सुनसरीबाट ठूलो परिमाण लागूऔषधसहित दुई जना पक्राउ
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थित पकली-चतरा सडक खण्डबाट प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोटरसाइकल चालक उदयपुरको चौदण्डीगढी नगरपालिका-६ का २६ वर्षीय राज राई र पछाडि सवार २७ वर्षीय खुसे राई छन् । चेकजाँचका क्रममा उनीहरूको साथबाट ट्रामाडोल १ हजार ६१० क्याप्सुल र स्पास्पेन १ हजार ६०९ ट्याब्लेट ब...





























