झापामा पिकअपको ठक्करबाट बालकको मृत्यु
झापा । झापाको कमल गाउँपालिका–५ आदीबासी रंगशाला अगाडि पूर्व–पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा सर्लाहीको भक्तिपुर गाउँपालिका–३ ईश्वरपुर घर भई सोही स्थानमा बस्दै आएका लोहरा कापरीका ४ बर्षीय छोरा मानव छन् ।
दिउँसो साढे ११ बजे पश्चिम आउँदै गरेको प्रदेश ०३–००१ च ०३६४ नम्बरको पिकअपले सडक पार गर्दै गरेका बालकलाई ठक्कर दिएको थियो । पिकअपको ठक्करबाट बालकको घटन...























