मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन आग्रह

मुख्यमन्त्री कार्कीद्वारा विश्वासको मत दिन आग्रह

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सांसदहरुसमक्ष विश्वासको मत दिन मागेका छन् । उनले प्रदेशसभामा सहभागी सबै दलका सांसदलाई विश्वासको मत दिन आग्रह गरेका हुन् । निर्धारित समयभन्दा करिब अढाइ घण्टा ढिला गरी सुरु भएको बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले आफूले सांसदहरुको भरोसा टुट्न नदिने साथै प्रदेशबासीको शीर झुक्न नदिने भन्दै विश्वासको मत दिन आग्रह गरे । सर्वोच्च अद...
कोशी प्रदेशसभा बैठक सुरू

कोशी प्रदेशसभा बैठक सुरू

विराटनगर । कोशी प्रदेशसभा अधिवेशनको बैठक सुरु भएको छ । बिहान ११ बस्ने भनिएको बैठक करिब अढाइ घण्टा ढिला गरी सुरु भएको हो । आजको बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी छ । बैठकमा मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन सांसदहरुसमक्ष आग्रह गर्दै धारणा राख्ने कार्यक्रम छ । एमाले र माओवादीका गरी ५२ जना प्रदेशसभा सदस्यको समर्थनमा उनी गत बिहीबार मुख्यमन्त्री नियुक्त भएक...
कोशी प्रदेशसभा बैठक बस्न ढिलाइ

कोशी प्रदेशसभा बैठक बस्न ढिलाइ

विराटनगर । बिहान ११ बजेका लागि बोलाइएको कोशी प्रदेशसभाको बैठक बस्न ढिलाइ भएको छ । बजेट अधिवेशनको पहिलो बैठकबाट मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने तयारी छ । प्रदेशसभा सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने जानकारी दिएको थियो । बैठकमा मुख्यमन्त्री कार्कीले दर्ता गराएको विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय भएको जनाइएको थियो । यसैगरी, बैठकमा प्रदे...
नोबेल अस्पतालमा मनाइयो नर्सिङ दिवस

नोबेल अस्पतालमा मनाइयो नर्सिङ दिवस

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ । नोबेलका नर्ससहित कर्मचारी, विद्यार्थी लगायतले शुभकामना आदानप्रदानसहित विभिन्न कार्यक्रम गरेर नर्सिङ दिवस मनाएका हुन् । दिवसको अवसरमा नोबेलको सभाहलमा नर्सिङ दिवस विशेष कार्यक्रम गरिएको थियो । नोबेलका प्राचार्य प्रा.डा. रामहरी घिमिरेले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरे । कार्यक्रममा प्राचार्य घिम...
कोशी प्रदेशको अधिवेशन आज, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

कोशी प्रदेशको अधिवेशन आज, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशको अधिवेशन आज बस्दैछ । आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिँदैछन् । यसका लागि प्रदेश सभा सचिवालयले कार्यसूची प्रकाशित गरेको छ । बिहान ११ बजे पाँचौं अधिवेशनको पहिलो बैठक बस्ने तय भएको हो । बैठकमा प्रदेश प्रमुख पर्शुराम खापुङबाट अधिवेशन आह्वान भएको पत्र पढेर सुनाउने कार्यसूची छ । प्रदेशसभा सचिवालयका अनुसार मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पे...
२०८१ बैशाख ३१ गते सोमबार/आजको राशिफल

२०८१ बैशाख ३१ गते सोमबार/आजको राशिफल

२०८१ बैशाख ३१ गते सोमबार ई.सं.२०२४ मे १३ नेपाल सम्वत् ११४४ बछलाथ्व षष्ठी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण षष्ठी, चन्द्रमा मिथुन राशिमा पुनर्वसु नक्षत्र, शुल योग, कौलव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१५ बजे, सूर्यास्त साँझ ०६ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा आफ्नो पुरा शरीर ऐनामा हेरेर जुनसुकै दि...
मोरङका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा २ जनाको मृत्यु

