प्रदेश १ मा थपिए ३८३ कोरोना संक्रमित, ४४७ संक्रमणमुक्त

प्रदेश १ मा थपिए ३८३ कोरोना संक्रमित, ४४७ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८३ जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार २३० जनाको पीसीआर परीक्षण गर्दा २८० र ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा १०३ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११९, झापामा ७७, सुनसरीमा ६६, इलाममा ५, धनकुटामा ३, उदयपुरमा २ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको हो । मोरङको ...
ताप्लेजुङमा ढुंगाले किच्दा एक जनाको मृत्यु

ताप्लेजुङमा ढुंगाले किच्दा एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–१० सिम्लेमा आज ढुंगाले किच्दा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङ फत्तालुङ गाउँपालिका–१ का ४४ बर्षीय खगप्रसाद तामाङ छन् । दिउँसो साढे १ बजे उनी सानीमा हाईड्रोपावरको भान्सा कोठामा बसिरहको अवस्थामा माथिबाट ठूलो ढुंगा झरेको थियो । ढुंगाले किच्दा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार उनी सोही ...
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभन्याङ गाउँपालिका–५ ताराबारीस्थित सिद्धिचरण राजमार्गमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ओखरबोटकी ५० बर्षीया कर्ममाया मगर छिन् । ओखलढुङ्गा सदरमुकामबाट हर्कपुरतर्फ जाँदै गरेको बा ३६ प ३५२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी गंभीर घाइते भएकी थिइन् । स्थानीय मिसन अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढ...
चट्याङ लाग्दा बालकको मृत्यु

चट्याङ लाग्दा बालकको मृत्यु

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–८ देउरीमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय बिरेन्द्रप्रसाद चौधरीका १४ बर्षीय छोरा निशान छन् । बुधबार बेलुका ७ बजे उनी घर नजिकै रहेको चौरमा खेलेर फर्कने क्रममा चट्याङ लागेको थियो । अबिरल बर्षासँगै परेको चट्याङ लाग्दा बालक बेहोस भएका थिए । बालकलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो । उपचारकै क्रममा राती करिव ९ बजे उनको मृत्यु...
गढीका वडाध्यक्षको निधन, गाउँपालिकामा आज शोक बिदा

गढीका वडाध्यक्षको निधन, गाउँपालिकामा आज शोक बिदा

सुनसरी । सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ । विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा उनको निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । उनी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए। चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्...
प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ३८७ जनामा संक्रमण, ३९३ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ३८७ जनामा संक्रमण, ३९३ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६४ जनाको पीसीआर परीक्षण गर्दा २४८ र ८५० जनाको एन्टिजेन परीक्षण गर्दा १३९ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९५, मोरङमा ७३, सुनसरीमा ६०, इलाममा ८, धनकुटामा ५, भोजपुरमा ३, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो ...
हतियारसहित दुई जना पक्राउ

हतियारसहित दुई जना पक्राउ

  मोरङ । मोरङको कानेपोखरी–६ स्थित शिवालय चोकबाट हतियारसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ३० बर्षीय रुद्र बहादुर क्षेत्री र ४० बर्षीय पूर्ण बहादुर बोहरा छन् । क्षेत्रीको घरमा हतियार लुकाइराखेको सूचना प्रहरीले पाएको थियो । सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले क्षेत्रीको घरमा खानतलासी गर्ने क्रममा १ थान पेस्तोल र ४ राउण्ड गोली फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङ...
लेउती खोला बगरका मजदुरलाई खाद्यान्न सामाग्री वितरण

लेउती खोला बगरका मजदुरलाई खाद्यान्न सामाग्री वितरण

धनकुटा । लेउती खोला आसपासमा बसोबास गरी मजदुरी गर्दै आएकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । कोरोना महामारीका कारण र वर्षातको समयमा खोला किनाराको निर्माण सामाग्री उत्खननमा रोक लगाइएपछि रोजगारी गुमाएका मजदुरहरुलाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र राईको अगुवाईमा खाद्य सामाग्री उपलव्ध गराइएको हो । रुम्दालीका अनुसार साँगुरीगढी गाँउपालिका वडा नं १, ७ र ६ स्थित लेउती खोला आसपास क्षे...
प्रदेश १ मा थपिए ३८७ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३८७ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ३८७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ११४ जनाको पीसीआर परीक्षण गर्दा २८३ र ६४२ जनाको एन्टिजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २/२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १/१ जनामा संक्र...
आफ्नै शरीरमा आगो लगाएर महिलाले गरिन आत्महत्या

