‘कोशी पर्यटन वर्ष’ मनाउन १० करोड बजेट विनियोजन

‘कोशी पर्यटन वर्ष’ मनाउन १० करोड बजेट विनियोजन

विराटनगर । ‘कोशी प्रदेश पर्यटन वर्ष–२०८२’ मनाउनका लागि १० करोड बजेट विनियोजन गरिएको छ । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै यो जानकारी दिएका हुन् । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उनले २०८२ लाई कोशी प्रदेश पर्यटन वर्ष मनाउने बताए । कोशी प्रदेशभित्र रहेका पर्यटकीय क्षेत्रलाई लक्षित गर्दै बजेट विनियोजन गरेको उनले जानकारी दिए...
बाढीपहिरोले ताप्लेजुङमा दर्जनौं परिवार प्रभावित

बाढीपहिरोले ताप्लेजुङमा दर्जनौं परिवार प्रभावित

ताप्लेजुङ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ मामांखे र वडा ८ को याम्फुदिनका दर्जनौं परिवार बाढीपहिरोका कारण प्रभावित बनेका छन् । वडा ८ याम्फुदिनका वडाध्यक्ष कृष्ण गुरुङका अनुसार पहिरोका कारण थुप्रै घर जोखिममा परेका छन् । कतिपय बस्तीमा मास्तिरबाट झरेको पहिरोले क्षति पुर्याएको छ भने केही स्थानमा घरभन्दा तलतिर पहिरो जाँदा जोखिम बढेको उनले बताए । मामांखेका केही घरहरु पहिरोले पुरेको छ । स्थानीय गौर...
धानको बीउ स्रोत केन्द्रका लागि कोशी सरकारद्वारा १ करोड १८ लाख बजेट

धानको बीउ स्रोत केन्द्रका लागि कोशी सरकारद्वारा १ करोड १८ लाख बजेट

विराटनगर । कोशी प्रदेशलाई धानको बीउको स्रोत केन्द्रका रूपमा विकास गर्न १ करोड १८ लाख बजेट विनियोजन गरिएको छ । आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आगामी आर्थिक वर्षका लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै कोशी प्रदेशलाई धानको बीउको स्रोत केन्द्रको रूपमा विकास गर्न बजेट विनियोजन गरेको बताए । गुणस्तरीय बीउको प्रयोगबाट मात्रै उत्पादनमा बृद्धि हुने भएकाले बजेट बिनियोजन गरिएको उनले...
भोको पेटलाई खाली हुन… (गजल)

भोको पेटलाई खाली हुन… (गजल)

हेमराज ढकाल कर्णालीका आँशुले फेरि कर्णालीलाई नै बगाएको छ भोको पेटलाई खाली हुन पखालाले सघाएको छ यार्सागुम्बा र स्याउ बेचिएको गाउँ आज पनि रित्तो छ परदेशमा सन्तान बेच्ने राजधानी चैँ अघाएको छ शासन र सत्ताले दिएन नागरिकलाई बाँच्न यहाँ मृत्यु स्वीकारेर बाकसमा, देशले गुन लगाएको छ अझै पनि एम्बुलेन्स नपाएर सुत्केरी मर्ने देशमा बरु सरकारले ऋणमा शव–वाहन मगाएको छ कैयौं जीवनहरू तुइनमा पासो...
विराटनगरमा आयोजित कार्यक्रममा ३७ जनाले गरे रक्तदान

विराटनगरमा आयोजित कार्यक्रममा ३७ जनाले गरे रक्तदान

विराटनगर । एनएमबी बैंक विराटनगरले आयोजना गरेको कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी विराटनगरसँगको सहकार्यमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो । बैंकको विराटनगर शाखामा आयोजना गरिएको कार्यक्रममा बैंकका कर्मचारी तथा सेवाग्राहीले रक्तदान गरेको कार्यक्रम संयोजक सन्तोषप्रसाद दाहालले जानकारी दिए । रक्तदाता कर्मचारी तथा सेवाग्राहीलाई प्रशंसापत्र प...
इलाममा रूखको हाँगाले लागेर वृद्धको मृत्यु

