सुनसरीमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
विराटनगर । सुनसरीको रामधुनी नगरपालिका-६ मा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक रामधुनी-५ का ५० वर्षीय गणेश राजधामीको मृत्यु भएको हो ।
बिहीबार साँझ चतराबाट इटहरीतर्फ आउँदै गरेको को १४ प ४५८ नम्बरको स्कुटरलाई बाटो क्रस गर्ने क्रममा सोही दिशातर्फ आउँदै गरेको को ३७ प ३८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका राजधामीको उ...





