आफ्नै शरीरमा आगो लगाएर महिलाले गरिन आत्महत्या

ओखलढुंगा । ओखलढुंगामा एक महिलाले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी छिन् । सिद्धिचरण नगरपालिका–७ टोड्केकी ४० बर्षीया मीनाकुमारी श्रेष्ठले आफ्नै शरीरमा आगो लगाएर आत्महत्या गरेकी हुन् । स्थानीय टोड्के सामुदायिक बनपाखोमा सोमबार उनको शव फेला परेको थियो । उनले शरीरमा डिजेल खन्याएर आगो लगाएर आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । उनले आत्महत्या गरेको छेउमा डिजेल प्रय...
सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तकोशीमा पानीको बहाव उतारचढाव

सप्तरी । सप्तकोशी नदीमा पानीको बहावमा उतारचढाव हुन थालेको छ । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढेकामा पछिल्लो समय घटबढ हुन थालेको हो । आज विहान ७ बजे गरिएको मापनमा कोशी व्यारेज भएर दुई लाख १४ हजार ७४५ क्यूसेक प्रतिसेकेण्ड पानीको बहाव मापन गरिएको जिल्ला प्रहरी कार्यालयका  प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । बिहान ६ बजे गरिएको मा...
प्रदेश १ः कोरोनाबाट १० जनाको मृत्यु, ५७४ जनामा संक्रमण, ३८८ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट १० जनाको मृत्यु, ५७४ जनामा संक्रमण, ३८८ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ५७४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २८१ ज्नाको पीसीआर परीक्षण गर्दा ४१० र ७५८ जनाको एन्टिजेन परीगण गर्दा १६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १७१, मोरङमा ९८, सुनसरीमा ९६, इलाममा १२, उदयपुरमा १०, धनकुटामा ८, पाँचथरमा ३, संखुवासभा र भोजपुरमा २/२, ताप्लेजुङ र तेह्रथुममा १/१...
एमालेलाई थापाको चुनौतीः स्वास्थ्य सामाग्रीमा सरकारी लगानी प्रमाणित गर्नु, नसके माफी माग्नु

एमालेलाई थापाको चुनौतीः स्वास्थ्य सामाग्रीमा सरकारी लगानी प्रमाणित गर्नु, नसके माफी माग्नु

धनकुटा । सरकारी स्वास्थ्य सामाग्रीमा पार्टीको चुनाव चिन्ह टाँसेको आरोप लागेका कांग्रेस सह–महामन्त्री सुनिल बहादुर थापाले आरोप प्रमाणित गरेर देखाउन नेकपा एमाले धनकुटालाई चुनौती दिएका छन् । धनकुटा सदरमुकाममा आइतबार पत्रकार सम्मेलन गरेर सह–महामन्त्री थापाले आरोप लगाउने नेकपा एमालेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन् । धनकुटा नगरपालिका–६ भीमनारायण चौकस्थित होटल प्यासिफिक–३ मा सूर्यबहादुर...
सामाजिक विकास मन्त्री साम्सोहाङले गरे कोशी कोभिड अस्पतालको अनुगमन

सामाजिक विकास मन्त्री साम्सोहाङले गरे कोशी कोभिड अस्पतालको अनुगमन

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको आज अनुगमन गरेका छन् । मन्त्री साम्सोहाङले कोभिड अस्पतालमा उपचाररत बिरामीको अवस्था, आईसीयु, एसडीयू बेड लगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक र स्वाथ्यकर्मीसँग जानकारी लिएका हुन् । उनले कोरोना संक्रमितको उपचार प्रभावकारी बनाउँन र कुनै गुनासो नआउने...
प्रदेश १ मा थपिए ३४८ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ३४८ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टको अवधिमा प्रदेश १ मा ३४८ जनामा कोरोना संक्रमण देखिएको छ । ९२९ जनाको पीसीआर परीक्षण गर्दा २६५ र ४४० जनाको एन्टिजेन परीक्षण गर्दा ८३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, तेह्रथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो । झापाको दम...
सप्तकोशीमा यस वर्षकै उच्च बहाव, ब्यारेजका ३५ ढोका खोलिए

