- संगालोखबर सम्वाददाता

विराटनगर । नेपालीहरुको महान चाड बडादशैं आजदेखि सुरु भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले बिहान ११ बजेर ४६ मिनेटमा घटस्थापनाको साइत निर्धारण गरेको छ । १० दिनसम्म धुमधामपूर्वक मनाइने दसैंको पहिलो दिन घटस्थापना गरिन्छ । घडाको मुखमा भगवान विष्णु, गलामा महादेव, मूलमा ब्रह्मा तथा मध्य भागमामा देवी शक्तिको निवास मानेर सोही अनुसार पूजा गर्ने चलन छ ।

Advertisement

आज बिहानै नित्यकर्म सकेर गाईको गोबरले पुजा कोठा अथवा जमरा राख्ने ठाउँलाई सुद्ध पारी शुद्ध स्थानबाट ल्याइएको बालुवा वा माटोमा जौँ रोपिन्छ । यसैलाई नै जमरा राख्ने भनिन्छ । आजका दिन स्थापना गरिएको घडाको जल, नौ दिनसम्म देविलाई पूजा गरिएको टीका प्रसाद र घडामा राखिएको जमरा विजयादशमीका दिन दुर्गा भवानीको प्रसादका रुपमा मान्यजनबाट ग्रहण गरिन्छ ।

विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गर्ने चलन छ । घटस्थापना गरेर राखिएको जमरा कोजाग्रत पूर्णिमाकै दिन चोखो स्थानमा लगेर विसर्जन गरिन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!