इलाममा रूखको हाँगाले लागेर वृद्धको मृत्यु

इलाम । रूखको हाँगाले लागेर इलाममा एकजना वृद्धको मृत्यु भएको छ । सदरमुकाम इलाम नगरपालिका–११ निन्दाखुमा रुखको हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्रप्रसाद श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार निजी वनमा गोलियाका लागि शुक्रबार साँझ रूख काट्दै गर्दा अचानक खसेको हाँगाले लागेर उनी गम्भीर घाइते भएका थिए । प्रहरी चौकी गोलाखर्कबाट खटिएको टोलीले घाइते श्रेष्ठलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको थ...
कोशी प्रदेशमा चालु आर्थिक वर्षसम्म ५१२ किलोमिटर पक्की सडक निर्माण

कोशी प्रदेशमा चालु आर्थिक वर्षसम्म ५१२ किलोमिटर पक्की सडक निर्माण

विराटनगर । कोशी प्रदेश सरकारले विभिन्न जिल्लामा ५१२ किलोमिटर पक्की सडक निर्माण गरेको छ । कोशी प्रदेश योजना आयोगका अनुसार प्रदेश सरकार बनेयता आर्थिक वर्ष २०७९–८० सम्म त्यति दूरीको सडक कालोपत्रे गरेको हो । उक्त अवधिमा करिब १ हजार ८१८ किलोमिटर ग्राभेल सडक र ५ हजार ९४५ किलोमिटर कच्ची सडक निर्माण भएको छ । योजना तर्जुमाको आधार वर्षमा प्रदेशको रणनीतिक सडक २ हजार ३८९ किलोमिटर र ग्रामीण सडक ६ हजार १२१ क...
सुनकोशी नदीमा हामफालेका एक पुरुष बेपत्ता

सुनकोशी नदीमा हामफालेका एक पुरुष बेपत्ता

सिन्धुली । सुनकोशी नदीमा हामफालेका एकजना पुरुष बेपत्ता भएका छन् । सिन्धुलीको गोलोन्जर गाउँपालिका–७ सुर्काेट बजार र रामेछाप जोड्ने सुनकोशीको पुलबाट हाम फालेर ती व्यक्ति बेपत्ता भएका हुन् । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयका अनुसार काठमाडौंको बौद्ध निवासी ५६ वर्षीय विष्णुप्रसाद संग्रौला शुक्रबार राति १० बजे पुलबाट हाम फालेका थिए । घटनाबारे जानकारी पाएपछि पुगेको प्रहरी टोली र स्थानीय...
विराटनगरमा प्याब्सन कप फुटबलः सेन्टजोसेफ र गोदावरी विजयी

विराटनगरमा प्याब्सन कप फुटबलः सेन्टजोसेफ र गोदावरी विजयी

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरको गोदावरी स्कुल र सेन्ट जोसेफ स्कुल क्वाटरफाइनलमा पुगेका छन् । विराटनगरको सहिद मैदानमा भएको पहिलो खेलमा गोदावरी स्कुलले गौतम बुद्ध स्कुललाई ३–१ गोलले हराउँदै गोदावरी क्वाटरफाइनलमा पुगेको हो । गोदावरीका एजन राईले तीन गोल गरे । सान्त्वना गोलका रुपमा गौतमबुद्ध स्कुलका प्रसिद्ध कुँवरले एक गोल गरेका थिए । गोदावरीका एजन राई प्...
आज बजेट ल्याउँदै कोशी प्रदेश सरकार, पूर्वाधार निर्माण प्राथमिकतामा

आज बजेट ल्याउँदै कोशी प्रदेश सरकार, पूर्वाधार निर्माण प्राथमिकतामा

विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/८२ का लागि शनिबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दैछ । आगामी आर्थिक वर्षको बजेट ३५ अर्ब हाराहारीको हुने जनाइएको छ । बजेटले मुख्य रुपमा पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ । बजेट सार्वजनिक गर्नका लागि शनिबार दिउँसो प्रदेशसभा बैठक बोलाइएको छ । संघबाट प्राप्त हुने अनुदान घटेका कारण चालु आर्थिक वर्षको भन्दा केही सानो आकारको बजेट ल्याउन लागिएको ह...
दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

