सुनसरीको देवानगञ्ज गोली काण्ड : दुई पक्राउ, तीन जना फरार

सुनसरीको देवानगञ्ज गोली काण्ड : दुई पक्राउ, तीन जना फरार

विराटनगर । सुनसरीको देवानगञ्जमा सोमबार साँझ भएको गोली काण्डमा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । देवानगञ्ज-१ का २७  वर्षीय रविन कुमार यादव र सोही ठाउँका २१ वर्षीय पिन्टु यादव पक्राउ परेका हुन् । उनीहरूलाई आज दिउँसो विराटनगरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । गोली काण्डमा संलग्न ५ जनामध्ये अझै तीन जना फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ...
मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

मोरङको ग्रामथानमा मोटरसाइकलले ठक्कर दिँदा वृद्धको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-६ सोमबारेमा मोटरसाइकलले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ । नेता चोकबाट झोराहाटतर्फ आउँदै गरेको को २२ प ९९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही स्थानका ६० वर्षीय अनन्तराम खवासको मृत्यु भएको हो । प्रहरीका अनुसार खवास बाटो क्रस गर्दै थिए । सोही क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम लगिएकोमा चिकित्सकले मृत घो...
एमाले विराटनगरको दोस्रो अधिवेशन : अध्यक्षमा कोइराला र गिरीको दाबी

एमाले विराटनगरको दोस्रो अधिवेशन : अध्यक्षमा कोइराला र गिरीको दाबी

विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमालेका प्रदेश इन्चार्ज शेरधन राईले अधिवेशनको उद्‌घाटन गर्नेछन् । बुधबारसम्म चल्ने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । अध्यक्षमा वर्तमान अध्यक्ष रोहित कोइराला र महानगर सचिव बलराम गिरीबीच प्रतिस्पर्धा हुने बताइएको छ । नेताहरूका अनुसार सर्वसम्मत नेतृत्व चयनको प्रयास हुनेछ । सर्वसम्म...
इलाममा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

इलाममा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु

विराटनगर । इलाममा मोटरसाइकलले ठक्कर दिँदा बालकको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका-६ का रोम पाठकका दुई वर्षीय छोरा ओस्कारको मृत्यु भएको हो । माई नगरपालिका-४ सुखानी स्थित बिर्तामोड-दानाबारी भित्री सडक खण्डमा मे ९ प ४५९६ नम्बरको मोटरसाइकल ओस्कारलाई सोमबार अपराह्न ४ः१० बजेतिर ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका ओस्कारको बिर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारक...
धनकुटामा दुई जनामाथि छुरा प्रहार

धनकुटामा दुई जनामाथि छुरा प्रहार

धनकुटा । धनकुटामा नयाँ वर्षको दिन दुई जनामाथि छुरा प्रहार भएको छ । धनकुटा नगरपालिका-५ बिहिबारे हटिया नजिकै सोही स्थानका १७ वर्षीय कुशल राई र १७ वर्षीय आयुष राईमाथि छुरा प्रहार भएको हो । छुरा प्रहारबाट कुशलको टाउको र ढाडमा तथा आयुषको गर्धन र बायाँ पाखुरामा चोट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । उनीहरूको जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको छ । ...
सप्तकोसी नदीबाट १८० किलो गाँजा बरामद

सप्तकोसी नदीबाट १८० किलो गाँजा बरामद

विराटनगर । उदयपुरको बेलका नगरपालिका-८ स्थित सप्तकोसी नदीबाट बेवारिसे अवस्थामा रहेको गाँजा बरामद भएको छ । आज बिहानको राति विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक सय ८० किलो गाँजा बरामद गरेको हो । इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले दुईवटा ट्युवमाथि नदीमा तैरि रहेको अवस्थामा गाँजा बरामद गरेको छ । प्रहरीका अनुसार ६ वटा प्लाष्टिकको बोरामा ...
सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

