- संगालोखबर सम्बाददाता
फायल तस्वीर

संखुवासभा । संखुवासभाको खादबारी नगरपालिका–२ चेवा स्कूल छेउको भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । सह–चालक घाइते छन् । दुर्घटनामा परी खादबारी–५ लेलुवाका २५ बर्षीय चालक मणी तामाङको मृत्यु भएको हो । सोही स्थानका सह– चालक १९ बर्षीय महेन्द्र तामाङ घाइते भएका हुन् ।

गएराती सवा ८ बजे चेवाबाट चारबरतर्फ जाँदै गरेको प्र १०२००३ त १२२४ नम्बरको खाली ट्याक्टर अनियन्त्रीत भई सडकदेखि करिव १५ मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक र सह–चालक घाइते भएका थिए ।

Advertisement

घटनाको जानकारी पाएपछि प्रहरी चौकी मानेभन्ज्याङबाट टोली घटनास्थल गएर उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल खादबारीमा पठाएको थियो । उपचारकै क्रममा राती साढे १० बजे चालक मणीको मृत्यु भएको हो । घाइते महेन्द्रलाई थप उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!