फेरियो कोशी प्रदेश सरकारको नाम
विराटनगर । कोशी प्रदेश सरकारले आधिकारिक पत्राचार, कागजात र सरकारी सञ्चारमा ‘कोशी प्रदेश सरकार, विराटनगर नेपाल’ लेख्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर नेपाल’ लेखिँदै आएको थियो । निर्णयबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतिरमण भण्डारीले यसलाई अनिवार्य रूपमा लागू ग...































