विराटनगरबाट १८९ किलो गाँजासहित चार जना पक्राउ
विराटनगर । विराटनगरमा एक सय ८९ किलो गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले हिजो विहान र बेलुका कार र स्कारपियो गाडीबाट गाँजा बरामद गरेको हो ।
हिजो राति विराटनगर-१७ मण्ठापोखरीबाट को २ च ७५९ नम्बरको स्कारपियोबाट एक सय ४६ किलो गाँजासहित दुई जना पक्राउ परेका हुन् । संकास्पद अवस्थामा देखेपछि प्रहरीले स्कारपियोमा चेकजाँच गरेको थियो ।
गाडी चालक सुनस...

























