संगालोखबर सम्वाददाता

धनकुटा । सरकारी स्वास्थ्य सामाग्रीमा पार्टीको चुनाव चिन्ह टाँसेको आरोप लागेका कांग्रेस सह–महामन्त्री सुनिल बहादुर थापाले आरोप प्रमाणित गरेर देखाउन नेकपा एमाले धनकुटालाई चुनौती दिएका छन् । धनकुटा सदरमुकाममा आइतबार पत्रकार सम्मेलन गरेर सह–महामन्त्री थापाले आरोप लगाउने नेकपा एमालेलाई आरोप प्रमाणित गरेर देखाउन चुनौती दिएका हुन् ।

Advertisement

धनकुटा नगरपालिका–६ भीमनारायण चौकस्थित होटल प्यासिफिक–३ मा सूर्यबहादुर थापा प्रतिष्ठानले अक्सिजन सिलिण्डर, मास्क, सेनिटाइजर, साबुन लगायत स्वास्थ्य सामाग्री भण्डारण गरेर राखेको छ । ती सामाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्राप्त भएको र कांग्रेसले चुनाव चिन्ह टाँसेर सामाग्री वितरण गर्ने तयारी गरेको भन्दै एमाले धनकुटाले विरोध जनाउँदै आएको छ ।

सोही विषयलाई कांग्रेस सह–महामन्त्री थापाले पत्रकार सम्मेलन गरी आरोप प्रमाणित गरेर देखाउन एमालेलाई चुनौती दिएका हुन् । ‘यो सामाग्रीमा सरकारको १ रुपैयाँ त के १ पैसा पनि लगानी छैन । यो सूर्यबहादुर थापा प्रतिष्ठानले दाताहरुबाट संकलन गरेर ल्याएको सामान हो, अहिले सरकारी सामान भनेर कपोकल्पित र भ्रामक हिसावले धनकुटा कांग्रेस र मेरो बदनाम गर्न खोजिदै छ,’ नेकपा एमाले धनकुटालाई लक्षित गर्दै थापाले भने, ‘सरकारी सामान रहेछ भने प्रमाणित गरेर देखाउनुहोस्, प्रमाणित भएमा म कारबाही भोग्न तयार छु । यदि प्रमाणित गर्न सक्नु भएन भने धनकुटेली जनता र नेपाली जनतासामु गलत बोलेको भनेर माफी माग्नुहोस् ।’

‘सेभ अफ हेल्पलाइन धनकुटा’ अभियान संचालन गरेर दाताहरुबाट स्वास्थ्य सामाग्री संकलन गरिएको थापाले बताए । उनले धनकुटाका स्वास्थ्य संस्था र जनतालाई स्वास्थ्य सामाग्री वितरण गर्न एमालेले अवरोध गरेको भन्दै आपत्ति पनि जनाएका छन् ।

भिडियो…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!