खेलामा डुबेर दाजु-भाइको मृत्यु

खेलामा डुबेर दाजु-भाइको मृत्यु

पर्सा । पर्साको ठोरी गाउँपालिका-२ हनुमान नगरमा रहेको डेढु खोलामा डुबेर दाजु-भाइको मृत्यु भएको छ । मनोज कठायतका छोराहरू ८ वर्षीय अंश कठायत र ४ वर्षीय आयंश कठायतको मृत्यु भएको हो । प्रहरीका अनुसार नाबालकहरू विद्यालय जानुअघि मंगलबार बिहान करिब १ सय ५० मिटर टाढाको डेढु खोलामा नुहाउन गएका थिए । नुहाउनलाई डोजरले खनेको खाल्डोमा जमेको पानीमा पसेका उनीहरूको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै ...
कोशी प्रदेश सरकारले थारू भाषालाई बेवास्ता गरेको भन्दै आपत्ति

कोशी प्रदेश सरकारले थारू भाषालाई बेवास्ता गरेको भन्दै आपत्ति

विराटनगर । कोशी प्रदेश सरकारले थारू भाषालाई सरकारी कामकाजको भाषा नबनाएको भन्दै थारू कल्याणकारी सभाले आपत्ति जनाएको छ । ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ मा थारू भाषालाई समावेश नगरिएको भन्दै सभाले आपत्ति जनाएको हो । मन्त्रिपरिषद्को साउन १५ गतेको निर्णयअनुसार तयार पारिएको उक्त विधेयकमा नेपालीका अतिरिक्त मैथिली र लिम्बू भाषालाई मात्र सरकारी कामकाजका भाषाको रू...
मोरङको कानेपोखरीमा पतिको कुटाइबाट पत्नीको मृत्यु

मोरङको कानेपोखरीमा पतिको कुटाइबाट पत्नीको मृत्यु

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-१ झरनाकुटुकीमा पतिको कुटाइबाट पत्नीको मृत्यु भएको छ । घरायसी विवादका क्रममा पति ४५ वर्षीय बाबुधन सतारले कुटपिट गर्दा ४० वर्षीया दुर्बी सतारको मृत्यु भएको हो । प्रहरीका अनुसार दुर्बीमाथि आइतबार राति करिब ८ बजे कुटपिट भएको खुलेको छ । कुटपिटबाट घाइते भएकी उनलाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । तर अवस्था थप गम्भीर हुँदै गएपछि आफन्तले सोमबार...
उत्कृष्ट नतिजा ल्याउने धनकुटाका छात्र-छात्रा पुरस्कृत

उत्कृष्ट नतिजा ल्याउने धनकुटाका छात्र-छात्रा पुरस्कृत

धनकुटा । धनकुटाका विभिन्न सामुदायिक विद्यालयका ६ जना छात्र-छात्रालाई पुरस्कृत गरिएको छ । धनकुटा समागम काठमाडौं मार्फत जिल्लामा उत्कृष्ट नतिजा ल्याउने कक्षा १२ का विद्यार्थीहरूलाई मायादेवी विष्णुबहादुर श्रेष्ठ प्रोत्साहन पुरस्कार प्रदान गरिएको हो । धनकुटा नगरपालिका-२ स्थित टंक माध्यमिक विद्यालयका कृति खड्का र सनम रानाले प्रोत्साहन पुरस्कार पाएका छन् । यस्तै धनकुटा नगरपालिका-१ स्थित हिले माध्यमिक...
धनकुटाका उत्कृष्ट ६ वनलाई नगदसहित सम्मान

धनकुटाका उत्कृष्ट ६ वनलाई नगदसहित सम्मान

धनकुटा । धनकुटाका ६ वटा सामुदायिक तथा निजी वनलाई नगदसहित सम्मान गरिएको छ । वन दिवसको अवसरमा उत्कृष्ट सामुदायिक तथा निजी वनलाई सम्मान गरिएको हो । ‘समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मूल नाराका साथ वृक्षारोपण गर्दै उत्कृष्ट वनलाई सम्मान गरिएको छ । ससामुदायिकतर्फ पहिलो हुने पाख्रीबास नगरपालिका-२ सान्नेस्थित थामडाँडा सामुदायिक वन उपभोक्ता समूहलाई नगद १५ हजारसहित सम...
सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

