संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । कम्बोडिया, मलेसिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।

महोत्तरी घर भई काठमाडौं तिलगंगा बस्ने ४४ वर्षीय त्रिलोक कुमार यादव, खोटाङ रावाबेसी गाउँपालिका-३ घर भई काठमाडौं चाबहिल बस्ने २५ वर्षीय राम प्रसाद रिजाल र सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध बस्ने २० वर्षीय सुजन स्याङबो पक्राउ परेका छन् ।

Advertisement

त्रिलोक कुमारले ३ जना पीडितहरूबाट ३ लाख, राम प्रसादले ३ जना पीडितहरूबाट २ लाख ४० हजार र सुजनले १ जना पीडितबाट १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्क विहीन भएका थिए ।

पीडितहरूले दिएको उजुरीको आधारमा उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको हो । आवश्यक अनुसन्धान तथा कारबाहीको लागि उनीहरूलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!