दक्षिण अफ्रिकासँग नेपाल एक रनले पराजित

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल दक्षिण अफ्रिकासँग एक रनले पराजित भएको छ । हारसँगै नेपालको सुपर–८ मा पुग्ने सम्भावना सकिएको छ । दक्षिण अफ्रिकाले जितका लागि दिएको एक सय १६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १४ रन बनायो । नेपालका आशिफ शेख सर्वाधिक ४२ रनमा आउट भए । अनिल शाह २७, कुशल भुर्तेल १३, दिपेन्द्रसिँह ऐरी ६, कुशल मल्ल १ र कप्तान रोहित पौडेल २...
मनसुनी वायु पश्चिम सर्दै, कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा

मनसुनी वायु पश्चिम सर्दै, कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा

विराटनगर । पाँच दिनसम्म पूर्वी क्षेत्रमा सीमित रहेको मनसुनी वायु विस्तारै पश्चिमतिर सर्न थालेको छ । मधेश प्रदेशको पूर्वी भेग र बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभाव देखिन थालेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । शुक्रवार रातिदेखि नै कोशी प्रदेशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । शनिवार दिउँसो पनि कोशीका विभिन्न क्षेत्रमा वर्षा हुने विभागले जनाएको छ । मनसुन पश्चिमतिर पुग्न भने ...
टी–२० विश्वकपः नेपाल र दक्षिण अफ्रिकाबीच खेल हुँदै

टी–२० विश्वकपः नेपाल र दक्षिण अफ्रिकाबीच खेल हुँदै

विराटनगर । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज नेपालले दक्षिण अफ्रिकाको सामना गर्दैछ । वेस्ट इन्डिजको किङ्सटाउनमा दक्षिण अफ्रिकाले नेपाललाई जितका लागि एक सय १६ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय १५ रन बनायो । रिजा हेन्ड्रिक्सले सर्वाधिक ४३ रन बनाए । नेपालका कुशल भुर्तेलले चार र दीपेन्द्रसिँह ऐरीले तीन विकेट लिए । समूह ‘डी’ ...
२०८१ असार १ गते शनिबार/आजको राशिफल

२०८१ असार १ गते शनिबार/आजको राशिफल

बि.सं.२०८१ असार ०१ गते शनिबार ई.सं.२०२४ जून १५ नेपाल सम्वत् ११४४ तछलाथ्व नवमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं ग्रीष्म ऋतु, जेष्ठ शुक्ल नवमी, चन्द्रमा कन्या राशिमा, उत्तर फाल्गुनी नक्षत्र, व्यतिपात योग, बालव करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०७ः०१ बजे हुनेछ । आज जन्म लिने बच्चा कन्या राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा तिल मुखमा राखेर जुनस...
विराटनगरको गुरुकुलमा महोत्सवः कोशीका ६ नाटक मञ्चन हुने

विराटनगरको गुरुकुलमा महोत्सवः कोशीका ६ नाटक मञ्चन हुने

विराटनगर । विराटनगरमा शनिबारदेखि असार ५ गतेसम्म नाटक महोत्सव आयोजना हुँदैछ । हाटखोलास्थित नाटकघरमा हुने महोत्सवमा कोशी प्रदेशका विभिन्न ६ समूहले नाटक मञ्चन गर्नेछन् । उद्घाटनको दिन अपराह्न ४ः३० बजे आयोजक आरोहण विराटनगरको नाटक ‘चौथो अध्याय’ मञ्चन हुने जनाइएको छ । त्यस्तै, असार २ गते कदम थिएटरले ‘जयमाया आफू मात्रै लिखापानी आइपुगी’ मञ्चन गर्नेछ । असार ३ गते दिउँसो १ बजे ह्वी क्यान संस्थाले ‘स्कूल...
झापाको शिवसताक्षीमा दुई छोरासहित महिला घरमै मृत फेला

