
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका-५ मन्टारीमा बँदेलका लागि राखेको करेन्टमा परेर महिलाको मृत्यु भएको छ । बँदेल नियन्त्रण गर्नका लागि राखिएको करेन्ट लागेर ६० वर्षीया हुमकला भण्डारीको मृत्यु भएको हो ।
६६ वर्षीय भेषराज भण्डारीले आफ्नै घरदेखि करिब १५० मिटर टाढा बारीमा बिजुलीको पोलबाट करेन्ट प्रवाह गरी राखेका थिए । सोही करेन्टमा परेर उनकी श्रीमती हुमकला गम्भीर घाइते भएकी थिइन् ।
घाइते हुमकलालाई उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि प्रहरीले करेन्ट प्रवाह गर्ने भेषराजलाई नियन्त्रणमा लिएको छ ।

संगालोखबर 
