सुनसरी दुर्घटना अपडेट : मृतकको संख्या पाँच पुग्यो

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-३ जलुवा टोलमा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ । आज बिहान माइक्रो र बस एक-आपसमा ठोक्किँदा घाइते भएकामध्ये पाँच जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शंकर मण्डल,  सप्तरीकी ६० वर्षीय अनारवतीदेवी यादव, सप्तरी कै ६८ वर्षीय जिवछ महात्मा, सुनसरीको कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र...
उर्लाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

उर्लाबारीमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी

विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-१ मा जंगली च्याउ खाँदा पाँच जना बिरामी परेका छन् । मेचेडाँगीका ६९ वर्षीय लालबहादुर खड्काको परिवारका पाँच जना सदस्यहरू बिरामी परेका हुन् । प्रहरीका अनुसार उनीहरूले आइतबार जंगलबाट टिपेर ल्याएको च्याउ तरकारी बनाएर खाएका थिए । उनीहरू आइतबार राति बिरामी परेका प्रहरीको भनाइ छ । ६९ वर्षीय लालबहादुरसहित उनकी पत्नी ६८ वर्षीया पवित्रा खड्का, छोराहरू ४२ वर्षीय शेरब...
सुनसरीबाट ७८ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरीबाट ७८ किलो गाँजासहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका ५० वर्षीय मुस्ताक मिया र वडा नम्बर ६ का बलराम यादव छन् । गाँजाको कारोबार भइरहेको छ भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले मियाको घरमा खानतलासी गरेको थियो । सोही क्रममा तीन वटा प्लाष्टिकको बोरामा प्याक गरेर राखेको अवस्थामा ७८ किलो गाँजा बरामद भएको सुनसरीका प्रहरी प्रवक्ता...
अपडेट : सुनसरी दुर्घटनाका मृतक र घाइतेहरूको पहिचान खुल्यो (नामावलीसहित)

अपडेट : सुनसरी दुर्घटनाका मृतक र घाइतेहरूको पहिचान खुल्यो (नामावलीसहित)

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ जलुवा टोलमा आज बिहान भएको दुर्घटनाका मृतक र घाइतेहरूको पहिचान भएको छ । दुर्घटनामा सप्तरीको महादेवा गाउँपालिका-६ का ३५ वर्षीय शंकर मण्डल र सुनसरी कोशी गाउँपालिका-६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर-१० का ४० वर्षीय अशोक यादवको मृत्यु भएको हो । उनीहरूको ग्लोबल कार्डियो एण्ड न्युरो अस्पताल भोक्राहामा मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगर...
खोटाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-३ च्यास्मिटारमा पहिरो जाँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण आज बिहान पहिरो जाँदा यातायात ठप्प भएका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख इन्स्पेक्टर सुशान्त मिश्रका अनुसार सडकभन्दा करिब सय मिटर माथिबाट पहिरो खसेको छ । ‘अहिले पहिरो हटाउने काम भइरहेको छ’, उनले संगालोखबरसँग भने, ‘गन्तव्यमा हिँडेका सवारी-साधन बाटोमा नै रो...
खोटाङमा दिदी-भाइको शव चिहानबाट निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङमा दिदी-भाइको शव चिहानबाट निकालेर अनुसन्धान गर्दै प्रहरी

विराटनगर । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बुस्थित सापातेलमा दाहसंस्कार गरिएका दिदी-भाइको शव चिहानबाट निकालेर प्रहरीले अनुसन्धान सुरु गरेको छ । स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिए पनि खबरै नगरी दाहसंस्कार गरिएको भन्दै प्रहरीले चिहानबाट शव निकालेर अनुसन्धान सुरु गरेको हो । साउन २२ गते बस्नेतकी ११ वर्षीया छोरी मेनिषा र छ वर्षीय छोरा मेगराज जङ्गलमा मृत भेटिएका थिए । तर आफन...
सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु

सुनसरीमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु

विराटनगर । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-६ स्थित पूल चोकमा बस र माइक्रो ठोक्किँदा चार जनाको मृत्यु भएको छ । आज बिहान करिब ८ बजे विराटनगर-राजविराज रुटमा चल्ने प्रदेश २-०१-००१ ज ००४७ नम्बरको माइक्रो बस र काँकडभिट्टा-दिक्तेल रुटमा चल्ने मे १ ख १७९९ नम्बरको बस एक-आपसमा ठोक्किएका हुन् । मृतकको पहिचान खुल्न बाँकी छ भने घाइतेहरूलाई उपचारका लागि सुनसरी र विराटनगरका अस्पतालमा पठाइएको प्रहरीले जना...
धनकुटाको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण

धनकुटाको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण

धनकुटा । धनकुटा नगरपालिका-१ मा रहेको सुकेपोखरी सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । ‘समयमै कार्ययोजना नवीकरण गरौँ, सामुदायिक वनलाई शक्तिशाली बनाऔं’ भन्ने मूल नाराका वृक्षरोपण गरिएको हो । धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङले फुलको बिरुवा रोपेर कार्यक्रमको उद्‌घाटन गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि तामाङले वातावरणको हिसाबले पृथ्वी जोखिममा रहेको बताउँदै खाली जमिन बाँजो छाड्न नहुने उल्ले...
धनकुटामा गाईजात्राको रौनक (फोटो फिचर)

धनकुटामा गाईजात्राको रौनक (फोटो फिचर)

धनकुटा । देशका विभिन्न स्थानमा जस्तै धनकुटामा पनि आज गाईजात्रा पर्व मनाइएको छ । नेवार समुदायको बसोबास रहेको क्षेत्रमा मनाइने गाईजात्रा पर्वमा एक वर्षभित्र दिवङ्गत भएका आफन्तलाई सम्झने गरिन्छ । धनकुटाको श्रीवानीस्थित कृष्ण मन्दिरबाट सुरु भएको जात्रालाई बजार क्षेत्र परिक्रमा गराइएको छ । बजार क्षेत्रमा एक वर्षभित्र दिवङ्गत भएका १४ घर परिवारका नाममा जात्रा निकालिएको हो । जात्रा मदन चोक, परिचय मो...
यी हुन धनकुटा दुर्घटनामा घाइते हुने १३ जना (नामावलीसहित)

यी हुन धनकुटा दुर्घटनामा घाइते हुने १३ जना (नामावलीसहित)

धनकुटा । धनकुटा नगरपालिका-८ टेकुनालामा भएको पिकअप दुर्घटनामा घाइते हुनेको संख्या १३ पुगेको छ । आज बिहान करिब १०ः३५ बजे को २ च २३०९ नम्बरको पिकअप दुर्घटनामा घाइते भएका मध्ये ४ जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धनकुटा-८ का ४५ वर्षीया रेनुका राई, सोही स्थानका ९० वर्षीय हर्कलाल राई, वडा नम्बर ७ का ३८ वर्षीय जितबहादुर राई र सोही स्थानका ६२ वर्षीय ...
अपडेट : धनकुटामा पिकअप दुर्घटना हुँदा १३ जना घाइते 

अपडेट : धनकुटामा पिकअप दुर्घटना हुँदा १३ जना घाइते 

धनकुटा । धनकुटा नगरपालिका-८ टेकुनालामा पिकअप दुर्घटना १३ जना घाइते भएका छन् । घाइते भएकामध्ये चार जनालाई थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको छ । अन्य घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको धनकुटा प्रहरीका निरीक्षक किशोर तामाङले जानकारी दिए । पिकअपमा २१ जना सवार रहेको खुलेको प्रहरीको भनाइ छ । ‘अलि बढी चोट लागेका तीनलाई थप उपचारका लागि घोपा पठाइएको...
जनकपुरमा रेलले कारलाई ठक्कर दिएपछि…