विराटनगर । सुनचाँदीका गहना टल्काइदिने भन्दै ठगी गर्ने दुई भारतीय नागरिक संखुवासभाबाट पक्राउ परेका छन् । भारतको बिहार राज्य बेगुसराइ जिल्ला नावकोठीका २८ वर्षीय विवेक कुमार र तेलनी पोष्ट समस्तीपुरका ३५ वर्षीय गंगाविष्णु साहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रवक्ता प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठका अनुसार उनीहरू खाँदबारी नगरपालिका-९ ढुङ्गेधाराबाट पक्राउ परेका ह...
इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

विराटनगर । इलामबाट जबरजस्ती करणी आरोपमा एक जना पक्राउ परेका छन् । पाँचथरको फाल्गुनन्द गाउँपालिका-३ का ३० वर्षीय पदम कुमार तामाङ इलाम नगरपालिका-७ बाट पक्राउ परेका हुन् । नेपाली सेनाको सह-सेनानी दर्ज्यानी भएको नक्कली पोशाक लगाएका तस्बिरहरू सामाजिक सञ्जालमा राखेर बिवाह गर्ने प्रलोभन तथा डर त्रासमा पारेर २५ वर्षीया युवतीलाई करणी गरेको आरोप उनीमाथि छ । इलाम प्रहरीका प्रवक्ता मानबहादुर राईका अनुसार ...
भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘कृषि एम्बुलेन्स’ 

भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘कृषि एम्बुलेन्स’ 

विराटनगर । भोजपुरको पौवादुङमा गाउँपालिकाले कृषि उपजको सहज बजारीकरणका लागि  ‘कृषि एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेका कृषि उपजलाई सहजरूपमा बाहिरी जिल्लाका बजारसम्म पुर्याउन कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइएको हो । गाउँपालिकाले कृषिमा जोड दिएसँगै किसानले व्यावसायिक रूपमा विभिन्न नगदेबालीको खेती गरिरहेका छन् । उत्पादन भएका सम्पूर्ण कृषि उपजको सहज बजारीकरणका लागि एम्बुलेन्स ...
एक वर्षमा दुई लाख बढी तीर्थयात्री पुगे पाथीभरा

एक वर्षमा दुई लाख बढी तीर्थयात्री पुगे पाथीभरा

विराटनगर । ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिक स्थल पाथीभरामा एक वर्षको अवधिमा दुई लाख बढी तीर्थयात्री पुगेका छन् । २०८१ सालमा दुई लाख २१ हजार छ सय दुई जना तीर्थयात्रीले पाथीभराको दर्शन गरेका हुन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार कात्तिक महिनामा सबैभन्दा बढी र साउनमा सबैभन्दा कम दर्शनार्थी पाथीभरा पुगेका थिए । साउनमा एक हजार नौ सय ५५ र कात्तिकमा ६१ हजार एक सय ७३ जना तीर्थयात्री पाथीभरा...
संघीयतालाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

संघीयतालाई बलियो बनाउनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विगतका कामहरूको समीक्षा गर्दै आगामी दिन अझ फलदायी र सुखमय बनाउने बताएका छन् । नयाँ वर्ष २०८२ को शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । संघीय संरचनाहरूलाई सबलीकरण गर्दै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय लक्ष्य पुरा गर्न संघीयतालाई बलियो बनाउनुपर्ने उनको भनाइ छ । उनले प्रदेशवासी तथा स्वदेश तथा विदेशमा रहेका ...
मोरङले जित्यो बहिरा क्रिकेट प्रतियोगिताको उपाधि 

मोरङले जित्यो बहिरा क्रिकेट प्रतियोगिताको उपाधि 

विराटनगर ।  कोशी प्रदेश स्तरीय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । बहिरा क्रिकेट सङ्घ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदानमा आज भएको खेलमा सुनसरीलाई ७ विकेटले हराउँदै मोरङले उपाधी जितेको हो । टस जितेर ब्याटिङ गरेको सुनसरीले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ९८ रन बनायो । सुनसरीका निरज श्रेष्ठले २७ रन बनाउँदा रोहन खड्काले ११ रन बनाए । मोरङका मनोज रायले ३ विके...
धनकुटाको साँगुरीगढीमा महिलाको शव फेला

