सप्तकोसी नदीमा तैरिरहेको ३०८ किलो गाँजा बरामद
विराटनगर । सप्तकोसी नदीमा तैरिरहेको अवस्थामा प्रहरीले गाँजा बरामद गरेको छ । आज बिहानको राति करिब १ः३० बजे गस्तीमा खटिएको प्रहरी टोलीले गाँजा बरामद गरेको हो ।
सुनसरी कोसी गाउँपालिका-७ स्थित केराबारी र भन्टाबारी बीच भागको सप्तकोसी नदीबाट ३०८ किलो गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक हेमराज ओलीले जानकारी दिए ।
नदीको किनार छेउमा पानीमा तैरिरहेको अवस्थामा आठ वटा प्लास्...