जनकपुरमा रेलले कारलाई ठक्कर दिएपछि…

धनुषा । जनकपुर उपमहानगरपालिका-९ मा रेलले कारलाई ठक्कर दिएको छ । आज बिहान ९ बजे थापा चोकबाट हिरा अस्पताल आउँदै गरेको कारलाई रेलले ठक्कर दिएको हो । प्रहरीका अनुसार रेल-वे लिकमा अडकिएको बागमती प्रदेश ०१-०२५ च १२९० नम्बरको कारलाई रेलले ठक्कर दिएको हो । रेल-वे लिक पार गर्दा कारको पछाडिको पांग्रा लिकमै फसेको धनुषा प्रहरीले जनाएको छ । कार धनुषाकै लक्ष्मीनियाँ गाउँपालिका-६ निकालका २२ वर्षीय ललित यादवल...
धनकुटा अस्पतालमा बीएस्सी नर्सिङ पढाउनका लागि पाठ्यक्रम तयार

धनकुटा अस्पतालमा बीएस्सी नर्सिङ पढाउनका लागि पाठ्यक्रम तयार

विराटनगर । कोशी प्रदेश सरकारको मनमोहन प्राविधिक विश्वविद्यालयले बीएस्सी नर्सिङ विषयको पाठ्यक्रम तयार गरेको छ । धनकुटा अस्पताललाई शिक्षण अस्पताल सञ्चालन गर्न प्रदेश सरकारले हस्तान्तरण प्रक्रिया सुरुगरेसँगै विश्वविद्यालयले पाठ्यक्रम तयार गरेको हो । विश्वविद्यालयका अनुसार चालु शैक्षिक सत्रदेखी नै बीएस्सी नर्सिङको कक्षा सञ्चालनको तयारी छ । देशका दक्ष नर्सिङ कार्यक्रम विज्ञ र चिकित्सकहरूको समूहले मह...
धनकुटामा पिकअप दुर्घटना

धनकुटामा पिकअप दुर्घटना

धनकुटा । धनकुटा नगरपालिका-८ टेकुनालामा पिकअप दुर्घटना भएको छ । टेकुनालाबाट धनकुटा बजारतर्फ आउँदै गरेको को २ च २३०९ नम्बरको पिकअप केही समय अघि दुर्घटना भएको हो । दुर्घटनामा परी घाइते भएकाहरूको संख्या यकिन हुँन बाँकी छ । करिब एक दर्जन व्यक्ति घाइते भएको धनकुटाका प्रहरी निरीक्षक किशोर तामाङले जानकारी दिए । ‘घाइतेहरूलाई उद्धार गरेर अस्पताल पठाउँने काम भइरहेको छ, घाइतेको संख्या यकिन भइसकेको छैन,’...
भोजपुरमा परम्परागत बाली हटाएर अलैँची खेती विस्तार

भोजपुरमा परम्परागत बाली हटाएर अलैँची खेती विस्तार

भोजपुर । भोजपुरका कृषक अलैँची खेतीतर्फ आकर्षित भएका छन् । मूल्य बढेसँगै कृषकहरू अलैँचीको नयाँ बगैँचा विस्तारसँगै पुरानो बगैँचाको संरक्षणमा जुटेका हुन् । गतवर्ष उत्पादन भएको अलैँची प्रतिमन एक लाखदेखि एक लाख दुई हजार रुपैयाँसम्म बिक्री भएपछि अलैँची खेतीतर्फ कृषकको आकर्षण बढेको छ । टेम्केमैयुङ-५ का शिवकुमार विष्टका अनुसार मूल्य बढेसँगै परम्परागत बाली हटाएर फेरी अलैँची खेतीमा फर्किने किसानको सङ्ख्य...
इटहरीमा स्कुटर र बस ठोक्किँदा दुई जनाको मृत्यु

