- संगालोखबर सम्वाददाता

विरगंज । बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन्। जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न (गोला) व्यापारी हुन्।

Advertisement

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकप्टर चार्टर्ड गरेका थिए। बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग बिहीबार विवाह सम्पन्न भएको हो। हेलिकप्टरका लागि जोगीले रु तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका थिए। छोराले बिहेमा हेलिकप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए।

‘विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो’, उनले भने, ‘बेहुलाले नै त्यस्तो इच्छाएपछि पूरा गर्नैपर्‍यो।’ उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए। छोराको बिहेमा हेलिकप्टर भाडामा ल्याउन पाएकामा आफूलाई खुशी लागेको उनले बताए।

हिन्दी फिल्ममा हिरो हेलिकप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए। ‘हेलिकप्टर चढ्ने इच्छा थियो, बुवाले मेरो इच्छा पूरा गरिदिनुभयो,’ उनले भने।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!