मात्रै प्राप्त गरेका थिए । सभापति जितेका चापागाईं कांग्रेस केन्द्रीय सदस्य शेखर कोइराला निकट ह...
स्वीट्जल्याण्डदेखि साइकलमै

स्वीट्जल्याण्डदेखि साइकलमै

गोरखा । स्वीट्जल्याण्डकी नागरिक लरिसा जिम्मरम्यानले स्वीट्जल्याण्डदेखि गोरखासम्मको साइकल यात्रा सम्पन्न गरेकी छन्। 'हाम्रो सहारा' फाउण्डेशन स्वीट्जल्याण्डकी संस्थापक लरिसाले त्यहाँस्थित 'हाम्रो सहारा'देखि गोरखास्थित 'हाम्रो सहारा'सम्मको यात्रा छ महिना लगाएर सम्पन्न गरेकी हुन्। गत अप्रिल ५ देखि सुरु गरेको साइकलयात्रा शनिबार गोरखास्थित 'हाम्रो सहारा' फाउण्डेशनको कार्यालयमा पुगेर सम्पन्न गरेकी हुन...
२०७८ असोज १७ गते आइतवारको राशिफल

२०७८ असोज १७ गते आइतवारको राशिफल

ई.सं.२०२१ अक्टोबर ३ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण द्धादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज कृष्ण द्धादशी तिथी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, साध्य योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ५ः५७ बजे, सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त ह...
अपहरणमा परेका भारतीय नागरिकलाई नेपाल प्रहरीले गर्यो उद्धार

अपहरणमा परेका भारतीय नागरिकलाई नेपाल प्रहरीले गर्यो उद्धार

सप्तरी । अपहरणमा परेका एक भारतीय नागरिकको नेपाल प्रहरीले उद्धार गरेको छ । अपहरणमा परेका भारत बिहारको मधुवनी लौकाहा ग्राम पञ्चायत–९ का २२ वर्षीय शङ्करकुमार साहको उद्धार गरिएको हो । सप्तरीको बलान बिहुल गाउँपालिका–५ रामनगर कोदरकट्टीमा खुट्टामा साङ्लोले बाँधिएको अवस्थामा प्रहरीले साहको उद्धार गरिएको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिए । नेपाल–भारत सीमा अन्तर्गत रामनगर कोदरकट...
धनकुटामा प्रहरी दिवसको अवसरमा रक्तदान, ३७ जनाले दिए रगत

धनकुटामा प्रहरी दिवसको अवसरमा रक्तदान, ३७ जनाले दिए रगत

धनकुटा । धनकुटामा शनिवार रक्तदान कार्यक्रम गरिएको छ । ६६ औँ प्रहरी दिवसको अवसर पारेर जिल्ला प्रहरी कार्यालय धनकुटाले रक्तदान कार्यक्रम गरेको हो । सो अवसरमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासी गरी ३७ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहतमा कार्यरत १६ जना प्रहरी, सशस्त्र प्रहरी बल नेपाल नं. ६ गुल्म हेटक्वाटर छिन्ताङ धनकुटामा कार्यरत...
एक साताको रस्साकस्सीपछि धनकुटा नगरमा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, नरेश बने सभापति

एक साताको रस्साकस्सीपछि धनकुटा नगरमा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन, नरेश बने सभापति

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगर सभापतिमा नरेश श्रेष्ठ चयन भएका छन् । एक साताको रस्साकस्सीपछि आज बिहान श्रेष्ठको सभापतित्वमा ५७ सदस्यीय नगर समिति सर्वसम्मत टुंग्याइएको हो । समितिको उप–सभापतिमा अभिषेक कर्माचार्य र अमित लो तामाङ, सचिवमा राम तामाङ र लोकेन्द्र खड्का, सह–सचिबमा ज्ञानेन्द्र बस्नेत र सारदा सन्तोषी राई चयन भएका छन् । कोषाध्यक्ष भने पछि मनोनित गरिनेछ । गत ९ गते नगर अधिवेशन आयोजना गरि...
खोटाङमा ट्याक्टर पल्टिँदा सह–चालकको मृत्यु