मोरङका छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा २ जनाको मृत्यु

विराटनगर । मोरङका छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । पथरीशनिश्चरे र केराबारीमा भएका दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । केराबारी गाउँपालिका–५ मा बा ११ च २९२८ नम्बरको पिकअप भ्यानले प्रदेश १–०२–००२ ह ९२४४ नम्बरको टेम्पोलाई ठक्कर दिँदा अटो चालक ४५ वर्षीय मेखबहादुर मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा ५ जना घाइते भएका छन् । घाइते हुन...
कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता कोइराला पदमुक्त

कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता कोइराला पदमुक्त

विराटनगर । कोशी प्रदेश मुख्य न्यायाधिवक्ता रुपेश कोइराला पदमुक्त भएका छन् । प्रदेश प्रमुख परशुराम खापुङ्गले मुख्यमन्त्री हिक्मतकुमार कार्कीको सिफारिसमा मुख्य न्यायाधिवक्ता कोइरालालाई आज पदमुक्त गरेका हुन् । प्रदेश प्रमुखको कार्यालय विराटनगरका सूचना अधिकारी रामकुमार श्रेष्ठले विज्ञप्तिमार्फत् मुख्यमन्त्रीको सिफारिसमा संविधानको धारा १६० को उपधारा (४) को खण्ड (ख) बमोजिम वैशाख ३० गते मुख्य न्यायाधि...
सेन्ट्रल डोजो रानीलाई खेलकुद सामग्री सहयोग

सेन्ट्रल डोजो रानीलाई खेलकुद सामग्री सहयोग

विराटनगर । नेपाल फुल कन्ट्याक कराँते सेन्ट्रल डोजो रानी संघलाई खेलकुदका सामग्री हस्तान्तरण गरिएको छ । विराटनगरको जुटमिल परिसरमा कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई प्रशिक्षणका बेला आवश्यक पर्ने सामग्री संघलाई हस्तान्तरण गरिएको हो । विराटनगर महानगरपालिका–९ का वडाध्यक्ष विश्वनाथ भगतले सेन्ट्रल डोजो रानी विराटनगर मोरङ संघका अध्यक्ष गोपाललाल सिंहलाई सामग्री हस्तान्तरण गरेका थिए । फुल कन्ट्याक कराँतेक...
सङ्खुवासभामा पेस्तोल बोकेर हिँड्ने व्यक्ति पक्राउ

सङ्खुवासभामा पेस्तोल बोकेर हिँड्ने व्यक्ति पक्राउ

विराटनगर । कटुवा पेस्तोल हिँड्ने गरेका एकजनालाई प्रहरीले सङ्खुवासभामा पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा निगरानी गर्ने क्रममा प्रहरीले पेस्तोलसहित ती व्यक्तिलाई पक्राउ गरेको हो । नुनढाकीस्थित प्रहरी चौकीबाट खटिएको टोलीले एउटा कटुवा पेस्तोलसहित चैनपुर नगरपालिका–१ का ४२ वर्षीय दिलकुमार चोङबाङलाई पक्राउ गरेको हो । स्थानीय नैनबहादुर लिम्बुको घरमा बस्दै आएका उनले पेस्तोल बोकेर हिँडिरहेको सूचना प...
सामान्य वर्षामै विराटनगर जलमग्न

सामान्य वर्षामै विराटनगर जलमग्न

विराटनगर । अचाक्ली गर्मीका कारण जनजीवन प्रभावित भइरहेको बेला परेको पानीले विराटनगरबासीलाई राहत मिलेको छ । अर्काेतर्फ चिन्ता पनि थपिएको छ । सामान्य वर्षामै डुबानको समस्याले हैरान भएका विराटनगरबासीलाई यो वर्ष पनि के हुने हो भन्ने चिन्ता थपिएको हो । केही दिनअघि परेको सामान्य पानीले पनि केही क्षेत्रमा सामान्य डुबान भएको थियो । आज पनि बिहानैदेखि विराटनगरमा पानी परिरहेको छ । वर्षाका कारण विराटनगरका ध...
पाख्रीबासमा बस र बोलेरो ठोक्किएर दुर्घटना

