संगालोखबर


विराटनगर । सुनसरीको इटहरीबाट ५ हजार किलो गाँजा बरामद भएको छ । आइतबार बिहानको राति करिब १ः३० बजे सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो ।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले सडकमा रोकेर राखेको २ वटा ट्रक चेकजाँच गर्दा १ सय ५८ बोरामा प्याक गरिएको अवस्थामा गाँजा फेला परेको हो ।

Advertisement

ना ४ ख २९०१ नम्बरको ट्रकबाट १ सय २४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । दुबै ट्रकका चालक फरार छन् । उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

सशस्त्रले ट्रकसहित बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाएको छ । गाँजा कसले कहाँबाट ल्याएको र कहाँ लैजान लागिएको भन्ने खुल्न बाँकी छ । प्रहरीले यस विषयमा थप अनुसन्धान सुरु गरेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!