संगालोखबर सम्बाददाता

कानेपोखरी । मोरङको कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर झुटो प्रचार गरिएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको र सो विषयमा आफ्नो असहमति रहेको बताएका हुन् ।

Advertisement

आज एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफू माओवादी निकटको एकीकृत अखिल नेपाल शिक्षक संगठनमै रहेको र माओवादीमै गोलबद्ध हुन सबै शिक्षकलाई आव्हान पनि गरेका छन् । ‘केही हप्ताअघि मलाई झुक्याएर मेरा आफ्नै संगठनका साथीहरूबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको घटनाप्रति मेरो असहमति रहेको सबैमा जानकारी गराउँछु’, विज्ञप्तिमा उल्लेख छ, ‘सो कार्यक्रममा म आफ्नो इच्छाले नगएको पनि स्पष्ट पार्दछु ।

राजनीतिक र वैचारिक रूपले उल्टो बाटो हिंडिरहेको एमाले पार्टी निकटको शिक्षक संगठनमा म नरहेको र एकीकृत शिक्षक संगठनमै रहेको सबैमा जानकारी गराउँछु । साथै देशमा भएका राजनीतिक परिवर्तनको नेतृत्व नेकपा माओवादी केन्द्रबाट मात्रै सम्भव भएको हुँदा सोही पार्टीमा एकताबद्ध हुन सबै श्रमजिवी शिक्षक, बुद्धिजीवी, पेशाकर्मी तथा आम जनतामा हार्दिक अपिल गर्दछु ।’

यसअघि फुयाल माओवादी निकटको शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन कानेपोखरी गाउँ कमिटी सदस्य थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!