पाख्रीबासमा बस र बोलेरो ठोक्किएर दुर्घटना

धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका–५ स्थित देवीथानमा आज बस र बोलेरो आपसमा ठोक्किएर दुर्घटना भएको छ । विराटनगरबाट भोजपुर जाँदै गरेको को १ ख ४६१० नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेका मे १ ज २६११ नम्बरको बोलेरो ठोक्किएका हुन् । दुर्घटनामा मानवीय क्षति नभएको इलाका प्रहरी कार्यालाय पाख्रीवासले जनाएको छ । बोलेरो आंशिक क्षति भएको भएको प्रहरीको भनाई छ । घुम्ती बाटो भएकाले दुर्घटना भएको र थप अनुसन...
कुन-कुन पार्टीबाट पाउलान् मुख्यमन्त्री कार्कीले विश्वासको मत ?

कुन-कुन पार्टीबाट पाउलान् मुख्यमन्त्री कार्कीले विश्वासको मत ?

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भोलि प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । यसका लागि उनले त्यसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गरिसकेका छन् । उनलाई कुन कुन पार्टीका सांसदले विश्वासको मत देलान् भन्ने यकिन भइसकेको छैन । केही पार्टीहरुले भने यसबारे धारणा सार्वजनिक गरिरहेका छन् । एकीकृत समाजवादी पार्टीले विश्वासको मत नदिने भएको छ । प्रदेशसभामा प्...
अज्ञात समूहद्वारा चितवनमा स्कुल बस आगजनी

अज्ञात समूहद्वारा चितवनमा स्कुल बस आगजनी

चितवन । विद्यार्थी लिन गइरहेको अवस्थामा चितवन, भरतपुरको मंगलपुरमा स्मलहेभन स्कुलको बसमा आज बिहान आगजनी भएको छ । पश्चिम क्षेत्रका विद्यार्थी लिन जाँदै गरेको बसलाई ६ जना व्यक्तिले रोकेर चालक र सहचालकलाई बााहिर निकालेर आगजनी गरेको प्रहरीले जनाएको छ । घटनाका बेला बसमा विद्यार्थी भने थिएनन् । चनौली बजारदेखि दक्षिण अमृतचोकका विद्यार्थी लिन गइरहेको बा प्र ०६–००१ क ००४५ नम्बरको बसमा उक्त समूहले आगजनी ...
मोरङको बुढीगंगामा आगलागी, कृषि फार्ममा क्षति

मोरङको बुढीगंगामा आगलागी, कृषि फार्ममा क्षति

विराटनगर । मोरङको बुढीगंगास्थित कृषि फार्ममा गएराति आगलागी भएको छ । आगलागीका कारण फार्मको विभिन्न सामग्री जलेर नष्ट हुँदा ६ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । बुढीगंगा गाउँपालिका–६ सखुवाटोकीस्थित स्थानीय सञ्जय चौधरीको किवान्स कृषि फार्ममा आगलागी भएको हो । आगलागीमा परी कृषि फार्ममा रहेका अन्न, भाँडा, कपडा, मोटरसाइकल र केही नगदसमेत जलेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भइ आ...
२९औँ पटक सगरमाथा चुचुरोमा पुगे कामीरिता

