सुनसरी । सुनसरीका दुई स्थानमा भन्सार छलेर ल्याएको भारतीय चिनी बरामद भएको छ । प्रहरीले गाडीसहित ५६ बोरा भारतीय चिनी बरामद गरेको हो ।
विशेष सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट पोखरी चौकबाट खटिएको टोलीले भन्सार छली प्र १–०२–००२ च ४९६१ नम्बरको पिकअपमा भारतबाट नेपालतर्फ लयाउँदै गरेको ५० बोरा भारतीय चिनी बरामद गरेको हो । चिनी बरामद भएपछि सामान धनीलाई प्रहरीले पक्राउ गरेको छ ।
त्यस्तै गढी गाउँपालिका–४ स्थित सडक खण्डमा दुई वटा मोटरसाइकलमा सवार मानिसहरुले २ बोरा सुर्ति र ६ बोरा चिनी ल्याउदै गरेको अवस्थामा प्रहरीलाई देखेपछि मोटरसाइकल र सामान छोडेर भागेका थिए ।
५६ बोरा चिनी र सुर्तीसहित करिव १६ लाख ८६ हजार ९ सय रुपैयाँ बराबरको सामान बरामद भएको हो । बरामद भएको सामान र सामान धनिलाई सुनसरी भन्सार कार्यालय सेतुवन्ध कोशी व्यारेजमा पठाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।