औद्योगिक करिडोरमा नियमित विद्युत आपूर्ति गर्न उद्योग संगठन मोरङको माग

औद्योगिक करिडोरमा नियमित विद्युत आपूर्ति गर्न उद्योग संगठन मोरङको माग

विराटनगर । उद्योग संगठन मोरङले औद्योगिक करिडोरमा नियमित विद्युत आपूर्ति गर्न माग गरेको छ । नेपाल विद्युत प्राधिकरणको ध्यानाकर्षण गराउँदै संगठनले विद्युत कटौतीले उद्योग सञ्चालनमा कठिनाइ भएको जनाएको छ । सुनसरी-मोरङ, विराटनगर-रानी, विराटनगर-कटहरी औद्योगिक करिडोरमा हाल दैनिक ८ देखि १० घण्टासम्म विद्युत आपूर्ति अवरोध भइरहेको संगठनको भनाइ छ । सूचना बिना विद्युत कटौती हुनेगरेको बताउँदै संगठनले दैनिक क...
झापामा घर भत्किँदा एक जनाको मृत्यु

झापामा घर भत्किँदा एक जनाको मृत्यु

विराटनगर । झापाको हल्दीबारी गाउँपालिका-५ त्रिवेणी चोकमा हावाहुरीले घर भत्काउँदा एक जनाको मृत्यु भएको छ । गएराति अचानक आएको हावाहुरीले जस्तापाताको छानो भएको घर भत्काउँदा ६५ वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । प्रहरीका अनुसार मगर घरमै सुतिरहेका थिए । घरको बिमले किचिरहेको देखेर स्थानीयले उद्धार गरे पनि उनको मृत्यु भइसकेको थियो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर शवलाई पोस्टमार्टमका लागि लगिए...
संखुवासभामा चट्याङ लागेर महिलाको मृत्यु, तीन जना गम्भीर घाइते

संखुवासभामा चट्याङ लागेर महिलाको मृत्यु, तीन जना गम्भीर घाइते

विराटनगर । संखुवासभाको चैनपुर नगरपालिका-१ मानेडाँडामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । अन्य तीन जना गम्भीर घाइते भएका छन् । बुधबार अपराह्‍न ४ बजेतिर हावाहुरीसँगै परेको चट्याङ लागेर ३१ वर्षीया निर्मला तामाङको मृत्यु भएको हो ।घरमै बसिरहेको अवस्थामा चट्याङ लागेर गम्भीर घाइते भएकी उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र चैनपुर लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । चट्याङ लागेर १५ ...
भाइलाई खबर गरिदिनु लेखेर धनकुटाका धुव्र थापाले सप्तकोसीमा हाम फाले

भाइलाई खबर गरिदिनु लेखेर धनकुटाका धुव्र थापाले सप्तकोसीमा हाम फाले

विराटनगर । सुनसरीको बराहक्षेत्र नगरपालिका-१ चतरास्थित सप्तकोसी नदीको पुलबाट हाम फालेर एक जना बेपत्ता भएका छन् । सुनसरी प्रहरीका अनुसार नदीमा हाम फाल्ने व्यक्ति धनकुटा नगरपालिका-२ का ५३ वर्षीय धुव्र थापा हुन् । उनले आज दिउँसो करिब २ः४५ बजे नदीमा हाम फालेको प्रहरीको भनाइ छ । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार को ३४ प ३९२८ नम्बरको मोटरसाइकल पुलमा रोकेर उनले नदीमा हाम फालेका थिए...
उत्पादन र परिणाममुखी नीति बनाउन कोशी सरकारलाई माओवादीको सुझाव

