संगालोखबर सम्बाददाता

काठमाडौं । कक्षा १२ को परीक्षाफल प्रकाशन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार परीक्षाफल प्रकाशन गरेको हो । नियमित, ग्रेडवृद्धि र आंशिक गरी ३ लाख ७४ हजार १५ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको छ ।

Advertisement

नियमिततर्फ ३ लाख ३८ हजार ६ सय ८८ जना विद्यार्थी परीक्षामा सहभागी थिए । जसमध्ये ७ हजार ६३ विद्यार्थीले ३.६ देखि ४.० जीपीए प्राप्त गरेका छन् । परीक्षाफल अनुसार ३.२ देखि ३.६ जीपीए ४८ हजार ४९ जना, २.८ देखि ३.२ जीपीए ७० हजार १ जना, २.४ देखि २.८ जीपीए ९९ हजार ५ सय ३७ जनाले ल्याएका छन् ।

त्यस्तै, २.० देखि २.४ जीपीए ७५ हजार ८८ जना १.६ देखि २.० जीपीए २४ हजार ५ सय १५ जना, ३ हजार ८ सय ७५ जनाले १.२ देखि १.६ जीपीए, २ सय ९६ जनाले ०.८ देखि १.२ जीपीए, ०.० देखि ०.८ जीपीए १० हजार ७३ जनाले ल्याएका छन् ।

https://neb.ntc.net.np/ मा क्लिक गरेर नतिजा हेर्न सकिनेछ । त्यस्तै एनईबी लेखेर एक स्पेस दिई सिम्बोल नम्बर लेखेर १६०० मा एसएमएस गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै आईभीआर १६०१ मा फोन गरेर पनि नतिजा थाहा पाउन सकिने परीक्षा बोर्डले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!