खोटाङमा ट्याक्टर पल्टिँदा सह–चालकको मृत्यु

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ माथ्लो नुनथलास्थित मध्यपहाडी लोकमार्गमा गएराती ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ । राती करिब साँढे १० बजे रबुवाबाट दिक्तेलतर्फ आउँदै गरेको स १ त ७०७१ नंम्बरको ट्याक्टर अनियन्त्रित भई पल्टिएको हो । दुर्घटनामा परी ट्याक्टरका सहचालक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का १८ बर्षीय पिलक्स राईको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक...
पाख्रीवासमा कांग्रेसको नयाँ अभियान : हरेक दिनको एक कप चियाको पैसा पार्टीलाई प्रदान

पाख्रीवासमा कांग्रेसको नयाँ अभियान : हरेक दिनको एक कप चियाको पैसा पार्टीलाई प्रदान

धनकुटा । धनकुटाको पाख्रीवासमा कांग्रेसले ‘मेरो एक कप चिया मेरो पार्टीलाई’ अभियान सुरु गरेको छ । संगठन विस्तार तथा सुदृढीकरण कार्यक्रम संचालनका लागि पार्टीलाई आर्थिक हिसावले सुदृढ बनाउन यस्तो अभियान सुरु गरिएको कांग्रेसले जनाएको छ । नजिकिदै गरेको चाडपर्वको अवसरमा शुक्रबार शुभकामना आदान–प्रदान कार्यक्रम गरेर यस्तो अभियान थालिएको कांग्रेस धनकुटाका सचिव बिजयसन्तोषी राईले जानकारी दिए । उनका अनुसार क...
विद्यालयका तीन समिति पुर्नगठन

विद्यालयका तीन समिति पुर्नगठन

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका–१० चुङमाङस्थित भारती माध्यमिक विद्यालयमा विद्यार्थीहरुका तीन वटा समितिलाई पुनर्गठन गरिएको छ । विद्यालयको बाल क्लब, जुनियर रेडक्रस सर्कल र सगरमाथा टिन्स क्लवलाई पुर्नगठन गरिएको हो । अनिश्चित राईको अध्यक्षतामा बाल क्लब, हेमचन्द्र तिम्सिनाको अध्यक्षतामा जुनियर रेडक्रस सर्कल र राजन गिरीको अध्यक्षतामा टिन्स क्लव पुर्नगठन गरिएको बिद्यालयका शिक्षक अनिल तिम्सिनाले ...
म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै

म्याद सकिएका खाद्य सामग्री रिलेबलिङ गर्दै बेच्दै

काठमाडौं । संघीय राजधानी काठमाडौंमा नै विभिन्न व्यापारीहरूले म्याद सकिएका खाद्य सामग्रीमा रिलेबलिङ गर्दै धमाधम बिक्री वितरण गर्दै आइरहेको पाइएको छ । केही व्यापारीहरूले मानव स्वास्थ्यमाथि नै गम्भीर खेलबाड गर्दै म्याद सकिएका बिस्कुट, चकलेटलगायतका खाद्य सामग्रीहरूमा रिलेबलिङ गर्दै बिक्रीवितरण गरेको पाइएको हो । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारीले राजधानीका विभिन्न स्थानमा हालै गर...
लिपुलेक-कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी

लिपुलेक-कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तयारी

काठमाडौं । मित्रराष्ट्र भारतसँग सीमा जोडिएको दार्चुलाको लिपुलेक र कालापानी क्षेत्रमा फिल्डमै पुगेर जनगणना गर्ने तथ्याङ्क विभागले तयारी गरेको छ । सरकारले शुरु गरेको राष्ट्रिय कार्यक्रम जनगणनालाई मंसिर ९ गतेभित्र सबै नेपालीको घरदैलोमा पुगेर गणना गर्ने गरी काम अघि बडेको केन्द्रिय तथ्याङ्क विभाग तथ्याङ्क शाखाका प्रमुख डुण्डीराज लामिछाने जानकारी दिए । व्यास गाउँपालिका– १ बडाका गुन्जी, कुटी र नाभि गा...
२०७८ असोज १६ गते शनिवारको राशिफल

