कांग्रेस प्रदेश १ को सभापतिमा थापा निर्वाचित, २ मतान्तरले घिमिरे पराजित
विराटनगर । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापा विजयी भएका छन् । गएराती सम्पन्न मतगणना अनुसार ८४४ मतसहित थापा सभापतिमा निर्वाचित भएका हुन् ।
उनले प्रतिद्धन्द्धी गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गरेका छन् । संस्थापन इतर पक्षका घिमिरेले ८४२ मत पाएका छन् । सिटौला पक्षका नेता थापालाई सभापति शेरबहादुर देउवा पक्षले पनि समर्थन गरेको थियो ।...



