धनकुटाको साँगुरीगढीमा महिलाको शव फेला

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित घम्सी खोलामा एक महिलाको शव फेला परेको छ । आज दिउँसो अन्दाजी ४५ वर्षकी महिलाको शव फेला परेको हो । प्रहरीका अनुसार महिलाको पहिचान खुल्न बाँकी छ । प्रहरी चौकी त्रिवेणी धनकुटाबाट प्रहरी सहायक निरीक्षक राजेन्द्र राईको कमान्डमा खटिएको टोलीले बाटोबाट अन्दाजी ४०-५० मिटर तल शव फेला पारेको थियो । पहिचान हालसम्म खुल्न नसके पनि उनी मानसिक सन्तुलन ठिक नभएकी ...
झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु

झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु

विराटनगर । झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । शनिबार झापाको कनकाई नगरपालिका-१ का ६६ वर्षीय तारा बहादुर विश्वकर्माको करेन्ट लागेर मृत्यु भएको हो । पानी तान्ने मोटरमा तार जोड्ने क्रममा करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै इलामको माई नगरपालिका-८ का ४६ वर्षीय मदन कुमार राईको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लाग...
भोजपुरको अरुण गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

भोजपुरको अरुण गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते

विराटनगर । भोजपुरको अरुण गाउँपालिका-६ भण्डारी गाउँमा दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । आज बिहान ९ः३० बजेतिर याकुबाट जरायोटार तर्फ जाँदै गरेको प्र १-०२-०५० प ३१४० नम्बर र विपरित दिशाबाट आउँदै गरेको प्र १-०२-०४७ प ७६१७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा अरुण गाउँपालिका-५ याकुका २३ वर्षीय विवेक ढकाल र अरुण-७ का २२ वर्षीय कमल थापा घाइत...
ट्रक व्यवसायी सङ्घ विराटनगरको अध्यक्षमा सिग्देल निर्वाचित

ट्रक व्यवसायी सङ्घ विराटनगरको अध्यक्षमा सिग्देल निर्वाचित

विराटनगर । ट्रक व्यवसायी सङ्घ विराटनगरको अध्यक्षमा सञ्जीव सिग्देल निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा १ सय २५ मत प्राप्त गर्दै सिग्देल अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा अशोक पोद्धार, महासचिवमा रमेश श्रेष्ठ, सचिवमा रामचन्द्र दाहाल र कोषाध्यक्षमा खगेन्द्र सिग्देल निर्वाचित भएका छन् । यस्तै सदस्यमा दिलिपकुमार धाडेबा, युवराज श्रेष्ठ, वीरबहादुर गिरी, दिनेश सिग्देल, ध्रुवप्रसाद ...
लेक लागेर डाक्टरको मृत्यु

लेक लागेर डाक्टरको मृत्यु

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका-२ डाँडाखर्कमा लेक लागेर डाक्टरको मृत्यु भएको छ । तनहुँ भिमाद नगरपालिका-२ घर भएका २७ वर्षीय डा. आशिष सिग्देलको शनिबार बिहान लेक लागेर मृत्यु भएको हो । मकालु बेस क्याम जाने क्रममा ४२ सय मिटरमा उनलाई लेक लागेको अनुमान गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउने तयारी भइरहेको छ ।
भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

विराटनगर । भोजपुर नगरपालिका-३ सेतीबगरमा ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते भएका छन् । दुर्घटनामा भोजपुर नगरपालिका-५ का वडा सदस्य ५२ वर्षीय नीरप्रसाद फुयाँल र सोही स्थानका ५५ वर्षीय भक्तबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । श्निबार राति करिब १०ः३० बजे गोबर मल लोड गरेर बो...
तेली कल्याण समाज मोरङद्वारा महिलाहरूलाई सम्मान

तेली कल्याण समाज मोरङद्वारा महिलाहरूलाई सम्मान

विराटनगर । तेली कल्याण समाज नेपाल जिल्ला कार्यसमिति मोरङले महिलाहरूलाई सम्मान गरेको छ । आज विराटनगरमा एक कार्यक्रमको आयोजना गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्याउने तेली समुदायका महिलाहरूलाई समाजले सम्मान गरेको हो । तेली कल्याण समाज मोरङका अध्यक्ष डा. बालकृष्ण साहले सामाजिक, शैक्षिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयोग पुर्याउने समाजका २१ जना महिलालाई सम्मान गरिएको जानकारी दिए । यस्तै २२ जना...
मोरङको सुनवर्षीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