झापाको शिवसताक्षीमा दुई छोरासहित महिला घरमै मृत फेला

झापा । झापाको शिवसताक्षी नगरपालिका–३ की एक महिला आफ्ना दुई छोरासहित घरमै मृत अवस्थामा भेटिएकी छन् । शुक्रबार बिहान उनीहरु तीनैजना घरभित्रै मृत फेला परेको प्रहरीले जनाएको छ । आमा अञ्जली बेस्रा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् भने सात वर्षीय छोरा विशाल र दुई वर्षका अर्का छोरा आयुष ओछ्यानमा फेला परेको प्रहरीले जनाएको छ । घरमूली भने रोजगारीका लागि बाहिर रहेको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय ...
तमोर करिडोर सडक कालोपत्रे गर्न सुरू

तमोर करिडोर सडक कालोपत्रे गर्न सुरू

धनकुटा । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनसरीको चतरादेखि धनकुटाको मूलघाट हुँदै पाँचथरको गणेश चोकसम्मको सडक कालोपत्रे गर्न थालिएको छ । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटार सडकखण्डमा कालोपत्रेको काम सुरु भएको हो । कालोपत्रेसहित सडक व्यवस्थित गर्नका लागि तत्काल ३० करोड रुपैयाँ विनियोजन भएको जनाइएको छ । उक्त सडक खण्डअन्तर्गत पहिलो चरणमा चौबिसे गाउँपालिका–४ स्थित फ...
२०८१ जेठ ३२ गते शुक्रबार/आजको राशिफल

२०८१ जेठ ३२ गते शुक्रबार/आजको राशिफल

बि.सं.२०८१ जेठ ३२ गते शुक्रबार ई.सं.२०२४ जून १४ नेपाल सम्वत् ११४४ तछलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं वसन्त ऋतु, जेष्ठ शुक्ल अष्टमी, चन्द्रमा सिंह राशिमा, पूर्व फाल्गुनी नक्षत्र, सिद्धि योग, विष्टि करण । आज नेपालमा सूर्योदय बिहान ०५ः०७ बजे, सूर्यास्त साँझ ०७ः०० बजे हुनेछ । आज जन्म लिने बच्चा सिंह राशीको हुनेछ । आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा जौ मुखमा राखेर जुनस...
नेपालका ७३ जिल्ला पुगे भारतका ‘विश्व पैदलयात्री’

नेपालका ७३ जिल्ला पुगे भारतका ‘विश्व पैदलयात्री’

झापा । पर्यावरण संरक्षणको सन्देश फैलाउन विश्व पैदल यात्रामा निस्किएका रोहन अग्रवालले नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरेका छन् । भारतको महाराष्ट्रस्थित नागपुराका २२ वर्षीय रोहन पर्यावरण संरक्षणका लागि सचेतना जगाउँदै भारत र बंगलादेशको पैदलयात्रा सम्पन्न गरी नेपाल आएका हुन् । पश्चिम नेपालबाट पैदलयात्रा शुरु गरेका रोहन नेपालका ७३ वटा जिल्लाको भ्रमण पूरा गरी झापा आइपुगेका हुन् । अर्थ डे अर्गनाइज...
पहिरोले ताप्लेजुङमा एकै घरका चारजनाको मृत्यु

पहिरोले ताप्लेजुङमा एकै घरका चारजनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा पहिरोमा परी एकै घरका चारजनाको मृत्यु भएको छ । बिहिवार राति झरेको पहिरोसँगै घर बग्दा उनीहरुको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रविन साम्राका बुबा ७० वर्षीय रामबहादुर साम्रा, उनकी श्रीमती ५० वर्षीया जसमाया लिम्बु, तथा छोरीहरु गंगा र जमुनाको मृत्यु भएक...
मोरङको जहदामा करेन्ट लागेर महिलाको मृत्यु

मोरङको जहदामा करेन्ट लागेर महिलाको मृत्यु

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ मा करेन्ट लागेर बिहिवार दिउँसो एकजना महिलाको मृत्यु भएको छ । उनकी बुहारी घाइते भएकी छन् । प्रहरीका अनुसार करेन्ट लागेर ४५ वर्षीया रेवतीदेवी सरवरियाको मृत्यु भएको हो । करेन्ट लागेर उनकी बुहारी २५ वर्षीया चन्द्रिका सरवरिया घाइते भएकी छन् । उनको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बिजुलीको मोटर चलाएर कपडा धुन पानी प्रयोग गर्ने क्रममा उ...
विराटनगरमा प्याब्सन कप फुटबलः चारवटा स्कुल क्वाटरफाइनलमा

