कोशी प्रदेश सरकारले भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
विराटनगर । कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम जेठ ५ गते सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले भोलि नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गर्ने निर्णय गरेको हो ।
कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीका अनुसार प्रदेश सभामा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नका लागि प्रदेश प्रमुख परशुराम ...






