मोरङको सुनवर्षीमा ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-३ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भूपेन्द्र कटुवालको मृत्यु भएको हो । उनी राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटीका सचिव रहेको जनाइएको छ । सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र १-०२-००३ त ०७५२ नम्बरको ट्याक्टरले प्र १-०४-००१ प ४०११ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भए...
२८ किलो गाँजासहित धनकुटाका भुपाल पक्राउ

२८ किलो गाँजासहित धनकुटाका भुपाल पक्राउ

विराटनगर । धनकुटाको सँगुरीगढी गाउँपालिका-९ का ३४ वर्षीय भूपाल राई २८ किलो गाँजासहित पक्राउ परेका छन् । अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको प्रहरी टोलीले धरान-११ बाट प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनी हाल धरानमा बस्दै आएका थिए । यस्तै विराटनगर-१५ बाट मोरङको बेलबारी नगरपालिका-४ का २१ वर्षीय एन्जल गुरुङ र १९ वर्षीय साहिल राईलाई ७ सय ३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका छन् । य...
धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटाको महालक्ष्मीले दोस्रो पटक जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा भएको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महालक्ष्मी नगरपालिका प्रथम भएको छ । पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा सबैभन्दा बढी खेलमा विजयी भई महालक्ष्मी प्रथम भएको हो । १४ औं संस्करणमा पनि सर्वाधिक पदक जित्दै महालक्ष्मी प्रथम भएको थियो । महालक्ष्मीले सर्वाधिक ३१ स्वर्ण, २५ रजत र ८ कांस्य गरी जम्मा ६...
चुनकुमारी हत्या प्रकरण : सोधपुछका लागि केही मान्छे नियन्त्रणमा

चुनकुमारी हत्या प्रकरण : सोधपुछका लागि केही मान्छे नियन्त्रणमा

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ स्थित पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी महिलाको हत्या भएको निष्कर्ष निकाल्दै प्रहरीले केही मान्छेलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चैत २५ गते जंगलमा अर्धनग्न अवस्थामा मृत फेला परेकी धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३३ वर्षीया चुनकुमारी बुढाथोकीको बिहीबार पहिचान खुलेको थियो ।  ‘अनुसन्धान जारी...
नेकपा एस कोशीको अध्यक्षमा खड्का चयन

नेकपा एस कोशीको अध्यक्षमा खड्का चयन

विराटनगर । नेकपा एकीकृत समाजवादी पार्टी कोशी प्रदेशको अध्यक्षमा सरिता खड्का चयन भएकी छन् । बुधबार हुने भनिएको निर्वाचन प्रक्रिया रोकेर नेताहरूले बिहीबार खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् । प्रदेश कमिटीको सचिवमा खोटाङका जलेश्‍वर राई चयन भए भने उपसचिवमा भवानी शङ्कर चयन भएका छन् । प्रदेश कमिटीको उपाध्यक्ष र महिला उपसचिव चयन गर्न बाँकी छ । प्रदेश कमिटीको पहिलो बैठकले रिक्त पद मनोनयन गर्न...
मिर्चैया-कटारी-घुर्मी सडकमा निर्माणाधीन पक्की पुल भाँचियो

मिर्चैया-कटारी-घुर्मी सडकमा निर्माणाधीन पक्की पुल भाँचियो

विराटनगर । उदयपुरको कटारी नगरपालिका-२ स्थित सिमानपुर र कल्याणपुर जोड्ने ५० मिटर लामो पक्की पुलको बिच भाग भाँचिएको छ । बुधबार रातीको वर्षापछिको बाढीले मिर्चैया-कटारी-घुर्मी सडक योजना अन्तरगत निर्माणाधीन अवस्थाको पक्की पुल भाँचिएको हो । बेमौसमी वर्षा पछिको बाढीले अमाह खोलामा लगाइएको उक्त पुलमा क्षति पुगेको जनाइएको छ । बाढीका कारण पुलमुनि लगाइएको ह्‍युमपाइप थुनिएर ५० मिटर लामो पक्की पुलमा क्षति पु...
इटहरीबाट हराएका १४ वर्षीय बालक अझै भेटिएनन् 

