स्कुलबाट फर्किदा हराएकी बालिकाको शव जंगलमा गाडेको अवस्थामा भेटियो
विराटनगर । मोरङको लेटाङस्थित लालहिरा सामुदायिक वनमा एक बालिकाको शव फेला परेको छ । भोगटेनी नगरपालिका–८ ज्यामिरे टोलकी १२ वर्षीया करूणा राईको शव खाल्डो खनेर गाडिएको अवस्थामा फेला परेको हो ।
शव नग्न अवस्थामा फेला परेको र पोस्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार जाँते माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्...




























