- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर १२ लाख रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौंको नयाँ बानेश्वरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । क्विन्सल्याण्ड एजुकेशन फाउण्डेशन प्रालिको सञ्चालक रहेको बताउने विराटनगरका ४१ बर्षीय मणि निरौलालाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो ।

निरौलाले म्याग्दी घर भई टोखा नगरपालिका बस्दै आएका २४ वर्षीय सुजन खत्रीलाई अध्ययनका लागि डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया पठाइदिन्छु भनेर १२ लाख ठगी गरेको प्रहरीले जनाएको छ । निरौलाले सञ्चालन गरेको एजुकेशन प्रालि हाल बन्द छ ।

Advertisement

पक्राउ परेका निरौलाको विषयमा थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!