प्रेस युनियनद्वारा पत्रकार महासंघ धनकुटा शाखामा तालाबन्दी
धनकुटा । नेपाल प्रेस युनियन धनकुटाले नेपाल पत्रकार महासंघको शाखा कार्यालयमा ताला लगाएको छ । सदस्यता शुद्धीकरणको नाममा भेदभाव भएको भन्दै युनियनले बुधवार महासंघ अध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेको हो ।
महासंघको विधानअनुसार जिल्ला शाखाले पत्रकारका जिल्लास्थित संघ, संगठनसँग भएको सहमतिमा सर्वसम्मत रुपमा केन्द्रमा नवीकरण र नयाँ सदस्यता सिफारिसका लागि पठाएको सूचीलाई बेवास्ता गरिएको युनियनको आरोप छ ।...



























