संगालोखबर सम्वाददाता

विराटनगर । नेपालीहरूको महान चाड वडा दसैं २०७८ को अवसरमा प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई शुभकामना दिएका छन् । विहीबार शुभकामना सन्देश जारी गदैं मुख्यमन्त्री आचार्यल दसैं पर्वले अन्याय, अत्याचार अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने बताएका हुन् ।

Advertisement

उनले कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठूलो चुनौती पनि थपिएको भन्दैं महामारीबाट जोगिन नेपाल सरकारले लागु गरेको स्वास्थ्य सम्बन्धी नियमहरूको पालना गर्न पनि सबैमा आग्रह गरेका छन् । ‘आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्वन गरेर मात्र चाड पर्व मनाउन सबैलाई अनुरोध गर्दछु ।’ जारी सन्देशमा भनिएको छ ।

उनले महान पर्व दसैंले भिन्न-भिन्न जातजाति, भाषा, धर्म एंव सांंस्कृतिक पहिचान बोकेका सबै नेपालीका लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आफसी भातृत्व कायम गर्न सकोस भन्ने कामनासमेत गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!