
रोल्पा । रोल्पाको थवाङ गाउँपालिका-५ स्थित कोटलबारामा अविरल वर्षापछिको पहिरोमा परेर ज्यान गुमाउनेको संख्या सात पुगेको छ । पहिरोमा परेर अन्य पाँच जना बेपत्ता भएका छन् ।
पहिरोमा परी मृत्यु हुनेहरूमा सोही ठाउँका १८ वर्षीया शान्ति पुन मगर, ६५ वर्षीय कमलबहादुर पुन मगर, ४० वर्षीया जुनकुमारी पुन मगर, ९ वर्षीय अशिम पुन मगर, ६ वर्षीय अशोक पुन मगर, ७५ वर्षीय दलबहादुर पुन मगर र ७१ वर्षीया मनरखी पुन मगर छन् ।
पहिरोमा परी २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्तीमगर घाइते भएका छन् । उनीहरू दुवै जनालाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारका लागि बुटवलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेमा सोही ठाउँका ८० वर्षीय अजम्बर पुन मगर, ७८ वर्षीय बलबहादुर पुन मगर, ७२ वर्षीय लिलबहादुर पुन मगर, ७१ वर्षीया मनी पुन मगर र ६७ वर्षीया हस्तकला पुन मगर छन् ।

संगालोखबर 