सप्तकोशीमा यस वर्षकै उच्च बहाव, ब्यारेजका ३५ ढोका खोलिए

विराटनगर । सप्तकोशी नदीमा आज यस वर्षकै उच्च वहाव मापन भएको छ । केही दिनको निरन्तर बर्षाले नदीको बहाव यस वर्षकै उच्च विन्दुमा पुगेको हो । पछिल्लो मापन अनुसार सप्तकोशीमा २ लाख ५७ हजार ७ सय ९० क्यूसेक प्रतिसेकेण्ड वहाव पुगेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । नदीमा बहाव बढेसँगको कोशी ब्यारेजका ३५ वटा ढोका खोलिएका छन् । गत साउन ३२ गते कोशी नदीमा यस वर्षकै बढी २ लाख ५६ हजार २० क्यूसेक प्रतिसेक...
खोटाङमा युवती मृत्यु प्रकरण: प्रहरीले जाहेरी लिन अस्वीकार गरेको गुनासो

खोटाङमा युवती मृत्यु प्रकरण: प्रहरीले जाहेरी लिन अस्वीकार गरेको गुनासो

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–९ सल्लेस्थित तल्लो चिचिङ्गाकी २१ वर्षीया शिक्षा राई घरैमा मृत फेला परेको घटनामा प्रहरीले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन अस्वीकार गरेको गुनासो बढेको छ । दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिका–३ बाम्राङ निवासी उनले वर्ष दिनअघि चिचिङ्गाका मनकुमार राईसँग प्रेम विवाह गरेकी थिइन् । उनको मृत्युमा अस्वभाविक भएको भन्दै माइती पक्षले  जिल्ला प्रहरी कार्यालयमा ज्यानसम्बन...
कोठामा प्रतिबन्धित औषधी फेला, एक जना पक्राउ

कोठामा प्रतिबन्धित औषधी फेला, एक जना पक्राउ

मोरङ । मोरङको उर्लाबारी नगरपालिका–१ स्थित झारासादीबाट प्रतिबन्धित औषधीसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २० बर्षीय उमेश धिमाल छन् । गएराती १२ बजे बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको टोलीले धिमालको घरमा खानतलासी गर्दा उनी सुत्ने कोठाबाट प्रतिबन्धित औषधी फेला पारेको हो । उनको कोठाबाट ट्रामाडोल–५७५ ट्याब्लेट र स्पास्पेन–५७० ट्याब्लेट बरामद भ...
कतै कम तौल, कतै म्याद गुज्रेका सामाग्री बिक्री

कतै कम तौल, कतै म्याद गुज्रेका सामाग्री बिक्री

पाँचथर । कोभिड–१९ को दोस्रो लहर फैलिएयता जिल्लास्थित नियमनकारी निकायले हिलिहाङ गाउँपालिकाका केही खाद्यान्नका पसलको अनुगमन गरे । विरलै मात्र हुने गरेको बजार अनुगमन महामारी र निषेधाज्ञाले ठप्प प्रायः थियो ।  लामो अन्तरालमा गत हप्ता भएको अनुगमनका क्रममा अनुगमनकर्ताले उपभोक्ता मारमा पर्ने धेरै उदाहरण भने फेला पारे । बिक्री गर्ने सामग्री सधैँ तराजुमा एकातर्फ राखी तौल लिई बिक्री गर्ने र यस क्रममा निर...
धनकुटा एमालेको प्रश्नः कांग्रेस नेतालाई स्वास्थ्य सामाग्री दिँदा सत्ताको दुरुपयोग भएन ?

धनकुटा एमालेको प्रश्नः कांग्रेस नेतालाई स्वास्थ्य सामाग्री दिँदा सत्ताको दुरुपयोग भएन ?