उत्पादन र परिणाममुखी नीति बनाउन कोशी सरकारलाई माओवादीको सुझाव

विराटनगर । माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलले उत्पादन र परिणाममुखी बजेट आउने गरी नीति बनाउन प्रदेश सरकारलाई सुझाव दिएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेटेर माओवादीले उद्यमशीलताको विकास, स्टार्टअप र आईटी क्षेत्रलाई विशेष प्राथमिकता दिन सुझाव दिएको हो । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार भेटमा मुख्यमन्त्री कार्कीले सबैको अपनत्व हुनेगरि अगाडि बढ्ने बता...
कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी : ३० दिनभित्र तस्करी रोक्न गृहमन्त्रीको निर्देशन

कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठी : ३० दिनभित्र तस्करी रोक्न गृहमन्त्रीको निर्देशन

विराटनगर । गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशको सीमा क्षेत्रबाट हुने तस्करी रोक्न निर्देशन दिएका छन् । कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले ३० दिनभित्र तस्करी रोक्न सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन् । उनले तस्करीले अपराध बढाएको र राजश्व घटाएको भन्दै चिन्ता व्यक्त गरे । उनले तस्करी नरोकिएको खण्डमा गृह मन्त्रालयले ‘एक्सन’ लिने बताए । उनले शान्ति सुरक्...
खोटाङमा खेलकुद संरचनाको अनुगमन 

खोटाङमा खेलकुद संरचनाको अनुगमन 

विराटनगर । कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले खोटाङ जिल्लाको खेलकुद संरचनाहरूको अनुगमन गरेका छन् । जिल्लामा उपलब्ध खेलक्षेत्र र निजी क्षेत्रमा आवद्ध व्यक्तिहरूसँग अन्तरक्रिया गर्दै उनले खेलकुद संरचनाहरूको अनुगमन तथा निरीक्षण गरेका हुन् । जिल्ला विकास खेलकुद समिति खोटाङका अध्यक्ष महेश राईले कभर्डहलको स्तरोन्नति र विकास समितिको कार्यालयको निर्माणलाई प्राथमिकतामा राख्न बोर्...
मोरङमा विवाह घरमा नाच्दानाच्दै करेन्ट लाग्दा दुई महिलाको मृत्यु

मोरङमा विवाह घरमा नाच्दानाच्दै करेन्ट लाग्दा दुई महिलाको मृत्यु

विराटनगर । मोरङको रतुवामाई नगरपालिका-३ मिर्चाडाँगी टोलमा करेन्ट लागेर दुई महिलाको मृत्यु भएको छ । प्रहरीका अनुसार ७० वर्षीया रामुदेवी गनगाई र ७३ वर्षीया सुर्यदेवी गनगाईको मृत्यु भएको हो । करेन्ट लागेर ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन् । स्थानीय मंगललाल सिंहको छोरा निरजकुमारको विवाहमा नाचिरहेका बेला उनीहरूलाई करेन्ट लागेको थियो । प्रहरीका अनुसार विवाह घरमा हरियो बाँस गाडेर माइक ...
विराटनगरमा भव्यरूपमा मनाइयो उभौली पर्व

विराटनगरमा भव्यरूपमा मनाइयो उभौली पर्व

विराटनगर । विराटनगरमा रहेका किरात समुदायले साकेला (उभौली) पर्व भव्यरूपमा मनाएका छन् । विराटनगर-११ स्थित साकेला थानमा राई, लिम्बु र याक्खाहरूले पितृ तथा भूमि पूजा गर्दै पर्व मनाएका हुन् । उनीहरूले खेतीपाती सप्रियोस्, रोग नलागोस्, प्राकृतिक विपत्ति नआओस् भन्ने कामनासहित उभौली पर्व मनाए । यो पर्व एक महिनासम्म मनाउने गरिन्छ । विराटनगरको साकेलाथानबाट सुरु भएको उभौली पर्वलाई एक महिनासम्म विभिन्न...
मोरङ कारागारको नवनिर्मित भवन उद्‌घाटन

