संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

झापा । झापामा निर्माणाधिन घरबाट लडेर आज एक प्लम्बरको मृत्यु भएको छ । मृत्यु हुँनेमा कनकाई नगरपालिका–३ का ६५ बर्षीय रुद्र अधिकारी छन् ।

बिहान करिव ११ बजे काम गर्ने क्रममा कनकाई–४ त्रिवेणीटोलस्थित २ तले निर्माणधिन घरबाट खस्दा अधिकारी गंभीर घाइते भएका थिए । उपचारका लागि बिर्तामोडस्थित वी एण्ड सी अस्पताल पुर्याउने बित्तिकै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!