सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । नजिकिदै गरेका चाडपर्वहरुको अवसरमा संयुक्त लोकतान्त्रिक गठबन्धनले धनकुटामा शुभकामना आदानप्रदान गरेको छ ।

Advertisement

गठबन्धनसम्बद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले सामुदायिक भवनमा संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर शुभकामना आदान–प्रदान गरेका हुन् ।

दशैं, तिहार, छठ, नेपाल सम्बत्, मंसिरे चाड, वाडङ्मी र ल्योहार पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको गठबन्धनले जनाएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता सुनिल बहादुर थापा, नेकपा (माओवादी केन्द्र) का नेता हेमराज भण्डारी, जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ, नेकपा (एकीकृत समाजवादी) का नेत्री बंगला राई, राष्ट्रिय जनमोर्चाका तुलमान राई, लगायतले शुभकामना मन्तव्य राखे ।

कांग्रेसका जिल्ला सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा धनकुटा जिल्ला संयोजक ऋषिराम ढुंगानाले स्वागत मन्तव्य राखेका थिए । त्यस्तै एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अर्जुन राईले कार्यक्रम संचालन गरेका थिए भने जसपाका जिल्ला सचिव श्रीराम रायमाझीले सहभागिलाई धन्यवाद ज्ञापन गरे ।

सो अवसरमा सहभागि नेता कार्यकर्ताले शुभकामना अदान–प्रदान गरेका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!