- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

बुटवल । शौचालय जाने क्रममा लडेर बुटवल उप–महानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ । आज दिउँसो आफ्नै घरको शौचालयमा जाने क्रममा लडेर ७३ बर्षीय बस्यालको मृत्यु भएको हो ।

उनी शौचालय जाँने क्रममा लडेर बेहोस भएका थिए । उनलाई उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पताल लगिएको थियो । अस्पतालमा पुर्याउने बित्तिकै मृत्यु भएको भन्दै अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

Advertisement

उनी क्यान्सर रोगबाट पीडित थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!