विराटनगरमा प्याब्सन कप फुटबलः चारवटा स्कुल क्वाटरफाइनलमा

विराटनगर । तेस्रो संस्करणको प्याब्सन विराट कप फुटबल प्रतियोगितामा विराटनगरका चारवटा स्कुल क्वाटरफाइनमा पुगेका छन् । सहिद मैदानमा बिहिवार भएको खेलमा एभरेष्ट, सनसाइन, दिल्ली पब्लिक र सगरमाथा स्कुल क्वाटरफाइनलमा पुगेका हुन् । प्रतियोगिताको पहिलो खेलमा एभरेष्टले ग्रिनल्याण्ड स्कुललाई ३–० गोलले हरायो । जितको लागि एभरेष्टका सक्षम श्रेष्ठ, समथक पाठक र रायन पोखरेलले गोल गरे । खेलको प्लेयर अफ द म्याच सक...
कोशी सरकारविरुद्धको मुद्दामा अर्को सुनवाइ असार ९ गते

कोशी सरकारविरुद्धको मुद्दामा अर्को सुनवाइ असार ९ गते

विराटनगर । कोशी प्रदेश सरकारविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमाथि असार ९ गते अर्को सुनुवाइ हुने भएको छ । बिहिवार सर्वाेच्च अदालतको पूर्ण इजलासले उक्त रिट अन्तर्गतको मुद्दालाई ‘हेर्दाहेर्दै’ मा राखेको छ । न्यायाधीशहरू कुमार रेग्मी, नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको पूर्ण इजलासले उक्त मुद्दालाई हेर्दाहेर्दैमा राखेको हो । अदालतका न्यायाधीश बिदामा हुने भएकाले अब अर्काे...
बालिका बलात्कारका अभियुक्तलाई १२ वर्ष कैदको फैसला

बालिका बलात्कारका अभियुक्तलाई १२ वर्ष कैदको फैसला

इलाम । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका एक युवकलाई दोषी ठहराउँदै अदालतले १२ वर्षको कैद फैसला सुनाएको छ । इलाम जिल्ला अदालतले सूर्याेदय नगरपालिका–४ का २७ वर्षीय मिलन घिमिरेलाई कैद सजाय सुनाएको हो । जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले उनलाई पाँच लाख रुपैयाँ जरिवाना गराउन समेत आदेश दिएको छ । गत भदौ १२ मा इलाम सदरमुकामस्थित एक होटलमा उनले बालिकालाई बलात्कार गरेको पुष्टि भएको...
विराट मेडिकल कलेजको लापरबाहीले बच्चाको मृत्यु भएको आफन्तको आरोप

विराट मेडिकल कलेजको लापरबाहीले बच्चाको मृत्यु भएको आफन्तको आरोप

विराटनगर । मोरङको बुढीगंगास्थित विराट मेडिकल कलेजमा डाक्टरको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–५ का रोशन साहले मंगलबार बेलुका प्रसूति गराउन पत्नीलाई विराटमा भर्ना गराएका थिए । मंगलबार राति नै अप्रेसन गरेर प्रसूति गराइएको थियो । बिहीबार बिहान शिशुको मृत्यु भएपछि आफन्त आक्रोशित भएका हुन् । साहले डाक्टरको लापरबाहीका कारण बच्चाको मृत्यु भएको...
टेबलटेनिसको राष्ट्रिय प्रतियोगितामा विराटनगरका सुशान्त दोस्रो

टेबलटेनिसको राष्ट्रिय प्रतियोगितामा विराटनगरका सुशान्त दोस्रो

विराटनगर । विराटनगरका सुशान्त मेहता पोखरामा जारी राष्ट्रिय खेलकुद प्रतियोगितामा दोस्रो भएका छन् । एभरेष्ट स्कुलमा अध्ययनरत् मेहता कोशी प्रदेशको प्रतिनिधित्व गर्दै अन्डर–१५ राष्ट्रिय विद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत टेबलटेनिसको ब्वाइज सिंगल्समा दोस्रो भएका हुन् । ब्वाइज सिंगल्सको फाइनल खेलमा बागमती प्रदेशका जयस्नु महर्जनसँग उनी ८–११, ११–५, ११–७, ११–६ को स्कोरले पराजित भए । सोही इभेन्टमा कोशी ...
बाढीपहिरोले संखुवासभाका १२५ परिवार विस्थापित, दर्जनौं घरमा क्षति