२९औँ पटक सगरमाथा चुचुरोमा पुगे कामीरिता

विराटनगर । सोलुखुम्बुका कीर्तिमानी आरोही कामीरिता शेर्पाले २९औँ पटक सगरमाथा चुचुरोमा पाइला टेकेका छन् । आज बिहान ७ः२५ बजे उनी सगरमाथा चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ ।। सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेका कामीरिताले यसअघिको आफ्नै रेकर्ड तोडेका छन् । यसअघि उनले २०२३ मा २८औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए । विश्वकै दोस्रो अग्लो हिमाल के टू पनि आरोहण गरिसकेका उनले चोयू, ल्होत्से र मका...
कोशी प्रदेशका विभिन्न क्षेत्रमा आज भारी वर्षा हुन सक्ने

कोशी प्रदेशका विभिन्न क्षेत्रमा आज भारी वर्षा हुन सक्ने

विराटनगर । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका कतिपय क्षेत्रमा आज भारी वर्षा हुन सक्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले ती प्रदेशका केही क्षेत्रमा बिहानेदेखि वर्षा भइरहेको पनि जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनमा नेपालमा पश्चिमी वायु, स्थानीय वायु,भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाइएको छ । अहिले काठमाडौं उपत्यकासहित ...
आगोमा जलेका धनकुटाका युवाको अवस्था गम्भीर, काठमाडौंमा उपचार हुँदै

आगोमा जलेका धनकुटाका युवाको अवस्था गम्भीर, काठमाडौंमा उपचार हुँदै

काठमाडौं । आगोमा जलेर गम्भीर घाइते भएका धनकुटाको सहिदभूमि गाउँपालिका–३ छिन्ताङ डाँडागाउँका बालेन्द्र राईको काठमाडौंमा उपचार भइरहेको छ । आफ्नै घरको भान्साको चुलो छेउमा बसिरहेका बेला एक्कासि बेहोस भएर ढलेपछि राईको अनुहारको अधिकांश भाग जलेको छ । धनकुटामा उपचार हुन नसकेपछि धरान, विराटनगरका अस्पताल हुँदै काठमाडौं पुर्याइएका उनको अहिले किर्तिपुर अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ । उनी ब...
२०८१ बैशाख ३० गते आइतबार/आजको राशिफल

२०८१ बैशाख ३० गते आइतबार/आजको राशिफल

बि.सं.२०८१ बैशाख ३० गते आइतबार ई.सं.२०२४ मे १२ नेपाल सम्वत् ११४४ बछलाथ्व पञ्चमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण पञ्चमी, चन्द्रमा मिथुन राशिमा आद्रा नक्षत्र, धृति योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१६ बजे, सूर्यास्त साँझ ०६ः४४ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा घिउ खाएर जुनसुकै दिशाको यात्रा गरे...
धनकुटामा बैशाख ३१ गते राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ हुने

धनकुटामा बैशाख ३१ गते राइटपाथको ‘ग्रान्ड एजुकेसन कन्क्लेभ’ हुने

धनकुटा । शैक्षिक परामर्श दाता संस्था राइटपाथ करियर काउन्सिलिङले यही वैशाख ३१ गते धनकुटामा ‘ग्रान्ड एजुकेसन कन्क्लेभ-२०२४’ गर्ने भएको छ । काठमाडौंको पुतलीसडकमा प्रधान कार्यालय रहेको राइटपाथले धनकुटामा ग्रान्ड एजुकेसन कन्क्लेभ अर्थात शैक्षिक सम्मेलन गर्न लागेको हो । राइटपाथले धनकुटाको बिचबजारमा शाखा कार्यालय सञ्चालन गरेर सेवा प्रदान गर्दै आएको छ । विद्यार्थीहरूको वृहत उपस्थितिमा शाखा कार्यालयमै ग...
मिल्स क्रिकेट प्रतियोगितामा दिल्ली र एनबीएससी विजयी

मिल्स क्रिकेट प्रतियोगितामा दिल्ली र एनबीएससी विजयी

विराटनगर । तेस्रो संस्करणको मिल्स कप टि–२० क्रिकेट प्रतियोगितामा भारतको दिल्ली क्रिकेट क्लब र विराटनगरको एनबीएससी क्रिकेट क्लब विजयी भएका छन् । विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा हरियाणा थन्दर्स क्रिकेट क्लबलाई ५९ रनले हराउँदै दिल्ली दोस्रो चरणमा प्रवेश गरेको हो । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २४५ रनको विशाल योगफल खडा गर्यो । दिल्लीको जित...
झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि

झापाले जित्यो भीमनारायण गोल्डकपको उपाधि

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ आज सम्पन्न शहीद भीमनारायण गोल्डकपको च्याम्पियन बनेको छ । विभागीय टिम सशस्त्र प्रहरीको एपीएफलाई ३–० गोल अन्तरले हराउँदै झापाले उपाधि चुमेको हो । निकै प्रतिस्पर्धात्मक रहेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । दोस्रो हाफ सुरु भएको छैटौं मिनटमा झापाका आशिष चापागाईंले गोल गर्दै आफ्नो टिमका लागि खाता खोलेका थिए । एक गोलको अग्रता पाएपछि...
निःसन्तानपनाको सेवा र प्रविधिबारे सेवाग्राही अनभिज्ञ

निःसन्तानपनाको सेवा र प्रविधिबारे सेवाग्राही अनभिज्ञ

विराटनगर । ओरेक नेपाल विराटनगरले यौन तथा प्रजनन् स्वास्थ्य अधिकार र निःसन्तानको सवाल विषयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गरेको छ । आज पत्रकार महासंघ मोरङको सभाहलमा अन्तरक्रिया कार्यक्रम गरिएको हो । उक्त कार्यक्रममा ओरेकले नेपालमा बाँझोपनको समस्या बढ्दो रहेको तथ्याङक सार्वजनिक गरेको छ । नेपालमा बाँझोपनसम्बन्धी यकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रूपमा रहेको ओरेक नेपाल विराटनगर प्रमुख सरस्वती दनुवारल...
झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित महिला पक्राउ

झापा । झापाको भद्रपुर विमानस्थलबाट चाँदीसहित एक महिला पक्राउ परेकी छन् । भारतको उत्तराखण्ड देराजुङकी ३० वर्षीया तेन्जिङ छिरिङलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको हो । बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेकी उनले झोलामा लुकाएर राखेको अवस्थामा दुई किलो ५ ग्राम चाँदी बरामद भएको प्रहरीले जनाएको छ । चाँदीको दुई वटा डल्लो फेला परेको हो । उनको साथबाट भारतीय रुपैयाँ २८ हजार ५ सय पनि बरामद भएको छ...
भीमनारायण गोल्डकपको उपाधि हात पार्न एपीएफ र झापा आमनेसामने हुँदै

भीमनारायण गोल्डकपको उपाधि हात पार्न एपीएफ र झापा आमनेसामने हुँदै

धनकुटा । धनकुटामा जारी शहीद भीमनारायण गोल्डकपको उपाधि पाउने टिमको आज टुंगो लाग्दैछ । उपाधि हात पार्न फाइनल खेलमा दुई बलिया टिम भिड्दैछन् । धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो २ बजे हुने खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ र झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब आमनेसामने हुनेछन् । झापाले हिजो अन्तिम सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ० का विरुद्ध ३ गोल अन्तरले निराश पार्दै फाइनल यात्रा तय गरेको ह...
सकियो एक महिने कुम्भ मेला, ४० लाख सहभागी

सकियो एक महिने कुम्भ मेला, ४० लाख सहभागी

विराटनगर । सुनसरीको चतराधाममा एक महिनाअघि सुरु भएको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेला समापन भएको छ । विधिवत रुपमा पूजा एवं स्नान गरी मेलाको हिजो समापन गरिएको हो । हिन्दु समुदायका लागि विशेष महत्वको मानिने यो मेला गत चैत २७ गते सुरु भएको थियो । यो अवधिमा ४० लाखभन्दा बढी श्रद्धालु भक्तजनले मेलामा सहभागिता जनाएको आयोजकले दाबी गरेका छन् । आयोजक समितिका उपाध्यक्ष किसन थापाका अनुसार मेलाका क्र...
२०८१ बैशाख २९ गते शनिबार/आजको राशिफल