मोरङ कारागारको नवनिर्मित भवन उद्‌घाटन

विराटनगर । मोरङ कारागारको नवनिर्मित भवन उद्‌घाटन गरिएको छ । आज गृहमन्त्री रमेश लेखकले एक कार्यक्रमबीच नवनिर्मित भवनको उद्‌घाटन गरेका हुन् । ३६ करोड १२ लाख ८५ हजार दुई सय ८० रूपैयाँमा निर्माण भएको कारागार भवन पुरुषतर्फ दुई सय १८ र महिलातर्फ ९९ जना क्षमताको छ । पुरुषतर्फ २२ र महिलातर्फ १६ वटा शौचालयसहितको कैदीबन्दी गृह निर्माण भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरी, जिल्ला कारागार प्रशासन भवन, स...
विराटनगर भन्सारमा निर्मित आपत्कालीन गोदाम घर कोशी सरकारलाई हस्तान्तरण

विराटनगर भन्सारमा निर्मित आपत्कालीन गोदाम घर कोशी सरकारलाई हस्तान्तरण

विराटनगर । विराटनगर भन्सार क्षेत्रमा निर्माण गरिएको आपत्कालीन गोदाम घर कोशी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आज संघीय सरकारका गृहमन्त्री रमेश लेखकले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई गोदाम घर हस्तान्तरण गरेका हुन् । गृहमन्त्री लेखकले संघीय सरकारले संघीयता कार्यान्वयनमा स्पष्ट प्रतिबद्धता जनाएको उल्लेख गर्दै विपद् व्यवस्थापनमा संघीय, प्रदेश र स्थानीय सरकारबीचको सहकार्य अपरिहा...
कोशी प्रदेशस्तरीय सुरक्षा बैठक भोलि

कोशी प्रदेशस्तरीय सुरक्षा बैठक भोलि

विराटनगर । कोशी प्रदेशस्तरीय सुरक्षा बैठक भोलिदेखि विराटनगरमा सुरु हुँदैछ । होटल एसियाटिकमा हुने बैठकमा १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहभागी हुनेछन् । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार सहभागी जिल्लाबाट वर्तमान सुरक्षा अवस्था, चुनौती र स्थानीय तहमा देखापरेका समस्याबारे प्रस्तुति हुनेछ । उनीहरूको प्रस्तु...
विराटनगरको कोशी बालसुधार गृहबाट तीन जना फरार 

विराटनगरको कोशी बालसुधार गृहबाट तीन जना फरार 

विराटनगर । विराटनगर-३ स्थित कोशी  बालसुधार गृहबाट तीन जना बालक फरार भएका छन् । जबरजस्ती करणी अभियोगमा सुधार गृहमा राखिएका उनीहरू सोमबार दिउँसो २ बजेतिर फरार भएका हुन् । फरार हुनेमा उदयपुर, तेह्रथुम र इलामका बालक छन् । उनीहरूमध्ये दुई जना बालसुधार गृहकै विद्यालयमा कक्षा ८ र एक जना कक्षा ७ मा पढिरहेका थिए । बालसुधार गृहका अनुसार उदयपुर र तेह्रथुमका १८-१८ वर्षका तथा इलामका १७ वर्षीय बालक फरार भएका...
मिडियाको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड

मिडियाको भूमिका निष्पक्ष हुनुपर्नेमा जोड

विराटनगर । कोशी प्रदेशका सांसद जयप्रकाश चौधरीले पत्रकारिताको परिवर्तित परिवेशमा अनलाइन पत्रकारिता एकमात्र विकल्प बनेको बताएका छन् । खबर पूर्वाञ्चल मिडिया प्रालिद्वारा सञ्चालित खबर पूर्वाञ्चल अनलाइन पत्रिकाको १० औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पत्रकारहरूले देश र प्रदेशका आवश्यकता अनुकूलका मुद्दामा निरन्तर बहस र पैरवी गरिरहनुपर्ने आवश्यकता रहेको उल्लेख गरे । प्याब्...
भोजपुरबाट लागूऔषधसहित सात जना पक्राउ

