सुनसरीमा सशस्त्रले चलाएको गोली लागेर सफारी चालकको मृत्यु
विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीले चलाएको गोली लागेर सफारी चालकको मृत्यु भएको छ । गएराति करिब १ः१० बजे तस्करी नियन्त्रणमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले चलाएको गोली लागेर स्थानीय ४५ वर्षीय विजय साहको मृत्यु भएको हो ।
प्रहरीका अनुसार साहले आफ्नै सिटी सफारीमा ८/१० बोरा चिनी लोड गरेर भारतबाट नेपालतर्फ ल्याउँदै थिए । सिटी चलाइरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको जनाइएको...