इटहरीमा स्कुटर र बस ठोक्किँदा दुई जनाको मृत्यु

विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० स्थित पानीपिया जंगलमा स्कुटर र बस एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा स्कुटर चालक झापाको बिर्तामोड नगरपालिका-५ का सुजन विक र पछाडि सवार सुरज विकको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । आज दिउँसो इटहरीबाट...
प्राज्ञिक विद्यार्थी परिषदद्वारा भोजपुरमा शैक्षिक सामग्री वितरण

प्राज्ञिक विद्यार्थी परिषदद्वारा भोजपुरमा शैक्षिक सामग्री वितरण

भोजपुर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले भोजपुरमा शैक्षिक सामग्री वितरण गरेको छ । सेवा र विकासका लागि युवाको समन्वयमा भोजपुर नगरपालिका-१ भामराङस्थित सिंहदेवी माध्यमिक विद्यालयमा शैक्षिक सामग्री वितरण गरिएको हो । शैक्षिक सामग्रीमा झोला, कापी, जमेट्री बक्स लगायतका सामग्री वितरण गरिएको केन्द्रीय सदस्य कृष्ण गिरीले जानकारी दिए । यसअघि विभिन्न जिल्लाका विद्यालयहरूमा शैक्षिक सामग्री वितरण गरिसकेक...
सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु

सप्तरीमा बसको ठक्करबाट वृद्धको मृत्यु

सप्तरी । सप्तरीमा बसको ठक्करबाट साइकलमा सवार वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा अग्नीसाईर कृष्णसवरन गाउँपालिका-२ का ६८ वर्षीय बुदुर चौधरी छन् । आज बिहान करिब ६ः१५ बजे बाग्लुङबाट झापा जाँदै गरेको ना प्र १-०१-००१ ख ४५६० यात्रुवाहक बसले ठक्कर दिँदा वृद्धको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक झापा मेचीनगर नगरपालिका-८ का ४२ वर्षीय योगेन्द्र विश्वकर्मालाई प्रहरीले नियन्त्रणमा लिए...
कोशी प्रदेश कराते महासंघको अध्यक्षमा राना निर्वाचित

कोशी प्रदेश कराते महासंघको अध्यक्षमा राना निर्वाचित

विराटनगर । कोशी प्रदेश कराते महासंघको अध्यक्षमा मोरङका प्रभाकर राना (रिक्की) निर्वाचित भएका छन् । बुढीगंगा गाउँपालिका स्थित जेसीज भवनमा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट राना अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा इलामका कमी राई र उदयपुरका रविन राई, सचिवमा खोटाङका मिलन कसजु, सहसचिवमा सुनसरीका अनिष राजधामी र कोषाध्यक्षमा झापाकी रेनुका राई निर्वाचित भए । त्यस्तै सदस्यमा इलामकी मनकुमारी मुखिया...
धानखेतमा भेटियो ३९६ किलो गाँजा 

धानखेतमा भेटियो ३९६ किलो गाँजा 

विराटनगर । सप्तरीमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद भएको छ । प्रहरीले डाक्नेश्वरी नगरपालिका-५ पातोस्थित महादेवा टोलबाट ३९६ किलो गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार नहर छेउमा रहेको धान खेत तथा बाँसघारीमा बेवारिसे अवस्थामा राखिएको गाँजा बरामद भएको छ । १७ वटा पोकामा उक्त परिमाणमा गाँजा बरामद भएको प्रहरीको भनाइ छ । कसले कहाँबाट ल्याएर राखेको हो भन्ने विषय खुल्न बाँकी छ ...
धनकुटामा स्थापना गरिएको मुख्यमन्त्री सम्पर्क कार्यालय प्रयोगविहीन

धनकुटामा स्थापना गरिएको मुख्यमन्त्री सम्पर्क कार्यालय प्रयोगविहीन

धनकुटा । धनकुटामा स्थापना गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय प्रयोगविहीन भएको छ । धनकुटासहित भोजपुर, संखुवासभा र तेह्रथुम जिल्लामा प्रदेश सरकारले सेवा दिने उद्देश्यले स्थापना गरिएको सम्पर्क कार्यालय प्रयोगविहीन भएको हो । धनकुटा नगरपालिका-४ देब्रेवासमा २०७६ बैशाख २९ गते स्थापना गरिएको कार्यालयमा आन्तरिक व्यवस्थापन र पूर्वाधार भएपनि प्रभावकारी सेवा उपलब्ध हुन सकेको छैन । तत्...
उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी 

उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी 

विराटनगर । उदयपुरमा जन्मदिनको भोज खाँदा २७ जना बिरामी भएका छन् । बुधबार राति त्रियुगा नगरपालिका-७ नमुना चोकका जितेन्द्र राईको घरमा जन्मदिनको भोज खाँदा उनीहरू बिरामी भएका हुन् । छरछिमेकलाई बोलाएर जन्मदिन मनाउने क्रममा विभिन्न परिकारहरू बनाइएको थियो । प्रहरीका अनुसार उनीहरूले रोटी, अचार, पुरी, बुनियाँ, पुवा आदि खाएका थिए । उदयपुर प्रहरीका प्रवक्ता डीएसपी केदारमान दोङका अनुसार उनीहरूलाई झाडापखाला...
खोटाङमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

खोटाङमा १४ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाकी एक बालिकामाथि सामूहिक बलात्कार भएको छ । विद्यालयबाट घर फर्कने क्रममा १४ वर्षीया बालिकामाथि सोही विद्यालयमा पढ्ने साथीहरूले बलात्कार गरेका हुन् । प्रहरीका अनुसार स्थानीय एक विद्यालयमा कक्षा-८ मा अध्ययनरत बालिकालाई सोही विद्यालयमा अध्ययनरत ९ कक्षामा पढ्ने दुई जना विद्यार्थीले साउन १९ गते बलात्कार गरेका हुन् । विद्यालय गएकी बालिका घर नआएपछि आफन्तले खोजी गर्...
विराटनगरबाट ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

विराटनगरबाट ब्राउन सुगरसहित दुई भारतीय पक्राउ

विराटनगर । विराटनगर-१५ रानीबाट लागूऔषध ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको अररिया जिल्लास्थित फारबिसगञ्ज थाना रामपुर पञ्चायत-२ का ३५ वर्षीय मो सिकंदर बाखत र सोही पञ्चायत-१० का ३५ वर्षीय सरफराज छन् । उनीहरूलाई एक सय ४१ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । शङ्कास्पद अवस्थामा हिँडडुल गरिरहेका उनीहरूलाई शङ्का लागेर प्रहरीले चेकजाँच गरेको थ...
कोशी सरकारले अघि बढायो भाषा विधेयक

कोशी सरकारले अघि बढायो भाषा विधेयक

विराटनगर । सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक कोशी प्रदेश सभामा दर्ता भएको छ । कोशी प्रदेशभित्र बोलिने राष्ट्र भाषाको संरक्षण, प्रबर्द्धन तथा विकास गर्ने उद्देश्यले विधेयक सरकारले अघि बढाएको हो । भाषा आयोगको सिफारिसका आधारमा कोशी प्रदेशमा बहुसंख्यक जनताले बोल्ने मैथिली भाषा र लिम्बू भाषालाई सरकारी कामकाजको भाषाको रूपमा कायम गर्न विधेयक दर्ता गरिएको छ । नेपालको संविधानको ...
धनकुटा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

धनकुटा नगरपालिकामा आइतबार सार्वजनिक बिदा

धनकुटा । धनकुटा नगरपालिकाले आइतबार सार्वजनिक बिदा दिएको छ । नेवार समुदायको महान चाड गाईजात्राको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । ‘साउन २५ गते आइतबार गाईजात्रा पर्ने भएकाले सो दिन नगरभित्र वडा कार्यालय, सम्पूर्ण शिक्षण संस्थाहरू तथा नगर स्तरीय कार्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ’, प्रमुख प्रशासकीय अधिकृत दशरथ राईद्वारा जारी सूचनामा भनिएको छ । सो दिन नगरपालिकाबाट अत्यावश्यक बाहेकका...
error: Content is protected !!