धनकुटा । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिल बहादुर थापाले सरकारी स्वास्थ्य सामाग्रीमा पार्टीको चुनाव चिन्ह टाँसेर वितरण गर्ने तयारी गरेको भन्दै विरोधमा उत्रिएको एमाले धनकुटाले शनिवार पत्रकार सम्मेलन गरेर सरकारलाई प्रश्न सोधेको छ । एमाले जिल्ला कमिटि धनकुटाले जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन गरेर सरकार र प्रशासनलाई तीन वटा प्रश्न सोधेको हो । राजनीतिक दलको लेटरप्याडमा लेखेर माग गर्दा सरकारी न...
प्रदेश १ः कोरोनाबाट ७ जनाको मृत्यु, ४८३ जनामा संक्रमण, ४९७ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट ७ जनाको मृत्यु, ४८३ जनामा संक्रमण, ४९७ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४८३ जनामा कोरोना संक्रमण भएको छ । ७७९ जनाको पीसीआर परीक्षण गर्दा २७२ र १ हजार १०३ जनाको एन्टिजेन परीक्षण गर्दा २११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १२०, मोरङमा ७५, झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा ४/४, संखुवासभामा २, धनकुटा, भोजपुर र खोटाङमा १/१ र प्रदेश १ बाहिर...
उदयपुरमा पहिरोमा पुरिएर बालकको मृत्यु

उदयपुरमा पहिरोमा पुरिएर बालकको मृत्यु

उदयपुर । उदयपुरमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ । पहिरोमा पुरिएर कटारी नगरपालिका–२ मिलन चौकका पोष्ट बहादुर मगरका ७ बर्षीय छोरा कर्णको मृत्यु भएको हो । घरदेखि करिव ४०० मिटर टाढा रहेको खहरे खोलामा खेल्ने क्रममा माथिबाट पहिरो झर्दा पुरिएर उनी गंभीर घाइते भएका थिए । उनलाई उपचारका लागि कटारी अस्पताल ल्याउँदा ल्याउँदै बाटैमा उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
खोटाङमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

खोटाङमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु

खोटाङ । खोटाङमा घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा हलेसी तुवाचुङ नगरपालिका–८ धितुङकी ४२ बर्षीया पार्वती राई छन् । शुक्रबार साँझ ५ बजे स्थानीय खुरीखोला जंगलमा घाँस काट्ने क्रममा उनी भीरबाट लडेकी थिइन् । भीरबाट करिव ३० मिटर तल खस्दा उनी गंभीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि हलेसीतर्फ ल्याउने क्रममा बाटैमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ...
भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानद्वारा आत्महत्या

भोजपुरमा श्रीमतीको हत्या गरेर श्रीमानद्वारा आत्महत्या

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–९ तालखर्कका ४० बर्षीय बुद्दीमान राईले आज आफ्नै श्रीमतीको हत्या गरेका छन् । श्रीमतीको हत्यापछि उनले पनि झुन्डिएर आत्महत्या गरेका हुन् । बिहान करिव साढे १ बजे उनलेल श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई खुकुरीले ढाडमा हानेर हत्या गरी आफू घरबाट करिव ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लगाएर झुण्डिएका थिए । आफ्नै आमालाई खुकुरी प्रहार गरेको देखेर उनीहरुकै...
सिंहदेवी स्कूलको भवन उद्घाटन

सिंहदेवी स्कूलको भवन उद्घाटन

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ चित्रेस्थित सिंहदेवी प्राथमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । महालक्ष्मी नगरपालिकाको आर्थिक सहयोगमा निर्मित दुई कोठे पक्की भवनको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिएको हो । प्रदेश सभा सदस्य ईन्द्रमणी पराजुलीले भवन उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै प्रदेश सांसद पराजुलीले भवन निर्माणले पठन–पाठनमा सहजता मिल्ने बताए । महालक्ष्मी नगरपालिक...
प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ४८४ जनामा संक्रमण, ४९१ संक्रमणमुक्त