२०८१ बैशाख २९ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ बैशाख २९ गते शनिबार ई.सं.२०२४ मे ११ नेपाल सम्वत् ११४४ बछलाथ्व चर्तुर्थी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण चर्तुर्थी, चन्द्रमा मिथुन राशिमा मृगशिरा नक्षत्र, सुर्कमा योग, वणिज करण । आज नेपालमा सूर्योदय बिहान ०५ः१७ बजे, सूर्यास्त साँझ ०६ः४३ बजे हुनेछ । आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनसु...
सहिदभूमिमा सुरु भयो अध्यक्ष कप भलिबल

सहिदभूमिमा सुरु भयो अध्यक्ष कप भलिबल

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा शुक्रबारदेखि दोस्रो संस्करणको अध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । सहिदभूमि गाउँपालिकाको आयोजनामा पिप्लेस्थित पञ्चकृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको हो । गाउँपालिका अध्यक्ष मनोज राईले खेलाडीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेका छन् । सो अवसरमा अध्यक्ष राईले पालिकाभित्र खेलाडी उत्पादन बढाउँन र...
इलाम र सूर्योदय नगर सेमिफाइनलमा

इलाम र सूर्योदय नगर सेमिफाइनलमा

इलाम । इलाम नगरपालिका र सूर्योदय नगरपालिका दोश्रो माईजोगमाई अध्यक्षकप आमन्त्रण अन्तरपालिका फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन् ।शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा इलामले माङसेबुङ गाउँपालिकालाई ४–१ गोल अन्तर र सूर्योदय नगरपालिकाले माई नगरपालिकालाई ३–१ गोल अन्तरले हराएको हो । तेश्रो क्वाटरफाइनल खेलको दोश्रो हाफ सम्हालिन नसक्दा माङसेबुङले अन्तिम ४ मा स्थान सुरक्षित गर्न सकेन । पहिलो हा...
कोशी प्रदेश सरकारविरुद्धको रिटमा जेठ ९ गते अर्को सुनुवाइ

कोशी प्रदेश सरकारविरुद्धको रिटमा जेठ ९ गते अर्को सुनुवाइ

विराटनगर । कोशी प्रदेश सरकार गठन प्रक्रियाविरुद्ध परेको रिट निवेदनमाथि सर्वाेच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश हरिप्रसाद फुयालको इजलासले जेठ ९ गते अर्को सुनुवाइको मिति तोकेको छ । फुयालको इजलासले ५ बुँदे आदेश जारी गरेको छ । इजलासले दुवै पक्षलाई छलफलमा बोलाउन भनेको छ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले आफूलाई हटाउने निर्णय असंवैधानिक भएको भन्दै हिजो बिहीब...
आयोजकलाई निराश पार्दै झापा भीमनारायण गोल्डकपको फाइनलमा

आयोजकलाई निराश पार्दै झापा भीमनारायण गोल्डकपको फाइनलमा

धनकुटा । झापाको बिर्तामोड युनाइटेड फुटबल क्लब यहाँ जारी शहीद भीमनारायण गोल्डकप फुटबलको उपाधिनजिक पुग्न सफल भएको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा आयोजक धनकुटालाई ३–० गोलले निराश पार्दै झापा फाइनलमा पुगेको हो । आज विजयी हुँदै बिर्तामोड युनाइटेडले विभागीय टिम सशस्त्र प्रहरीको एपीएफसँग फाइनलमा भेट पक्का गरेको छ । बिर्तामोड युनाइटेडले पहिलो हाफमा एक गोलको अग्रता बनाएको थियो । बिर्तामोडका जर्सी नम्...
error: Content is protected !!