संगालोखबर सम्बाददाता

विराटनगर । ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणमा जिल्ला अदालत मोरङले मंगलबार गोरे भनिने चुडामणी उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश भरत लम्सालको इजलासले यस्तो फैसला गरेको हो । हत्यामा जन्मकैदको सजाय तोकिएकामा गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।

Advertisement

सुन तस्करीका भरिया सनम शाक्यको हत्यामा संलग्न ८ जना दोषी ठहर भएका छन् । जसमा छ जनालाई जन्मकैद र दुई जनालाई तीन बर्ष र छ महिना कैद सजायको फैसला भएको छ । साढे ३३ किलो सुन गायब भएपछि सुन तस्करी गर्ने समूहले यातना दिने क्रममा २०७४ फागुन १८ गते मोरङको उर्लाबारी–१ मा शाक्यको निर्ममतापूर्वक हत्या गरिएको थियो ।

०७३ पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ३३ किलो अवैध सुन बरामद गरेको थियो । सुन तस्करी मुद्दाका प्रतिवादीमध्ये २२ जना अझै फरार छन् । प्रहरीले पक्राउ गरेका र अदालतमा आफैं हाजिर भएका ५५ जना मध्ये अधिकांश धरौटीमा छुटेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!