भोजपुरबाट लागूऔषधसहित सात जना पक्राउ

विराटनगर । भोजपुरबाट लागूऔषधसहित सात जना पक्राउ परेका छन् । लागूऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा भोजपुर नगरपालिका-७ स्थित २४ वर्षीय संजय राई, सोही स्थानका १९ वर्षीय मौसम राई, भोजपुर-९ का २० वर्षीय रेन्जी शेर्पा, भोजपुर-५ का २० वर्षीय संगित राई, भोजपुर-७ का २० वर्षीय युकेश राई, १९ वर्षीय उचित राई र भोजपुर-६ का २९ वर्...
धनकुटाको मूलघाट-छिम्सुवा सडक सुचारु

धनकुटाको मूलघाट-छिम्सुवा सडक सुचारु

धनकुटा । धनकुटा नगरपालिका-९ स्थित मूलघाट-छिम्सुवा सडक खण्ड सञ्चालनमा आएको छ । अत्यधिक वर्षासँगै पहिरो जाँदा आइतबार रातिदेखि अवरुद्ध भएको उक्त सडक खण्ड आज मध्यान्हदेखि सञ्चालनमा आएको हो । सोमबार बिहानैदेखि एस्काभेटरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी पहिरो पन्छाउन खटिएका थिए । सोमबार घाम लागेका कारण पहिरो हटाउन सजिलो भएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । भोजपुर र उदय...
धनकुटाबाट सुनचाँदीका गहना र नगदसहित दुई जना पक्राउ

धनकुटाबाट सुनचाँदीका गहना र नगदसहित दुई जना पक्राउ

धनकुटा । धनकुटाको साँगुरीगढी गाउापालिका-६ भेडेटारबाट चाँदीका गहना र नगदसहित दुई जना पक्राउ परेका छन् । प्रहरीका अनुसार मोरङको लेटाङ नगरपालिका-८ जाँतेका ३० वर्षीय मनोज विश्वकर्मा र १९ वर्षीय धिरज विश्वकर्मा पक्राउ परेका हुन् । आइतबार राति धरानतर्फ जाँदै गरेको प्र १-०२-०५४ प २१६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई शङ्का लागेर चेकजाँच गर्दा गहना र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्र...
धनकुटाको कुसेटारमा टाटा सुमो दुर्घटना, आठ जना घाइते 

धनकुटाको कुसेटारमा टाटा सुमो दुर्घटना, आठ जना घाइते 

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-३ कुसेटारमा टाटा सुमो दुर्घटना हुँदा आठ जना घाइते भएका छन् । आइतबार राति अन्दाजी १० बजे ताप्लेजुङबाट धनकुटातर्फ आउँदै गरेको मे १ ज २६५५ नम्बरको सुमो अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार सुमो सडकबाट अन्दाजी १० फिट तल खसेको छ । घाइतेहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान...
धनकुटाको मूलघाट-छिम्सुवा सडक अवरुद्ध

धनकुटाको मूलघाट-छिम्सुवा सडक अवरुद्ध

धनकुटा । धनकुटा-९ स्थित मूलघाट-छिम्सुवा सडक खण्ड अवरुद्ध भएको छ । पहिरोका कारण आइतबार साँझदेखि अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको वडा नम्बर ९ का वडाध्यक्ष टंकप्रसाद रोइलाले जानकारी दिए । आज बिहानैदेखि एक्साभेटरसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी सडक खुलाउन खटिएका जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए । सडक अवरुद्ध भएसँगै भोजपुर र उदयपुर जिल्ला जोड्ने त्रिवेणीसम्म स...
धनकुटाका तीन सामुदायिक वन उपभोक्ता समूह सम्मानित

