संगालोखबर सम्बाददाता

धनकुटा । लेउती खोला आसपासमा बसोबास गरी मजदुरी गर्दै आएकाहरुलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । कोरोना महामारीका कारण र वर्षातको समयमा खोला किनाराको निर्माण सामाग्री उत्खननमा रोक लगाइएपछि रोजगारी गुमाएका मजदुरहरुलाई नेपाली कांग्रेसका क्षेत्रीय सभापति जितेन्द्र राईको अगुवाईमा खाद्य सामाग्री उपलव्ध गराइएको हो ।

Advertisement

रुम्दालीका अनुसार साँगुरीगढी गाँउपालिका वडा नं १, ७ र ६ स्थित लेउती खोला आसपास क्षेत्रका एक सय एक परिवारलाई खाद्य सामाग्री उपलब्ध गरिएको छ । खोला किनारामा रहेका मजदुरहरुको मुख्य आम्दानीको स्रोत भनेकै खोलामा रहेको निर्माण सामाग्री ढुंगा गिटी र वालुवा उत्खनन् गरी बेचविखन हो । तर वर्षातको समयमा त्यस्ता सामाग्री उत्खननमा रोक लगाइएका कारण उनीहरुको रोजगारी गुमेको छ । रोजगारी गुमेकाहरुलाई जीविकोपार्जनमा सहयोग पुर्याउन सहयोग गरिएको रुम्दालीले बताए ।

मजदुरहरुलाई २५/२५ किलो चामल, दुई किलो नून, दुई किलो चना, तीन पोका खाने तेल, दुई किलो चिनी, दाल चार किलो र भटमासको मस्यौरा दुई किलोका दरले करिव चार लाख रुपैयाँ बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको छ ।

उक्त राहत सामाग्री समाजसेवी रुम्दालीको पहलमा दुबईस्थित नेपाली राजदूतवासको आर्थिक सहयोगमा वितरण गरिएको हो । नेपाली कांग्रेसका सह–महामन्त्री सुनिलबहादुर थापा लगायतले सामाग्री वितरण गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!