दोलखा र काभ्रेमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले सोमबार दोलखा र काभ्रेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । स्थानीय संघ–संस्थासँग सहकार्य गरेर दोलखाको तामाकोशी गाउँपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शिविर सञ्चालन गरिएको हो ।
दुवै शिविरमा गरी सोमबार १ हजार ९ सय २४ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । च्यामा–काठमाडौं स...





