धनकुटाका तीन सामुदायिक वन उपभोक्ता समूह सम्मानित

धनकुटा । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल धनकुटाले विभिन्न समयमा विषेश योगदान पुर्याएको भन्दै तीन वटा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको छ । आइतबार जिल्ला महासंघ धनकुटाको चौथो जिल्ला परिषद्को अवसरमा सामुदायिक वन उपभोक्ता समूहलाई सम्मान गरेको हो । धनकुटा नगरपालिका-१ मा रहेको सुकेपोखरी सामुदायिक वन उपभोक्ता समूह, धनकुटा नगरपालिका-९ स्थित बेलहरामा रहेको जलकन्या सामुदायिक वन उपभोक्ता समू...
झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

विराटनगर । झापामा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । प्रहरीका अनुसार ताप्लेजुङ दोभानका २२ वर्षीय अङ्कित लिम्बूको मृत्यु भएको हो । दुर्घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका-४ का ४२ वर्षीया सृजना राई घाइते भएकी छन् । उनको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरू कामबाट कोठातर्फ फर्किँदै गर्दा गएराति दमक नगरपालिका-१ स्थित रवि स्टेण्डको गेटम...
मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा थापा नियुक्त 

मनमोहन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा थापा नियुक्त 

विराटनगर । कोशी प्रदेश सरकार अन्तरगतको मनमोहन प्राविधिक विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा दामोदर थापा नियुक्त भएका छन् । विश्वविद्यालय सेवा आयोगको दोस्रो  अध्यक्षमा प्रोफेसर डा. थापा नियुक्त भएका हुन् । आइतबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थापालाई पद तथा  गोपनियताको सपथग्रहण गराए । मोरङको बुढीगंगा गाउँपालिका-४ हात्तीमुढा स्थित केन्द्रिय कार्यालयमा आयोजित सपथ कार्यक्रममा सह-...
पाँचथरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

पाँचथरमा करेन्ट लगाएर माछा मार्दा एक जनाको मृत्यु

विराटनगर । पाँचथरको मिक्लाजुङ गाँउपालिका-६ नावाखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । शनिबार मिक्लाजुङ गाँउपालिका-७ का २० वर्षीय ईसारा थिगिमको मृत्यु भएको हो । प्रहरीका अनुसार माछा मार्ने क्रममा जनेरेटरबाट अचानक करेन्ट लाग्दा उनको घट्नास्थलमा नै मृत्यु भएको थियो । घटनाको जानकारी पाउनसाथ इलाका प्रहरी कार्यालय रविबाट खटिएको प्रहरी टोलीले आवश्यक कानूनी प्रकृया पुरा गरेर...
खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

खोटाङमा कोदालो प्रहार गरी श्रीमानको हत्या

विराटनगर । खोटाङमा कोदालो प्रहार गरी श्रीमतीले श्रीमानको हत्या गरेकी छन् । हलेसी तुवाचुङ नगरपालिका-९ का ५१ वर्षीय पाँचकर्ण राईले उनकै श्रीमती ५३ वर्षीया रेनुका राईले हत्या गरेकी प्रहरीले जनाएको छ । शनिबार सामान्य वादविवादका क्रममा रेनुकाले पाँचकर्णलाई कोदालोको पासोले हानेको खुलेको प्रहरीको भनाइ छ । घटनाको जानकारी पाउनासाथ खटिएको प्रहरी टोलीले पाँचकर्णलाई तत्कालै उद्दार गरेर उपचारका लागि हेलिक...
धनकुटाको लाबरबोटेमा इभी र बस ठोक्किएर दुर्घटना, पाँच जना घाइते

धनकुटाको लाबरबोटेमा इभी र बस ठोक्किएर दुर्घटना, पाँच जना घाइते

धनकुटा। धनकुटाको साँगुरीगढी गाउँपालिका-१ लाबरबोटेमा इभी गाडी र बस ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । आज बिहान ११ः१७ बजेको समयमा धनकुटाबाट धरानतर्फ जाँदै गरेको प्रदेश १-०२-००१ ज ४२७६ नम्बरको इभी र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-००२ ख ०३७३ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो । घाइतेहरूलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठ...
झापामा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु

