संगालोखबर

विराटनगर । सिरहाको लहानबाट बिरामी लिएर विराटनगर आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहानको राति सुनसरीको हरिनगर गाउँपालिका-४ स्थित भित्री सडक खण्डमा लहान अस्पतालको प्रदेश २-०१-००१ झ ००२८ नम्बरको एम्बुलेन्स दुर्घटनामा परेको हो ।

Advertisement

दुर्घटनामा बिरामी लाहान-२१ माधोपुरका ६८ वर्षीय चौधरी मोची घाइते भएका छन् । यस्तै उनको छोरा ४२ वर्षीय राम बाबू मोची पनि घाइते भएका छन् । उनको टाउकोमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

उनीहरूको नोबेल अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटना भएको र फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।एम्बुलेन्स इलाका प्रहरी कार्यालय हरिनगरको नियन्त्रणमा रहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!