- संगालोखबर सम्बाददाता
फायल तस्बीर

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ स्थित कोशी राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुन्दरहरैँचा नगरपालिका–८ का ४५ बर्षीय लक्ष्मि प्रसाद लुईटेल छन् ।

विराटनरबाट ईटहरीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको एनएल ०२ क्यू ०१३४ नम्बरको ग्याँस बोक्ने ट्रकले सोही दिशातर्फ जाँदै गरेको को १० प २६८१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घटनास्थलमै लुईटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र ट्रक चालक भारतको बिहार बेबसराई बथौली पंचायत–७ का ३५ बर्षीय चन्दन कुमार तातिलाई ईलाका प्रहरी कार्यालय दुहबीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!