इटहरीबाट हराएका १४ वर्षीय बालक अझै भेटिएनन् 

विराटनगर । सुनसरीको इटहरी-५ बालग्रामबाट १४ वर्षीय बालक बिपन खड्का बेपत्ता भएका छन् । इटहरीको बुल्म नेपाल बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत बालक चैत २२ गते घरबाट बेपत्ता भएका हुन् । बालककी आमा शर्मिला खड्काका अनुसार उक्त दिन बिपनको कक्षा ७ को अन्तिम परीक्षा थियो । ‘छोरालाई खाना खुवाएर म पनि काममा निक्लिए । उ पनि परीक्षा दिन जान तयारी गर्दै थियो’, उनले भनिन्, ‘काममा नै थिए । साढे ११ बजेतिर स्कु...
विराटनगरका युवराज ढकाल काठमाडौंमा मृत फेला

विराटनगरका युवराज ढकाल काठमाडौंमा मृत फेला

विराटनगर । विराटनगर महानगरपालिका-३ घर भएका ४५ वर्षीय युवराज ढकाल काठमाडौंमा मृत फेला परेका छन् । काठमाडौं महानगरपालिका–३१ शंखमूलमा ढकाल मृत फेला परेका प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी शंखूमलमा डेरा गरी बस्दै आएका थिए । उनी आफ्नै डेरामा मृत फेला परेका हुन् । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा र मोरङमा चट्याङले लागेर दुई जनाको मृत्यु  

झापा र मोरङमा चट्याङले लागेर दुई जनाको मृत्यु  

विराटनगर । कोशीका दुई जिल्लामा चट्याङले लागेर दुई जनाको मृत्यु भएको छ । बुधबार झापा र मोरङका दुई स्थानमा चट्याङले लागेर उनीहरूको मृत्यु भएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ घर भइ झापाको गौरादह नगरपालिका-५ बालुबथान बस्दै आएकी ५४ वर्षीया दुध कुमार लावतीको भान्सा कोठा छेउमा झरेको चट्याङले लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै बुधबार दिउँसो साढे १२ बजे बर्षासँगै परेको चट्याङल...
धरानको जङ्गलमा मृत भेटिएकी महिला धनकुटाकी भएको पुष्टि

धरानको जङ्गलमा मृत भेटिएकी महिला धनकुटाकी भएको पुष्टि

विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-६ पाँचकन्या सामुदायिक वनमा मृत फेला परेकी महिलाको पहिचान खुलेको छ । चैत २५ गते दिउँसो १२ः३० बजे मृत फेला परेकी उनको पहिचान खुलेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सुनसरी प्रहरीका एसपी सुमन कुमार तिम्सिनाका अनुसार मृत फेला परेकी महिला धनकुटाको महालक्ष्मी नगरपालिका-२ की ३३ वर्षीय चुनकुमारी बुढाथोकी हुन् । यद्यपी नागरिकताबाट नाम पहिचान गर्न बाँकी र...
इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

विराटनगर । इलाममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति करिब १०ः५० बजे मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका-७ जिरोमा को १ त ७३४१ नम्बरको ट्याक्टर आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । दुर्घटनामा ट्याक्टर चालक इलामकै अन्दाजी ४५ वर्षीय सुवास तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । धोवीधाराबाट जिरोतर्फ जाँदै गरेको ट्याक्टर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनलाई उपचारका ...
घरमै लडेर घाइते भएकी महिलाको मृत्यु

घरमै लडेर घाइते भएकी महिलाको मृत्यु

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-७ पाखा टोलकी एक महिलाको लडेर मृत्यु भएको छ । गत चैत २२ गते आफ्नै घरको पेटीबाट चिप्लिएर लडेकी ५० वर्षीया कल्पना राईको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको हो । प्रहरीका अनुसार घरको पेटीबाट लडेर करिब ५० मिटर तल खसेकी उनको टाउको, खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेको थियो । गम्भीर घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ध...
error: Content is protected !!