संगालोखबर


विराटनगर । विराटनगरबाट ४३ किलो गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बिहान विराटनगर-१५ बाट भारततर्फ जाँदै गरेको अवस्थामा बा ८ च ७८८० नम्बरको कारबाट गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार सिटमा लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको थियो ।

Advertisement

विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा विराटनगर-१५ का ३२ वर्षीय गणेश चौधरी र विराटनगर-१३ का २२ वर्षीय राजेश परियार रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय रानीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!