२०७८ असोज १६ गते शनिवारको राशिफल

ई.सं.२०२१ अक्टोबर २ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण एकादशी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज कृष्ण एकादशी तिथी, चन्द्रमा कर्कट राशिमा, अश्लेषा नक्षत्र, सिद्ध योग, बव करण । नेपालमा सूर्योदय बिहान ५ः५७ बजे, सूर्यास्त साँझ ५ः४९ बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल ...
उद्योग संगठन मोरङद्वारा स्टार्टअप व्यवसायीहरुका लागि वुट क्याम्प आयोजना

उद्योग संगठन मोरङद्वारा स्टार्टअप व्यवसायीहरुका लागि वुट क्याम्प आयोजना

विराटनगर । स्टार्टअप एण्ड ईनोभेशन कार्यक्रम अन्तर्गत छनौट भएका चौविस स्टार्टअप व्यवसायीहरुको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन शुक्रबारदेखि उद्योग संगठन मोरङले चार दिने वुट क्याम्प सुरु गरेको छ । कार्यक्रममा उद्योग संगठन मोरङको स्टार्टअप एण्ड ईनोभेशन समितिका संयोजक सुरेन्द्र गोल्छाले जबसम्म देशका युवा वर्गले आफ्नो सोचलाई व्यवसायीकतामा रुपान्तरण गर्न सक्दैनन् तबसम्म देशले आर्थिक समृद्धि...
५९ बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३० बर्षीय युवा पक्राउ

५९ बर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ३० बर्षीय युवा पक्राउ

उदयपुर । उदयपुरमा ५९ बर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा प्रहरीले चौदण्डिगढी नगरपालिका–६ का ३० बर्षीय मुकेश बि.क.लाई पक्राउ गरेको हो । बिहिबार साँझ ६ बजे चौदण्डिगढी–६ स्थित द्वारखोला जंगलमा मुकेशले महिलालाई जबरजस्ती करणी गरेको आरोप छ । मुकेशले जवरजस्ती करणी गरेको भन्दै महिलाका आफन्तले शुक्रबार ईलाका प्रहरी कार्यालय बेल्टारमा जाहेरी दिएका...
छथर जोरपाटीका १२ जना जेष्ठ नागरिकलाई सम्मान

छथर जोरपाटीका १२ जना जेष्ठ नागरिकलाई सम्मान

धनकुटा । ३१ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शुक्रबार धनकुटाको छथर जोरपाटी गाउँपालिकाले १२ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । गाउँपालिकाको महिला तथा बालबालिका शाखाले कार्यक्रम गरी जेष्ठ नागरिकलाई सम्मान गरेको हो । सम्मानित हुनेमा धनमायाँ लिम्बू, डम्बरबहादुर कार्की, हर्कबहादुर पुलामी, निमा शेर्पा, कमलसिंह लिम्बू छन् । त्यस्तै कुलमाया लिम्बू, खड्गबहादुर अधिकारी, सीता लिम्बू, पूर्णब...
धनकुटाको सिधुवामा रक्तदान कार्यक्रम

धनकुटाको सिधुवामा रक्तदान कार्यक्रम

धनकुटा । धनकुटाको सिधुवामा शुक्रबार खुल्ला रक्तदान कार्यक्रम गरिएको छ । निगाले सिमेन्ट उद्योगको सहयोगमा नेपाल रेडक्रस सोसाइटी छथर जोरपाटी गाउँपालिका सिंधुवा शाखाले रक्तदान कार्यक्रम गरेको हो । सिधुवा बजारमा शुक्रबार बिहान १० बजेबाट सुरु भएको रक्तदान कार्यक्रम साँझसम्म जारी रहने आयोजकले जनाएको छ । कार्यक्रममा सिधुवाबासीहरुले रक्तादान गरिरहेका छन् । सो अवसरमा रेडक्रस सोसाइटी छथर जोरपाटी गाउँपालि...
जंगली हात्तीले सुडले च्यापेर बेपत्ता बनाएकी महिला मृत भेटिइन्

