मोरङको सुन्दरहरैंचामा नालीभित्र भेटियो युवकको शव
विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिका-२ हिमाल चोकमा नालीभित्र एक युवकको शव फेला परेको छ । आज बिहान घोप्टो परेको अवस्थामा स्थानीय ३४ वर्षीय गोविन्द भनिने अनिल अधिकारीको शव फेला परेको हो ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लिलाराज लामिछानेका अनुसार घटनास्थल नजिकै साइकल पनि फेला परेको छ । रातको समयमा साइकल चढेर घर जाने क्रममा अधिकारी नालीमा खसेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
नाली ग...