झापामा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु

विराटनगर । झापाको कनकाई नगरपालिका-२ सुकेडाँगीमा पतिले खुकुरी प्रहार गर्दा पत्नीको मृत्यु भएको छ । प्रहरीका अनुसार ३४ वर्षीया पूजा हेमरमको मृत्यु भएको हो । पति ३५ वर्षीय कविराज हेमरमले गएराति करिब ११ः२० बजे पत्नी पूजालाई घाँटीमा खुकुरी प्रहार गरेका थिए ।  खुकुरी प्रहारबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरूबीच विवाद भएको र सोही क्रममा कविराजले खुकुरी प्रहार गरेको खुलेको प्र...
अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे सर्वसम्मत

अनेरास्ववियु मोरङ अध्यक्षमा घिमिरे सर्वसम्मत

विराटनगर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मोरङ जिल्ला कमिटीको अध्यक्षमा वीरेन्द्र घिमिरे चयन भएका छन् । शनिबार विराटनगर स्थित एमाले पार्टी कार्यालयमा सम्पन्न जिल्ला स्तरीय वृहत विद्यार्थी भेलाबाट घिमिरे सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । कमिटीको उपाध्यक्षमा नवीन पहाडी, सागर थापा, संगम कन्दङवा, एलिस ओझा र सचिवमा मनोज लामा कार्की चयन भएका छन् । सह-सचिवमा विप्लव प...
ग्रामथानमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

ग्रामथानमा ट्याक्टर दुर्घटना, चालकको मृत्यु

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-२ बतराहीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा कटहरी गाउँपालिका-५ का २० वर्षीय राहुल सरदारको मृत्यु भएको हो । प्रहरीका अनुसार शनिबार साँझ आरएमसी इँटा उद्योगबाट इँटा लोड गरेर निस्किएको को १ त ७४२५ नम्बरको ट्रयाक्टर खेतमा फसेको थियो । ३७०१ नम्बरको जेसीबीले पछाडिबाट धकेलेर निकाल्ने क्रममा ट्याक्टरको इन्जिनको भाग उठेर इँटा लोड गरेको डाल...
सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

सुनसरीमा पिकअप दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षकको मृत्यु

विराटनगर । सुनसरीको दुहबी नगरपालिका-३ फुटानी चोकमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान भएको दुर्घटनामा उदयपुर घर भएका प्रहरी सहायक निरीक्षक ३० वर्षीय विरोध खतिवडाको मृत्यु भएको हो । प्रहरीका अनुसार प्र २-०१-००१ च ०२५१ नम्बरको भ्यान अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा घाइते भएका उनको विराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । त्रियुगा नगर...
बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत मृत फेला

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत मृत फेला

विराटनगर । बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत घरमै मृत भेटिएका छन् । बिर्तामोड नगरपालिका-१ स्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा ५२ वर्षीय बस्नेत मृत फेला परेका हुन् । झापा गोल्डकपका पूर्वअध्यक्ष समेत रहेका बस्नेत समाजसेवा, व्यवसाय र संस्थागत नेतृत्वमा सक्रिय रहँदै आएका थिए । उनी नेपाल जेसिजका पूर्व राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष, वीरता जेसिज र रोटरी क्लब अफ बिर्तामोडका पूर्वअध्यक्षसमेत हुन...
झापामा पानीमा डुबेर नाबालिकाको मृत्यु

झापामा पानीमा डुबेर नाबालिकाको मृत्यु

विराटनगर । झापाको शिवसताक्षी नगरपालिका-८ मा पानीमा डुबेर नाबालिकाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा लुखिराम टुडुको १५ महिनाकी छोरी रोसीका छन् । प्रहरीका अनुसार घर नजिकै रहेको धान खेतमा जमेको पानीमा डुबेको अवस्थामा नाबालिका मृत फेला परेकी थिइन् । इलाका प्रहरी कार्यालय शिवगंजबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरेर पोष्टमार्टम पश्चात शव परिवारलाई बुझाएको छ ।
error: Content is protected !!