नर्सका माग सम्बोधनका लागि सरकारले बनायो समिति
काठमाडौं । सरकारले नर्सिङ स्वास्थ्यकर्मीहरूको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन गरेको छ । स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा. डा. श्रीकृष्ण श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिको पहिलो बैठक आजै बस्ने छ ।
देशका विभिन्न निजी अस्पताल तथा मेडिकल कलेजका नर्सहरू उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत छन् । नर्सहरू आन्दोलित भएपछि प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार ...






