जंगली हात्तीले सुडले च्यापेर बेपत्ता बनाएकी महिला मृत भेटिइन्

झापा । झापाको भद्रपुर नगरपालिका–१० देउनियामा जंगली हात्तीले सुडले च्यापेर बेपत्ता बनाएकी एक महिला मृत अवस्थामा फेला परेकी छन् । बिर्तामोड नगरपालिका–८ नेपाल चोककी ५० बर्षीया लतुमाई मर्डी मृत फेला परेकी हुन् । बिहिबार दिउँसो १२ बजे श्रीमानसँग निगुरो टिपिरहेका बेला उनलाई जंगली हात्तीले सुडले च्यापेर लगेको थियो । घटनापछि अस्थाई प्रहरी चौकी गरामनीको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानी...
एमालेको विधान महाधिवेशन सुरु हुँदै, ६ हजार प्रतिनिधि सहभागि हुँने

एमालेको विधान महाधिवेशन सुरु हुँदै, ६ हजार प्रतिनिधि सहभागि हुँने

काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा तीन दिनसम्म महाधिवेशन चल्नेछ । आज मध्यान्ह १२ बजे पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ । महाधिवेशनमा करिब ६ हजार प्रतिनिधिहरु सहभागी हुनेछन् । पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबा...
कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउने परीक्षण नेपालमै सुरु

कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउने परीक्षण नेपालमै सुरु

काठमाडौं । कोरोना भाइरसको नयाँ प्रकार पत्ता लगाउन जिन सिक्वेन्सिङ परीक्षण नेपालमै सुरु भएको छ । यसअघि कोरोना भाइरसको म्युटेसन पत्ता लगाउन नमुना विदेश पठाउने गरिन्थ्यो । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा जिन सिक्वेन्सिङ परीक्षण सुरु भइसकेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुना झाले नेपालमै  जिन  सिक्वेन्सिङ सुरु भएको जानकारी दिए । उनले यसअघि जिन सिक्वेन्सिङ पत्ता लग...
देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा शिक्षक अभाव

देशभर विज्ञान, अंग्रेजी र नेपाली विषयमा शिक्षक अभाव

काठमाडौं । शिक्षकको रिक्त दरबन्दीमा खुला विज्ञापन गर्ने तयारी गरिरहँदा मुख्य तीन विषयमा शिक्षक दरबन्दी न्यून देखिएको छ । शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक सेवा आयोगलाई पठाएको रिक्त दरबन्दीअनुसार विज्ञान, अंग्रेजी र नेपाली विषयमा देशभर धेरै शिक्षक अभाव भएको उल्लेख गरिएको छ । केन्द्रले २०७८ चैत मसान्तसम्म रिक्त हुने शिक्षकको पदपूर्तिको विवरणसहित आयोगमा पठाएको छ । आयोगका सदस्य–सचिव दिनेश...
२०७८ असोज १५ गते शुक्रवारको राशिफल

२०७८ असोज १५ गते शुक्रवारको राशिफल

ई.सं.२०२१ अक्टोबर १ नेपाल सम्बत ११४१ ञंलागा असोज कृष्ण दशमी राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, शरद ऋतु, असोज कृष्ण दशमी तिथी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, शिव योग, वणिज करण । नेपालमा सूर्योदय बिहान ५ः५६ बजे, सूर्यास्त साँझ ५ः५० बजे हुनेछ । आज जन्म लिने बच्चाको कर्कट राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनसकै दिशाको यात्रा गरेपनि शुभ फल प्राप्त...
error: Content is protected !!