प्रदेश १ः कोरोनाबाट ६ जनाको मृत्यु, ४८४ जनामा संक्रमण, ४९१ संक्रमणमुक्त

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ४८४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ६९ जनाको पीसीआर परीक्षण गर्दा २९७ र ९४५ जनाको एन्टिजेन परीक्षण गर्दा १८७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार मोरङमा १२३, झापामा ९८, सुनसरीमा ५३, धनकुटामा ९, इलाममा ६, पाँचथरमा २, खोटाङ, उदउयपुर र संखुवासभामा १/१ र प्रदेश १ बाहिर ३ जनामा संक्रमण देखिएको हो । मोर...
पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी । सुनसरीको कोशी गाउँपालिका–३ जमुवा चोकस्थित पूर्व पश्चिम राजमार्गमा पिकअपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा मोटरसाइकल चालक सप्तरीको महादेवा–६ का ३५ बर्षीय रामनाथ मण्डल छन् । पश्चिमतर्फ जाँदै गरेको प्र २ –०३–००१ च ३००७ नम्बरको पिकअपले बिपरित दिशाबाट आउँदै गरेको प्र २ –०१–००२ प ५६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मण्डल गंभीर घाइते भएका थि...
भैंसी बाँध्ने डोरीले घाँटी कसेर भाई र भतिजा गरे हत्या

भैंसी बाँध्ने डोरीले घाँटी कसेर भाई र भतिजा गरे हत्या

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ कांडेमा हत्या आरोपमा दुई जना पक्राउ परेका छन् । ३३ बर्षीय गिरीराज थापाको हत्या गरेको आरोपमा उनका भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका हुन् । बुधबार दिउँसो ११ बजे घरबाट हिडेका गिरीराज घर नफर्किएपछि खोजतलास गर्ने क्रममा बिहिबार बिहान पौने २ बजे घरदेखि करिव २०० मिटर टाढा बारीमा मृत अवस्थामा फेला परेका थिए । घटनाको ज...
खोटाङका योजनाका लागि प्रधानमन्त्रीसँग बजेट माग

खोटाङका योजनाका लागि प्रधानमन्त्रीसँग बजेट माग

खोटाङ । नेपाली कांग्रेस खोटाङका नेता तथा कार्यकर्ताले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष दर्जनौँ योजनाका लागि बजेट माग गरेका छन् । महासमिति सदस्य एवं युवा नेता रविप्रकाश राई नेतृत्वको टोलीले बिहीबार कांग्रेस सभापतिसमेत रहेका देउवालाई प्रधानमन्त्री निवास बालुवाटारमा भेटेर जिल्लाका दर्जनौँ सडक तथा सिँचाइ योजनाका लागि बजेट माग गरेको हो । ध्यानाकार्षण टोलीले प्रधानमन्त्रीलाई मागपत्र बुझाउँदै जिल्ला...
प्रदेश १ मा थपिए ६३९ कोरोना संक्रमित

प्रदेश १ मा थपिए ६३९ कोरोना संक्रमित

विराटनगर । विगत २४ घण्टाको अवधिमा प्रदेश १ मा ६३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ५६५ जनाको पीसीआर परीक्षण गर्दा ४३३ र १ हजार ७८ जनाको एन्टिजेन परीक्षण गर्दा २०४ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५०, मोरङमा १३८, सुनसरीमा १०५, इलाममा १२, धनकुटामा ८, भोजपुरमा ४, तेह्रथुम र उदयपुरमा ३/३, पाँचथर, सोलुखुम्वु र संख...
भीम आचार्यका भाई मृत फेला

भीम आचार्यका भाई मृत फेला

विराटनगर । प्रदेश –१ का मुख्यमन्त्री बन्न लागेका नेकपा एमालेका सचिव भीम आचार्यका भाई राम आचार्य सुतिरहेको ठाउँमा मृत फेला परेका छन् । सुनसरीको इनरुवा–३ बख्खुटोलस्थित घरमा बिहीबार बिहान ५९ वर्षीय आचार्य मृत फेला परेका हुन् । बिहान अबेरसम्म ढोका नखुलेपछि करिब साढे ११ बजे आफन्तले प्रहरीलाई खबर गरेका थिए । उनी सुतेको कोठामा किटनाशक विषादी फेला परेको प्रहरीले जनाएको छ । बेलुका श्रीमतीसँग गफगाफ गरेर ...
error: Content is protected !!