संगालोखबर


गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१ बिसौनामा पहिरोले दुई घर पुरिँदा चार जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

पहिरोमा पुरिएर ४८ वर्षका गोरे विक, ६७ वर्षका हुकुम बिक, साढे दुई वर्षकी रियन्सा बिक र ६६ वर्षकी मसुरी विकको मृत्यु भएको हो ।

Advertisement

पहिरोमा पुरिएका मुना बिक र विष्णु बिकलाई स्थानीयले उद्धार गरेर उपचारका लागि स्वास्थ्य चौकीमा पठाएका छन् । मङ्गलबार बिहान घर माथिबाट खसेको लेदो सहितको पहिरोले विष्णु बिक र हुकुम विकको घर पुरिएको थियो ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!