बाढीपहिरोले संखुवासभाका १२५ परिवार विस्थापित, दर्जनौं घरमा क्षति

संखुवासभा । संखुवासभाका विभिन्न स्थानमा बाढीपहिरोका कारण १२५ भन्दा बढी परिवार विस्थापित भएका छन् । पहिरोले खाँदबारी नगरपालिका–११ आङ्ला गाउँका स्थानीय बासिन्दाको तीनवटा घर बगाएको छ । अन्य दर्जनौं घरमा क्षति पुगेको छ । बुधबार राति अविरल वर्षासँगै झरेको पहिरोले कोक्तिमा स्थानीय मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर पहिरोले प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार ...
अरुण नदीमा पानीको बहाव बढेपछि फेरी सञ्चालन अनिश्चितकालीन बन्द

अरुण नदीमा पानीको बहाव बढेपछि फेरी सञ्चालन अनिश्चितकालीन बन्द

भोजपुर । भोजपुर र संखुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहिवारदेखि बन्द भएको छ । अरुण नदीमा पानीको बहाव बढेकाले जोखिम हुन सक्ने भन्दा फेरी सञ्चालन बन्द गरिएको हो । भोजपुरको षडानन्द नगरपालिका–६ र खाँदबारी–९ मा पर्ने सतिघाटस्थित अरुण नदीमा फेरी सञ्चालनमा थियो । पक्की पुल नहुँदा फेरीको मद्दतले सवारी साधनका साथै दैनिक उपभोग्य वस्तु एवं यात्रुहरुलाई तार्ने गरिएको थियो । षडानन्द नगरपाल...
चट्याङले लागेर संखुवासभामा महिलाको मृत्यु

चट्याङले लागेर संखुवासभामा महिलाको मृत्यु

संखुवासभा । चट्याङ लागेर संखुवासभाको चिचिलामा एक महिलाको मृत्यु भएको छ । चिचिला गाउँपालिका–२ आले भन्ने स्थानमा चट्याङले लागेर स्थानीय ४१ वर्षीया साबित्रा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । खाना खाएर आगो तापिरहेको अवस्थामा बुधबार राति पानीसँगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी अधिकृत सहितको टोली खटिएर आवश्यक कानुनी...
मोरङको जहदामा आगलागी हुँदा लाखौंको क्षति

मोरङको जहदामा आगलागी हुँदा लाखौंको क्षति

विराटनगर । मोरङको जहदामा बिहीबार बिहान भएको आगालागीमा लाखौं रुपैयाँको क्षति भएको छ । जहदा गाउँपालिका–७ भीमपुरका सुरेशप्रसाद सिंहको गोदाममा भएको आगलागीमा धान र जुट जलेर नष्ट भएको हो । मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार आगलागीका कारण करिब ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । गोदाममा रहेको करिब साढे तीन सय क्वीन्टल जुट तथा ९५० क्वीन्टल धान जलेको प्रहरीले जनाएको छ । ब...
बेपत्ता भएका मोरङको बेलबारीका बालक मृत फेला

बेपत्ता भएका मोरङको बेलबारीका बालक मृत फेला

विराटनगर । बुधबार बेलुकादेखि बेपत्ता भएका मोरङको बेलबारीका एक बालक मृत अवस्थामा फेला परेका छन् । बेलबारी नगरपालिका–६ स्थित नहरमा बिहिवार बिहान उनी मृत अवस्थामा भेटिएका हुन् । बेलबारी–६ निवासी विनोद वनका ६ वर्षीय छोरा विवश वन सम्पर्कबिहीन भएपछि प्रहरी, आफन्त र स्थानीय बासिन्दा मिलेर खोजी गरेका थिए । त्यही क्रममा नहरमा उनलाई फेला पारिएको हो । प्रहरीका अनुसार बालकको शव नहरमा डुबेको अवस्थामा फेला ...
error: Content is protected !!