धनकुटाको भेडेटारमा एम्बुलेन्सबाट ४६० किलो गाँजा बरामद
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट प्रहरीले गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिएको छ ।
आइतबार राति करिब ८ बजे सुनसरीको धरानतर्फ जाँदै गरेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्सलाई गाँजासहित नियन्त्रणमा लिएको हो । एम्बुलेन्सबाट ४ सय ५९ किलो ९ सय ६५ ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीले एम्बुलेन्सलाई चेकजाँचका लागि रोक्न खोजेको थियो । तर नरोकी प्रहरी ब्यारिकेट समेत ल...
































